सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष जाल बहादुर लामाले वडामा कुनै ब्यक्तिको निधन भएको खण्डमा मृतकको परिबारलाई भेटघाट गरेर समबेदना दिने कार्यक्रमको सुरु गर्नु भएको छ ।
यसको सुरुवात २०८१ साउन ३ गतेका दिन ५७ वर्षको मृत्यु भए
का भोटेयामुना, निवासी स्व. छेवाङ दोर्जे तामाङको परिबारलाई भेटी श्रद्धाञ्जली दिदै समबेदना दिएर भएको छ ।
२१औं दिनको पुण्य तिथिमा साथै दुखद घडीमा दिवाङ्गत आत्माको चिर शान्ति बैकुण्ठ बासको कामना गर्दै सुनकोशी ५ का वडा अध्यक्ष जाल बहादुर लामा, वडा सदस्य बिबेक योन्जन, काँग्रेस सभापति कुमार बस्नेत लगाएत वडाका सबै दलका प्रतिनिधिहरूको उपस्थितिमा मृतकको परिवार भेटघाट गर्नु भएको हो । वडाले बजेट नै छुट्याए र मृतक परिवार भेटघाट कार्यक्रम गरिएको र यसमा सुनकोशी ५ का प्रमुख राजनीति दलका प्रतिनिधिहरू र वडा समितीका सदस्यहरू सहित उपस्थित भए र जाने संस्कार बसाल्न यो कामको थालनि गरेको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । यस कार्यक्रमले सबै राजनितीक दलको आत्मीय सद्भाव पनि वढ्ने अनि वडा बासिको सुखदुखमा भेटघाट पनि हुने भन्दै आफ्नोे कार्यकालमा यो क्रमलाई निरन्तरता दिने वडा अध्यक्ष लामाले बताउनु भयो । वडाको निर्णयलाई समर्थन गर्दै राम्रो कामको सहयोग गर्ने यस्तो कामले वडामा सबै लदका प्रतिनिधि भेट पनि हुने सबै वडा वासिमा पनि पुगिने आ–आफ्नो दलले के कस्तो काम गर्नु पर्ने रैछ कस्लाई कस्तो खालको सहयोग गर्ने आफ्नो वडाको वाटो कुन ठाँउको कस्तो रहेछ, कुन टोलमा के आवश्यक रहेछ थाहा पनि हुने र जनतासँग प्रत्यक्ष गुनासा सुन्ने मौका समेत मिल्ने भएकाले यस्तो कार्य राम्रो भएको काँग्रेस वडा सभापति कुमार बस्नेतले बताउनु भयो ।
