कतारमा जनवरी १७ तारिक गुञ्जिदै “कन्दरा ब्यान्ड”
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
आफ्नो सांगीतिक यात्राको ३२औं वर्षगाँठको अवसरमा ‘पहिला घरदेखि अनि परदेश’को नारासहित विश्व भ्रमणमा निस्केको सांगीतिक ब्यान्ड ‘कन्दरा’ कतारमा गुञ्जिने भएको छ ।
आगामी जनवरी १७ तारिक “प्लानेट लन्ज एन्ड कल्ब“ ले आयोजना गरेको कार्यक्रममा ब्यान्डले आफ्नो धमाकेदार प्रस्तुति दिने भएको हो । बेलायतको सांगीतिक कार्यक्रम सकेर ब्यान्डको टिम केही दिन पहिले कतार आईसकेको छ । ब्यान्ड सहित गायक विवेक श्रेष्ठले १७ तारिकका लागि कतारवासी नेपालीहरूलाई चुल्हे निम्तो गर्दै कतारको नेपाली संगीतको आकाशमा इतिहास कोर्न आग्रह गरेका छन् । कन्दराका ‘तिमी पारी’, ‘चन्चले कान्छी’, ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ जस्ता गीत प्रस्तुत हुनेछन् । कन्दराले आत्मसात गरेको लोक पप धुनहरू आजपर्यन्त लाखौं शुभचिन्तक र दर्शकको रोजाइमा छन् । क्लबका सञ्चालक प्रवीण गुरुङले नेपाली संगीत धरोहर...

