नेकपा एमालेको सिन्धुपाल्चोकको जिल्ला अधिबेशन सर्बसम्मतको प्रयास
सिन्धुपाल्चोक जिल्लाको दशौ महाधिबेशन शुक्रबारबाट सुरु भएको छ । पाटी अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओलीको प्रमुख अतिथ्यतामा हुने भनिएता पनि एमाले केन्द्रीय अनुशासन आयोगका पुर्व अध्यक्ष अमृत कुमार बोहारोको प्रमुख अतिथ्यतामा अधिबेशन भएको हो ।
नेकपा एमालेको जिल्ला अध्यक्ष कमल नेपालको अध्यक्षतामा चौताराको टुडिखेलमा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेस इन्चार्ज गुरु बराल, स्थायी कमिटीका सदस्य पुर्ब मन्त्री शेर बहादुर तामाङ, अरुण नेपाल, गोकुल बास्कोटा, दावा तामाङ, शरेस नेपाल, लगाएतका नेताहरुको आतिथ्यतामा अधिबेशनको उद्घाटन भएको हो । शुशीला पाख्रीनले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन रामचन्द्र बस्नेतले गर्नुभएको थियो भने कार्यक्रमको अतिथी व्यवस्थापन सुरक्षाको व्यवस्था डबले लामाको नेतृत्वमा भएको थियो ।
कार्यक्रममा झाँक्री नाचका साथै राष्टिय कलाकारहरुद्धारा संस्...
