सम्पर्क

समाचार

सामाजिक कार्य गर्न जुटे टेकानपुरका युवा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको त्रिपरासुन्दरी गाउँपालिका वडा न.ं ६ टेकानपुर स्थायी घर भई कामको सिलसिलामा राजधानी रहेका युवाहरुले सामाजिक कार्य गर्नका लागि बचत समुह बनाएका छन् । आफ्नो जन्मस्थल टेकानपुरको सामाजिक क्षेत्रमा काम गर्नका लागि ठमेलमा एक कार्यक्रम गर्दे समुह गठन गरिएको छ । भेलाले कमल भुजेल संयोजक र उप संयोजक रामभगत बोहरा रहने गरि सात सदस्य कार्यसमिति चयन गरेको छ । मोहन बोहरा, भुपेन्द्र बोहरा, दल बहादुर बोहरा(राजेन्द्र),रामचन्द्र बोहरा र सन्तोष बोहरा सदस्य चयन भएका छन् । प्रत्येक महिना बचत संकलन गर्ने र उक्त बचतबाट प्राप्त ब्याजले सामाजिक क्षेत्रमा परिर्वतन कार्य गर्ने नव निर्वाचित अध्यक्ष भुजेलले जानकारी दिनुभयो । हामीले हाम्रा सदस्यहरुको जीवन स्तर माथि उकास्न तथा भातृत्वको लागि साथै एक आपसमा सहयोगको भावना वृद्धि गरि बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो समुहको निर्माण गरेको कुरा सुदिप...

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
  काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो ।नर्सहरुलाई सम्मान गर्दै कलेजका प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले मानवीय सेवामा समर्पित नर्सहरु सम्मानको हकदार भएको बताउनु भयो । कुनैपनि बिरामी पूर्णरुपमा निको हुन नर्सहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रबन्ध निर्देशक प्रा।डा। अन्सारीले कलेज परिवार नर्सिङ पेशामा समर्पितहरुको हक अधिकार र सम्मानका लागि सदैव सकारात्मक रहेको बताउनु भयो । ‘तपाईहरुको कारण नै अस्पताल चल्छ । तपाईहरुको सेवाबाट नै बिरामी पूर्ण निको हुन्छन् । मानवीय सेवामा समर्पित तपाईहरु सम्मानको हकदार हुनुहुन्छ ।’ उहाँले भन्नुभयो ।कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा।डा। प्रमोदकुमार क्षेत्...

दोस्रो संस्करणको सांस्कृतिक कार्यक्रम जापानमा

बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
काठमाडौं । गिता अधिकारी, दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम एस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जापानको टोकियोमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको भएको हो ।कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो समूह जापान पुगेको थियो । बरिष्ठ कलाकार शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीत रत्न शम्भुुजित बाँस्कोटा, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य चेतन सापकोटालगायत जापान जानुभएको थियो । त्यसैगरी अञ्जु पन्त, कमल खत्री, गजित विष्ट, पत्रकार ऋषि धमला र नरेश भट्टराई पनि टोकियो पुग्नुभएको थियो । समारोहमा संगीतरत्न शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । उहाँलाई नगद ७१ हजार १०१ रुपैयाँसहित सो सम्मान अर्पण गरिएको हो । विभिन्न २६ विधामा अवार्...

२९ जनाद्धारा खुल्ला रक्तदान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
रक्तदान जीवनदान, सुनकोशी–इन्द्रावती समाजको अभियान नाराका साथ आज सम्पन्न खुल्ला रक्तदानमा २९ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदानमा १७ औं पटक ब्लड डोनेशन गर्नुभएका त्रिपुरासुन्दरी गाउँपालिका–६ टेकापुरका संतोष बोहराले आफूले प्रदान गरेको रगतले कसैको ज्यान बच्ने भएपछि आगामी दिनमा पनि रक्तदान गर्ने बताउनु भयो । त्यस्तै १९ पटक रक्तदान गर्नु भएका बलेफी गाउँपालिका–७ का अमृत अधिकारीले रगत अभावमा कुनै बिरामी मृत्युको मुखमा पुग्न नपुगोस् भनेर रक्तदान गर्दे आएको बताउनु भएको छ । सुनकोशी–इन्द्रावती समाज, डि. एस. टे«डिङ(डि एक्स एन) सूर्यबिनायक र साथी फाउण्डेशन नेपाल सिन्धुपाल्चोकद्धारा संयुक्त रुपमा रक्तदान कार्यक्रम भएको साथी फाउण्डेशनका अध्यक्ष बलदेव तिमल्सिनाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राबिधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक सहयोगमा रक्तद...

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकाको सौन्दर्यताका लागि सकेसम्म यहाँका उद्योगलाई बाहिर सार्नुपर्ने धारणा व्यक्त गर्नुएको छ । ग्रील तथा स्टील व्यवसायी महासङ्घ नेपालका विभिन्न मागसहितको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो, “विकसित मुलुकमा शहरी क्षेत्रभन्दा टाढा छुट्टै स्थानमा उद्योग निर्माण गरिएका छन्, हामी कहाँ पनि सुरक्षित ठाउँमा औद्योगिक क्षेत्र निर्धारण गरेर त्यहाँ उद्योग निर्माण गर्नुपर्छ ।” उहाँले क्षेत्र निर्धारण गरेर उद्योगका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण सरकारको जिम्मेवारी भएको बताउनुभयो । मन्त्री भण्डारीले ग्रील तथा स्टील व्यवसायीका मागका सन्दर्भमा उद्योग मन्त्रालयबाट अधिकत्तम सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै व्यवसायीलाई नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभयो । अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रतिस्पर्धा गर्...

जल्केनी मोडमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु, एक घाईते

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालिका ८ स्थित स्थित दियाले भन्ने स्थानमा मोटर साइकल दुर्घटनामा परी वडा ७ को ईन्दिरा अधिकारीको मृत्यु भएको छ । वनदेउ चौतारा सडक खण्डस्थित जल्केनी दियाले मोडमा चौतारा तर्फबाट बन्देउ तर्फ जाँदै गरेको टिपर विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा भेट हँुदा मोटरसाईकल अनियन्त्रीत भइ पल्टिँदा अधिकारीको मृत्यु भएको जनाइएको छ । वनदेउबाट चौतारातर्फ आउदै गरेको प्रदेश ३–०२–००६ प. ९५३९नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–००६ ख. २७१६ नं. को टिपर भेट हुँदा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ भने टिपर चालक चौतारा साँगाचोक गढी न.पा. ११का मनोहरी गिरी लाइ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।प्रहरीकाअनुसार मृत्यु हुने अधीकारी मोटरसाइकलको पछाडि सवार रहनु भएको थियो भने उहाँका श्रीमान् सन्तोष दुलालले मोटरसाइकल चलाउँनु भएको थ...

चुनौती सामना गर्दै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना 

ब्रेकिङ न्युज २, समाचार
 इलेक्ट्रो पावर कम्पनी (साविक शैलुङ्गपावर कम्पनी) द्धारा प्रवर्धित भोटेकोशी–१ जलविद्युत आयोजना (४० मे.वा.)को सम्पूर्ण संरचना भोटेकोशी गाउँपालिका वडा नं ३ र ४ मा निर्माणधीन अबस्थामा रहेको छ । उक्त आयोजना विद्युतऐन २०४९ को दफा ४ को उपदफा २ र विद्युत नियमावली २०५० को नियम ८ बमोजिम नेपाल सरकार, उर्जा मन्त्रालय विद्युत विकास विभागको २०७४/९/११ को निर्णय अनुसार विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरि निर्माणको चरणमा रहेको छ । सो आयोजनाले निर्माण कार्य सुरु भए संगै आयोजनाका लागि आवस्यक अनुमति तथा स्वीकृती सबै सरकारी निकायहरुबाट लिइसकेको छ । सुरुवाती चरणमा आयोजनाले भोटेकोशी गाउँपालिकाका स्थानीयहरुलाई विशेष प्राथमिकतामा राखि रोजगार सृजना गरिरहेको छ । हाल आयोजनामा कार्यरत कर्मचारीहरु मध्ये ९० प्रतिशत कर्मचारी स्थानीय स्तरका नै छन् । आयोजनाका लागि आवस्यक स्थानीय कर्मचारीहरु नियुक्त गर्दा योग्...

अनेमसंघसिन्धुमा तारादेबी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत बलेफी, नेकपा माओबादी निकट महीलाहरुको सङ्गठन अखिल नेपाल महीला सघ (क्रान्तिकारी) सिन्धुपाल्चोको ११ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सर्वसहमती कायम गर्दै तारादेबी रानाको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति निर्वाचित समेत गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ५ बलेफीको कवर्डहलमा सम्पन्न सम्मेलनले अध्यक्षमा तारादेबी राना, उपाध्यक्षमा सुजाता तिमल्सीना र निर्जला दर्जी, सचिवमा राममाया तामाङ, कोषध्यषमा मीना नेपाल (दुलाल) र सदस्यहरुमा श्रद्धा थामी, लक्ष्मी प्रधान, शमीला श्रेष्ठ, पेमा मोक्तान, प्रतिमा पराजुली (दाहाल), लक्ष्मीमाया दाहाल, देवकी पौडेल, मैना तमाङ, शमीला खड्का, गीता श्रेष्ठ, अम्बीका गौतम, बिष्णुमाया तामाङ, निर्मला तिमल्सीना, मीना शर्मा, सावित्री दंगाल, मनमाया नेपाल, सरस्वती दंगाल, अपेक्षा आचार्य, पार्वती रायमाझी, मैती लामा, नीता दनुवार, रबिना आचार्य, कि...

सामूहिक आमरण अनशनसँगै संयुक्त संघर्ष समितिको मौन जुलुस,

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
राष्ट्रिय संयुक्त संघर्ष समितिले विभिन्न १८ बुँदे मागसहित काठमाडौँको कलङ्कीमा सामूहिक सत्याग्रह सुरु गरेका छैटौं दिनमा कालो पट्टी बाँधी कलंकी चोकमा मौन जुलुस गरेको छ ।अनशन बसेको आज छैटौं दिन सम्म पनी सरकारका तर्फबाट कुनै उपस्थिति भएको छैन ।   अनशनकारीको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गएको अवस्था छ । जनताको पिडा र आम नागरिकको समस्यामा सहन नसक्ने भयो भन्दै कलंकी चोकमै आन्दोलनकारीले रुँदै आफ्नो पिडा व्यक्त गरेका थिए ।अन्धो सरकार आँखा खोल, कलंकीमा बसेका आमरण अनशनकारीको मागहरू पुरा गर , युवा बेच्न बन्द गर जस्ता पम्पपेलेट टासी आँखामा कालो पट्टी बाँधेर गरिएको मौन जुलुस कलंकी चोकमै कोड सभामा परिणत भएको हो ।स्वर्ग जस्तो देशका नागरिक आज बाच्नकै लागी बिदेशिनु पर्ने, आफ्नै देशमा केहि गरेर खान्छु भन्दा काम गरि खाने वातावरणा नदिने, दिनप्रतिदिन नेपाली नागरिक पलपलमा मर्नुपरेको आन्दोलनकारीको  आरोप छ । ह...

चित्रकार रन्जु यादव डेनमार्कको बालबालिकालाई मिथिला चित्र सिकाउँदै

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, समाचार
काठमाडौं, बैशाख २९ गते । युरोप भ्रमणमा रहनु भएकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिनु भएको अमनेन्द्र यादवले जानकारी दिनु भएको छ । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिनु भएको हो । चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो ।आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए । त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो । युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला...