सेवाग्रहीले गुनासो गर्न नपाउँने गरी सेवा दिन नगर प्रमुख तामाङको निर्देशन
कुनै पनी सेवाग्रहीले सेवा लिदा गुनासो नगर्ने गरी सेवा दिन सेवा प्रवाहीहरुलाइ निर्देशन दिदै हरेक प्राणीले धर्तीमा पाइला राख्न साथ स्वास्थ्य नै आवश्यक पर्ने भएकाले यसलाई मानिसहरुले पनि पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको मेलम्ची नगरपालिकाको प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । उहाँले हरेक नागरिकलाई पहिला स्वास्थ्यको पहुँच हुनपर्छ भन्दै स्वास्थ्य क्षेत्रमा कसैले पनी खेलबाड र हेलचक्र्याई गर्न नहुँने भएकाले भिटामिन, खोप, जुकाको औषधी खुवाउँदा मात्र होइन सधै स्वास्थ्य सम्बन्धी जानकारी लिनु दिनुपर्ने बताउँनु भयो । नगरपालिकाको मेलम्ची नगर अस्पताल लगायत नगरपालिका भित्र संचालित जुकाको औषधि वितरण र भिटामिन ‘ए’ खोप कार्यक्रमको शुक्रबार अनुगमनको क्रममा उहाँले यस्तो बताउँनु भएको नगरप्रमुख सचिवालयका मानकाजी पाख्रीनले जनकारी दिनुभयो । सोहि अवसरमा नगर प्रमुख तामाङले सेवाग्राहीलाई गुनासो गर्ने ठाउँ नरहने...
