सडक अबरुद्ध नहुने गरी काम गर्दै मेलम्ची नगर पालिका
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका भित्रको क्षेत्रमा सडक अवरुद्घ नहुने गरि काम अघि बढाईएको बताउनुभएको छ र उँहाले सडक सुचारु गराउने सम्वन्धमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी सँग पाँचपोखरीको सिमा खाल्डे खोलामा छलफल गर्ने क्रममा यस्तो बताउँनु भएको हो । लगातारको वर्षा र पहिरोले मेलम्ची तिपेनी भोताङ सडक अवरुद्ध भएपछि बैकल्पिक मार्ग निर्माणका लागि गैरीगाउँ, सुनखानी लाँगर्चे सडकको अवस्था अवलोकन गर्न नगर प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान , वडाअध्यक्ष किरणदिप खड्का लगायतका टोलीहरु त्यस तर्फ जानु भएको थियो । सडक अवलोकनपछि सडक सुचारु गराउने सम्वन्धमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी सँग पाँचपोखरीको सिमा खाल्डे खोलामा छलफल भएको थियो । छलफलका क्रममा आआफ्ना पालिकाहरुमा तत्काल सडक सुचारु गर्न लागी पर्ने र...
