सम्पर्क

अपाङ्गता रहर होइन बाध्यता होः नगरप्रमुख थापा

सुशिला श्रेष्ठ /चौतारा

अपाङ्गता भनेको रहरले हुने होइन यो बाध्यताले हुने हो त्यसैले अपाङ्गता भएका ब्यक्तिहरुको सहयोगका लागि नगरपालिकाले गर्नपर्ने सहयोग गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यबाहक नगर प्रमुख सिता थापाले बताउँनु भएको छ ।
उहाँले बिहिबार नगरपालिकामा परिचय पत्रलिन आउँनु भएका अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण गर्दै यस्तो बताउँनु भएको हो । परिचय पत्र पाउँनु उहाँहरुको अधिकार हो त्यसैले यो अधिकारको सुनिश्ची त गरी तोकिएको परिचय पत्र दिनुका आपाङ्गता भएका ब्यक्तिहरुको आय आर्जनका लागि नगरपालिकाले बिभिन्न कार्यक्रमहरु गरिरहेको बताउँनुभयो । यसअघी चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय अपाङ्गता परिचयपत्र वितरण समितिको बैठक नगरपालिकाको उपप्रमुख सिता थापाको अध्यक्षतामा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख निरज बिशंखे, जिल्ला अस्पताल चौतारामा कार्यरत डा. सरोज श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय, नगर अपाङ्गता समन्वय समिति, अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थितिमा बैठक बसेर परिचयपत्र प्रदान गर्ने निर्णय गरेको थियो । नगरपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरु मध्ये पदम बहादुर श्रेष्ठ र प्रविशा अर्याललाई क वर्गको परिचय पत्र दिइएको छ ।
यसैगरी सुर्य बहादुर सार्की, रेशम बहादुर थापामगर, प्रेम बहादुर महत, सुकुमान सार्कि, भगवान गिरि र नन्द बहादुर खड्कालाई ख को दिइएको छ भने ग १ जना र घ वर्गको १ जना गरि १० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय पत्र प्रदान गरिएको महिला तथा बालबालिका शाखाका निरज बिशंखेले जानकारी दिनुभयो ।