चौतारामा योगा, पिलडाँडामा झाक्री, साँगाचोकमा डाक्टरको शिवीर सम्पन्न
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाकले नगरका नागरिक स्वस्थ राख्नका लागी रोग लाग्न नदिन र रोग लागि हाले पनि सबै प्रकारबाट उपचार गर्ने व्यवस्थाका लागि योगा, झाक्री र डाक्टरी प्रकृयाको शिवीर सञ्चालन गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिब पुरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ३ बतासे खालेका नामुद झाँक्रीहरुको शिबिरले उपचारका लागि आफूहरू कहाँ धाउन आउने बिरामीलाई स्वास्थ्य संस्थामा जान सिफारिस गर्ने प्रतिबद्धता जनाएका छन् । उहाँहरुले आफुहरु कहाँ आउँने बिरामीलाई आफ्ना बिधी अनुसार तत्काल झरफुक गरेर अस्पताल पठाँउने बताउनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित सचेतनामूलक अभिमुखी कार्यक्रम पश्चात् खालेका १७ जना धामी झाँक्रीहरुले घरमा सुत्केरी हुने र अन्य विरामीहरुलाई झारफुक पश्चात् स्वास्थ्य संस्थामा प्रेषित गर्ने प्र...
