सम्पर्क

समाचार

जग्गा भाडामा लिएर तरकारी खेती

कृषि, बिजनेस, विचार, समाचार
म्याग्दी, २९ भदौ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारीखेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो । विद्यालयका प्रधानाध्यापक मनबीर किसानले दुई रोपनी जग्गा भाडामा लिएर रायोसाग, काउली, बन्दा, आलु, फर्सी, जुगेनी, मुला, जागरलगायत तरकारी उत्पादन गरिएको बताउनुभयो । “सरकारले हिमाली विद्यालयका छात्रावासका लागि मासिक रु. चार हजारका दरले उपलब्ध गराउने अनुदान अपुग हुुन थालेपछि आफै तरकारी उत्पादन गरिएको हो,” उहाँले भन्नुुभयो “फुुर्सदको समय र बिदामा शिक्षक र विद्यार्थीहरुले करेसाबारीमा काम गर्छौ ।” कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय जना भन्दा बढी विद्यार्थी छन् । कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई विद्यालय भवन परिसरकै छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ । छात्रावासमा बस्...

रेखालाई कतारमा सम्मान

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
दर्शन सुनार कतार,नेपाल मगर संघ शाखा कतारले कलाकार रेखा मगरलाई संस्थागत सम्मान तथा बिदाई गरेको छ ।मध्यपुर्वको देश कतारलाई २०११ देखि कर्म थलो बनाउदै आएतापनि नेपाल मगर संघ शाखा कतारमा २०१७ देखि आवद्ध रहेकी कलाकार रेखा मगर कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी फर्कन लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले एक कार्यक्रमका बिच कलाकार मगरलाई आफ्नो कलाकारिता मार्फत संस्थामा पु¥याएको योगदानलाई कदर गर्दै दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्दै सम्मान तथा बिदाई गरेको हो ।संस्थागत बिदाई पश्रांत अतिथी रेखा मगर अत्यन्तै भावुक बन्नु भएको थियो । सो अबशरमा मगरले कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी नेपाल फर्किन लागेतापनी आफू कतार रहदा नेपाल मगर संघ र साँस्कृतिक परिवारले दिएको माया र साथ सदैब मनमा रहिरहने र संघलाई सम्झिरहने बताउँनु भयो ।बिदाई तथा सम्मान कार्यक्रममा नेपाल मगर संघ शाखा...

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ मा स्क्रब टाइफस संक्रमणको शङ्का

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मा स्क्रब संक्रमणको शङ्का लागेपछि स्वास्थ्य कर्मी हरु खटिएका छन् । वडाको फापर चौर तथा सल्ले क्षेत्रमा स्क्रब टाइफस संक्रमणको प्रभाव देखिएपछि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले तत्काल उक्त क्षेत्रमा स्वास्थ्य कर्मी हरु अपचालन गर्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख चन्द नारायण साह सहितको प्राविधिक टोलीद्वारा उक्त प्रभावित क्षेत्रका ५८ जनामा ल्याव परीक्षण गर्दा १२ जनामा २१ओं प्रतिशत संक्रमण देखा परेको पाइएको छ । उक्त टोलीमा डाक्टर उज्वल कर्ण, जनस्वास्थ्य निरीक्षक मनराज परियार, ल्याव टेक्निसियन निर्मल धमला, अ.न.मी. आस्था श्रेष्ठ, नानी माया थामीको सक्रियतामा रोग परीक्षण तथा निदान एवं बच्ने उपायसहितको जनचेतनामूलक कार्यक्रम संचालन भएको थियो र खास गरी ,.मुसामा लाग्ने किराना जस्तो देखिने किराको टोकाइबाट स्की टाइफस मानिसमा सर्छ । यो रोग ...

भेटेकोशीमा खशेको बलेरो फेला चालक सहीत यात्री बेपत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–तातोपानी सडक खण्डमा छ्याक्सामुनि भोटेकोसी नदीमा क्षतिग्रस्त बोलेरो भेटिएको छ । इलाका प्रहरी बाह्रबिसेका अनुसार शुक्रबार बिहान भोटेकोसी नदीमा आधा डुबेको अवस्थामा बोलेरोको दुई वटा टायर देखिएको थियोे ।स्थानीयबाट खबर पाउँना साथ बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मन्जु तामाङ लगाएत जन प्रतिनिधीहरु सुरक्षाकर्मी घटनास्थल पुग्नु भएको थियो । क्षतिग्रस्त बोलेरो नदीबाट निकालिएको छ भने गाडीका चालक र उक्त गाडीमा सवार एक महिला बेपत्ता रहेको समाचार प्राप्त भएको छ ।क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेरोका चालक भोटेकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा रहेको र उँहा सँगै बोलेरोमा रहनु भएको बाहृबिसे नगरपालिका–९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको खुल्न आएको छ । उँहाहरु दुवै फोन सम्पर्कमा नआएको भनी उँहाहरुको आफन्त मार्फत् जानकारी पाएकोले उँ...

मंगलामाई माबिले मनायो भब्य रूपमा बालदिवस

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे /पिस्कर “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवस मंगलामाई माबिले भब्य रूपमा शुक्रबार मनाएको छ । मंगलामाइ बालक्लबको आयोजनामा गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । बिशेष अतिथि वडा अध्यक्ष टेकबहादुर गुभाजु हुनुहुन्थ्यो । कक्षा बालबिकास देखी १२ सम्मका बिद्यार्थीहरु बीच विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो।जसमा कक्षा नर्सरी र केजिमा तातोआलु,कक्षा १÷३ मा चम्चा दौड ,कक्षा ४÷५ मा म्युजिक चेयर ,कक्षा ६÷८ मा हिसाब दौड र कक्षा ९÷१२ मा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम भएको हो। साथै विविध सांस्कृतिक कार्यक्रम गरि भब्य रूपमा मनाइएको थियो।बिजेता विद्यार्थीहरुलाइ पुरस्कार बितरण गर्दै प्रमुख अतिथि नेपालले अनुशासित विद्यार्थीले आफ्नो र समाजको नाम राखी प्रगति गर्न सक्ने भएकोले विद्यालय ...

एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
रामपुर (पाल्पा), २८ भदौः पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ । धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्‍याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको छ ।“औँसी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्न/नगराउन यो सूचना प्रकाशन गरिएको छ”, सूचनामा भनिएको छ ।नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक साँस्कृतिक परम्परा अनुसार पशुपक्षी बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरि...

जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराउनुभयो । मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्य...

बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित ३ जनाको निधन

ब्रेकिङ न्युज १, समाचार
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा १ झ २०० नं को सरकारी जीप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ । रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडाँै जानुभएको जानकारी पाएको उहाँले बताउनुभयो । दुर्घटनास्थलमा ...

सेतिदेवी आविको विव्यस अध्यक्षमा थापा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ स्थित रहेको सेतिदेवी आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरेकोे छ । बिहिबार बसेको अभिभावक भेलाले दुर्गा बहादुर थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिसर्वसम्मत गठन गरेको हो । विद्यालयको सदस्यहरुमा सन्जु खड्का, मनकुमारी खड्का, गेद बहादुर थापा, दुकु कुमारी थापा, टिप बहादुर थापा, खिक बहादुर थापा, गणेश बहादुर थापा र भगवती थापा रहनुभएको छ भने सहसचिवमा रामशरण ढुङ्गाना रहनुभएको छ ।...

सत्ता सहकार्यले कांग्रेसलाई अझ बलियो बनाउन मद्दत पुग्छ ः सभापति देउवा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता सहकार्यले कांग्रेसलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई  आयोजित सम्मान कार्यक्रममा सभापति देउवाले कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । “भोलिका चुनौतीपूर्ण दिनलाई अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको उल्लेख गर्दै सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्ताको भावनाअनुसार नै वर्तमान सत्तासमिकरण बनेको बताउनुभयो । “कतिपयले दुई ठूला पार्टी मिलेपछि अरू पार्टी सिधिन्छन्, सिध्याउन खोजे भन्छन् । तर त्यस्तो होइन, कांग्रेस यस्तो चाहँदैन, एमालेको पनि यस्तो सोच देखेको छैन । सबैलाई मिलाएर लैजान ...