सम्पर्क

समाचार

मेलम्चीको अधिकृतमा भट्टराइ

ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा अशोक कुमार भट्टराई आउँनु भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले मेलम्ची छाडेपश्चात बिभिन्न योजना सम्झौताका साथै योजनाहरूको भुक्तानी लगायतको काम हुन सकेको थिएन । मिश्र गएपश्चात लेखा अधिकृत मुरारी पुडासैनीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउँनु भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अशोक कुमार भट्टराईलाई मेलम्चीको नयाँ प्रशासकीय प्रमुखको रुपमा पठाएको हो ।नगरपालिकाका प्रमुख आइतमान तामाङले प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराईलाई नगरपालिकामा स्वागत गर्दै अब कार्यालयको काम कारवाहि चुस्त गतिमा अघि बढ्ने बताउँनु भयो । नगर प्रमुख तामाङको अध्यक्षतामा भएको उक्त स्वागत कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ११ का वडाध्यक्ष चन्द्र बहादुर तामाङ, वडा नं. ७ का वडाध्यक्ष प...

जनताको माग सम्बोधन नभए अर्को वर्षदेखि मेलम्चीको पानि काठमाण्डौं आउँदैनः अध्यक्ष शेर्पा

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुवासीको माग सम्बोधन नभए अर्को वर्षदेखि उपत्यकाले मेलम्चीको पानी नपाउने बताउनुभएको छ । आज सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनामा दिगो व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले माग सम्बोधन नभएमा मेलम्चीको पानी ल्याउँन नदिने बताउनुभयो । मेलम्ची आयोजना प्रभावित तथा बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइ मेलम्ची करिडोरमा बनाइएका घर, व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु १० लाख क्षतिपूर्ति दिनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि रु २० लाख अनुदान दिनुपर्नेलगायत विभिन्न १७ बुँदे माग राख्दँै आइरहेका छन् । ती माग...

मेलम्चीको पानि बाह्रै महिना सञ्चालनमा ल्याउन चार अर्ब बढी खर्च लाग्ने

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन रु चार अर्ब ५० करोड खर्च लाग्ने बताउनुभएको छ । आज सिंहदरबारमा आयाजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तक्रिया कार्यक्रममा कार्यकारी निर्देशक अन्सारीले उक्त आयोजना सुधार गर्न रु चार अर्ब ५० करोड लागत लाग्ने बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महिना उपत्यकाका धारामा पानी ल्याउने गरी तयारी भइरहेको जानकारी दिनुभयो । आयोजनाको दिगो व्यवस्थापन तथा सुधार गरेर पानी वितरण गर्नेगरी तयारी भइरहेको उहाँको भनाइ छ । “मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीनरुपमा समाधान गर्नका लागि स्थायी संरचना बनाउन रु चार अर्ब ५० करोड लाग्नेछ, विस्तृत डिजाइन तयार हुँदासम्म लागत घढबढ हुन सक्छ”, कार्यकारी निर्देशक अन्सारीले भन्नुभयो, “अहिले आयो...

प्रेस युनीयन सिन्धुपाल्चोक द्धारा महासंघलाइ ज्ञापन पत्र

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले पत्रकार महासंघको सदस्यता प्राप्त गर्नेहरुको टुँगो नलगाउँदासम्म जिल्ला अधिवेशन नगर्न माग गरेको छ ।नयाँ आवेदन दिएका र पुराना सदस्यसमेत सबैको टुँगो लगाएर मात्र महासंघको साधारणसभा गर्न माग गरेको छ । साथै युनियनले महासंघले चालेका हरेक गतिविधिमा सहकार्य गर्न आफू तयार भएपनि सदस्यताको विषय टुँग्याएर साधारणसभा र अधिवेशन गर्न माग गर्दै बुधवार पत्रकार महासंघ जिल्ला शाखामा महासंघका अध्यक्ष जीवन श्रेष्ठसँग भेट गरी प्रेस युनियनका शाखा अध्यक्ष किशोर बुढाथोकी, उपाध्यक्ष कमला पाख्रीन सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।‘(हाल सम्म सिन्धुपाल्चोकले सदस्यता दिएको सदस्यहरुको नाम हेर्न यँहा sindhupalchowkक्लीक गर्नुहोस ) जिल्लामा रहेका सञ्चारमाध्यममा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, पारिश्रमिकको नियमित भुक्तानी, पेशागत सुरक्षा, सामानिक स...

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौं नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि (बिहिबार) चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ । संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो । भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको संघले जनाएको छ ।...
जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी  वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टहेड वक्सहरु हस्तान्तरण गर्नुभयाे ।सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक समाजको पनि रहने बताउँदै मेडिकल कलेज नेपाल प्रहरीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयाे ।दुर्घटना भइहाले घाइतेहरुको तत्काल उद्दार र प्राथमिक उपचारमा इमरजेन्सी फस्टहेडको महत्वपूर्ण भूमिका रहन्छ । कलेजले गरेको सहयोग र सहकार्यले दुर्घटनामा हुने मानवीय क्षती कम गर्न सहयोग पुग्ने डिएसपी पाण्डेले जनाउनु भयाे ।हस्तान्तरण कार्यक्रममा कलेजका अस्पता...

ब्लड क्यान्सर रोगीलाई समिरको सहयोग

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ९ स्थित सामाजिक अभियानकर्ता समिर तामाङको सहयोगमा २ वर्षको वालक सुसान व्लोनका आमालाई रु ३६९९४९÷– हस्तानन्तरण गरिएको छ । टिपटपहोटल इर्खुका सञ्चालक समेत रहनु भएको तामाङले तिन लाख उनन्सत्तरी हजार नौ सय उन्नन्चास रुपैयाँ जम्मा गरी हस्तानन्तरण गर्नुभयो । चौतारा साँगाचोकगढी नगरपालिका –९ मुलखर्ककी स्वस्तीका तामाङ तितुङ, मकवानपुर फापरबारीको कुमार व्लोनका छोराको व्लड क्यान्सर भई क्यान्सर अस्पताल भक्तपुरमा उपचार रत रहेकाले आर्थिक स्थिती कम्जोरी भएको हुँदा उहाँको पहलमा उक्त रकम जम्मा गरी हस्तानन्तरण गरिएको हो । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा स्थानीय समाजसेवीहरुको उपस्थितीमा उक्त रकम हस्तानन्तरण गरिएको हो । हस्तानन्तरण कार्यक्रममा वडाअध्यक्ष श्रेष्ठले  समिर तामाङको अभियान मानव सेवा र बहुत...

काठमाडौंमा शुरु भयो पाँच दिने मध्यस्थता सम्बन्धी तालिम

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोख्रेलले एक समारोहकाबीच तालिमको शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै न्यायाधीश पोख्रेलले नेपालमा मध्यस्थता सम्बन्धी काम गर्ने जनशक्तिको आवश्यकता पूर्ति गर्न यस्ता तालिम कार्यक्रम निकै महत्वपूर्ण हुने बताउनु भयो ।परिषद्का अध्यक्ष डा. राजेन्द्र प्रसाद अधिकारीले पक्ष विपक्षलाई राखेर गरिने मध्यस्थताका क्रममा अपनाइने विभिन्न प्रक्रियाका बारेमा जानकारी राख्न यो तालिम निकै उपयोगी हुने बताउनु भयो । उहाँले भन्नुभयो, तालिमले मध्यस्थता गर्ने जनशक्ति मात्रै नभएर गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिएको छ ।उक्त अवसरमा सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष हरिशंकर निरौला, उच्च अदालत बार एशोसियसनका अध्यक्ष शान्तिराम खतिवडा, विशेष अद...

महिला उद्यमशिलतालाई सशक्त बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २० चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमशिलतालाई सशक्त बनाउनुपर्ने जोड दिनुभएको छ ।‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ महिला उद्यमी महासङ्घले ललितपुरमा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले महिलाको मात्र स्वामित्व रहने गरी कुनै औद्योगिक ग्राम तथा क्षेत्रमा उद्योग स्थापना गर्न चाहेमा सरकारले स्थान उपलब्ध गराउने बताउनुभयो ।उहाँले सरकारले चाँडै महिला उद्यमशिलताको प्रवद्र्धन तथा सहजिकरण गर्ने कानुन ल्याउन लागिएको जानकारी गराउनुभयो । आर्थिक क्रियाकलाप तथा बाहिरी गतिविधिमा महिलाको संलग्नता नरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले आर्थिक गतिविधिमा महिलाको संलग्नताविना देश विकासको सम्भावना नरहेको बताउनुभयो । उहाँले व्यापार र लगानीका गतिविधिमा महिलालाई ...

उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबीच शिष्टाचार भेट

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २० चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपालले कृषि, उद्योग र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान, सीप तथा प्रविधिबाट लाभान्वित हुन चाहेको उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले राजदुत तइयोङसँग नेपालमा पछिल्ला दिनमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग गर्न कोरिया सरकार एवं निजी क्षेत्रसमेतलाई आग्रह गर्नुभयो । आगामी अप्रिल २८–२९ मा आयोजना हुने नेपालको लगानी सम्मेलनमा कोरियाली सरकार तथा निजी क्षेत्रको उल्लेख्य सहभागिताका लागि सहजीकरण गरिदिन उहाँले...