साउन १९ गते माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकको आयोजना तथा बैदेशिक रोजगार मञ्च लाहाचोकको सहकार्यमा आजिवन सदस्यता वितरण, सम्मान तथा सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद गणेशमान गुरुङले राष्ट्रले गर्नुपर्ने काम एउटा संस्थाले गर्नु महान कार्य भएको भन्दै आयोजक प्रति धन्यवाद व्यक्त गरे । सोही अवसरमा मर्दीसेती दोवान जलकिनिमा मोटर पुल बनाउन सक्दो प्रयास गर्ने थप उल्लेख गरे । कार्यक्रममा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल सोभित बहादुर जिसी, रोजिना अधिकारी र जितेन भण्डारीलाई पुरस्कृत गरियो । त्यस्तै अनिल थापा मगरलाई बर्ष खेलाडीको रुपमा सम्मान गरियो । कार्यक्रममा माछापुच्छ्रे निवासी टेकबहादुर सुनारर माया सुनारको परिवारलाई आर्थिक सहयोग स्वरुप रु १ लाख ५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । उक्त रकम सस्थाका तर्फबाट अभियान सञ्चालन गरि संकलन गरिएको थियो । साथै सोही परिवारलाई प्रेमप्रसाद पौडेलर लक्ष्मी पौडेलले २र२ जोर कपडा हस्तान्तरण गर्नुभयो ।
सोही अवसरमा समाजसेवीद्वय कृष्णप्रसाद पोखरेल र बेलुकाजी थापालाई विशेष सम्मान अर्पण गरिएको थियो । बाल कलाकारद्वय किस्टिना जिसी र सम्पदा जिसीले आ (आफ्नो कला प्रस्तुत गरेका थिए। सम्झना क्षत्रीले गायन सुरक्षा शाहीले नृत्य र पुरस्कृत छात्रा रोजिना अधिकारीले कविता प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन दिलाए । यसै अवसरमा सस्थाले ४७ जनालाई आजिवन सदस्यताको प्रमाणपत्र बितरण गरेको थियो।
कार्यक्रममा लाहाचोक समाज द कोरियाले सङ्कलन गरि पठाएको ४९ हजार ३ सय १४ रुपैया बानेटाकुरा धार्मिक क्षेत्र निर्माण ब्यवस्थापन सहयोगका लागि समितिका अध्यक्ष बुद्धिबहादुर शाहीलाई हस्तान्तरण गरियो । सस्थाका संरक्षकहरू पुर्ण बहादुर शाही९नर्वे ०, अर्जुन बहादुर शाही ९युके० र नविनचन्द्र ढकाल ९क्यानडा०को सौजन्यमा मिलिजुली आमा समुहलाई ४५ सेट ड्रेस हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पुर्ण बहादुर शाही , रबिलाल पोख्रेल ,भुवन पोख्रेल , मानवसेवा आश्रम हेमजाका मदन थापा,पुर्व डिएसपि राजेन्द्र अधिकारी ,असफल गौतम, सम्मानित व्यक्तित्व बेलुकाजी थापा लगायतका अतिथी वक्ताहरूले सस्थाले गरेका उदाहरणिय कार्यको चर्चा गर्दै आ आफ्नो धारणा व्यक्त गर्नु भयो।
संस्थाका अध्यक्ष पदमबहादुर घर्ति क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष रुपा अधिकारीले र सञ्चालन सुशील श्रेष्ठले गर्नुभएको थियो । मुख्य प्रायोजन केशवराज अधिकारी संगम बिशेष प्रायोजन तोया ढकाल , कृष्ण प्र बास्तोला र समिर शाही रहेको सो कार्यक्रमको संयोजन राजु क्षत्री अपुरोले गरेका थिए।
