दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु
काठमाण्डौं
दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताउनुभयो । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको भन्दै उहाँले भन्नुभयो । सबैतिर राजनीति हावी भएकाले समाजको एकनासको विकास हुन नसकिरहेको उहाँको भनाई छ । नाट्यकर्मी महासंघले आयोजना गरेको बालबालिकाहरुको नाटक मेलाले सामाजिक र सांस्कृतिक नीति सक्रिय बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा आफु विस्वस्त रहेको पूर...
