सम्पर्क

ब्रेकिङ न्युज १

पशुपति शम्शेर जबरा राप्रपा अध्यक्षमा नउठ्ने

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने हुनुभएको छ उहाँले आफूनिकट नेताहरुसँग आफू अध्यक्ष पदमा नउठ्ने बताउनुभएको हो । मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिक कार्यक्रम मार्फत नै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले उम्मेदवारी दिने बताइरहनुभएको छ । तर जबराले भने बुढ्यौली र पार्टीमा सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्ने उद्देश्यले उम्मेदवारी नदिने बताएको उहाँ निकट नेताले बताउनुभयो । ‘४÷४ जना उम्मेदवार भए, अब ८० (वर्ष) तिर टेक्न लागेँ । सर्वसम्मति गरुन् भनेर मार्गप्रशस्त गर्न लागेको हुँ’ जबराको भनाइ उधृत गर्दै उहाँ नेताले बताउनुभयो ।...

ईन्द्रावतीमा भु– सेवा केन्द्र स्थापना हुने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोको ईन्द्रावती गाउँपालिकावासीलाई सेवा सुविधा दिन गाउँकार्यपालिकाको कार्यालयमा भु–सेवा केन्द्र स्थापना गरिने भएको छ । केन्द्र सञ्चालनका लागी सोमबार अनुमति पत्र प्राप्त गरिएको गाउँपालिका अध्यक्ष बँशलाल तामाङले जानकारी दिनुभयो । केन्द्रबाट जग्गा राजीनामा, अंशबन्डा, नामसारी लगायतका जग्गा प्रशासन सम्बन्धी लिखत तयार पारिने छ । र उक्त लिखत मालपोत कार्यालय कुस्मामा पठाइने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताउनुभयो । स्थानीय तहबाट भु सेवा केन्द्र स्थापना गरी सेवा दिने ईन्द्रावती तेस्रो स्थानीय तह भएको छ । यसअघि पाँचपोखरी गाउँपालिका र जुगल गाउँपालिकाले अनुमति लिईसकेको छ । केन्द्र स्थापना भएपछि कारोबार गर्न चाहेको विवरण भरी आबस्यक कागजपत्र अपलोड गर्ने अनि लिखत प्रिन्ट गरी सहीछाप सहित सेवाग्राहीलाई मालपोत कार्यालय पठाउने , कारोवारको व्यहोरा अनलाइनमा इन्ट्री गर...

जुगल गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले भू–सेवा केन्द्र सञ्चालनमा ल्याउनको लागी अनुमती पत्र प्राप्त गरेको छ । एक कार्यक्रमका बिच प्रमुख मालपोत अधिकृत चण्डीप्रसाद कोईराला ले जुगल गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमुख लोकबहादुर विकलाई भु–सेवा केन्द्रको अनुमती पत्र प्रदान गर्नुभयो । मालपोत कार्यालयले दिदै आएको सेवालाई छिटो छरितो तबरबाट सम्पन्न गर्न गाउँपालिका बासी सबैलाई सहयोग पुग्ने प्रमुख प्रशासकिय अधिकृत विकले बताउनुभयो । स्थानीय तहले निवेदन र लिखित फारम भरिसकेपछि मालपोतको अनलाइनमा अपलोड गर्नुपर्नेछ । मालपोत कार्यालयले स्थानीय तहका कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनको लागि प्रारम्भिक चरणमा तालिम दिने प्रमुख मालपोत अधिकृत कोईरालाले बताउनुभयो । यसअघी यसअभी पाँचपोखरी गाउँपालिकाले पनि भू–सेवा केन्द्र सुचारु गरेको थियो । मालपोत कार्यालयमा सेवाग्राहीले पाइरहेको झन्झट तथा समस्याहरु कम गर...

सिन्धुपाल्चोकमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

ब्रेकिङ न्युज १, समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चौतारामा पनि सुरु गरिएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो बर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । दिवसको अवसरमा विभिन्न संघ, सस्था, सरकारी कार्यालयहरुको आयोजनामा बिहीवार चौतारा नगरपालिका टुडिखेलबाट निस्किएको ¥यालीले मुख्य बजार परिक्रमा गदै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरेको छ । ¥यालीमा सहभागीहरुले घरेलु हिंसाको अन्त्य गरौं ,हिंसा रहित समाजको निर्माण गरौं ,महिला हिंसा विरुद्धको अभियानमा एकजुट हौं ,छोराछोरी बराबरी,महिला कुट्नु अपराध हो ,खुलेर छोरी विभेद रोकौँ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए । ¥यालीमा चौतारा नगरपालिकका उपप्रमुख , जिल्ला प्रसाशन प्रमुख , प्रहरी प्रमुख , सामाजिक संघसस्थाहरु साथै पत्रकारहरुको सहभागिता रहेको थियो । यो दिवस हरेक वर...

चौतारामा सातौ उघोग दिबस मनाईयो

बिजनेस, ब्रेकिङ न्युज १
नेत्रबहादुर बस्नेत घरेलु तथा साना उघोग कार्यालय चौताराको आयाजनामा स्वदेशी उघम र उत्पादन दिगो अ‍ौधोगिक पुर्नउत्थानको नारा सहित सातौ उघोग दिबस मनाईएको छ । उघोग दिबसको अबसरमा घरेलु तथा साना उद्योग कार्यालयका उधोग अधिकृत रामशरण गौतमले उघोगिहरुलाई प्रोत्साहन दिनु र उपभोक्ता हरुको हित र सँरक्षण एवम उपभोक्ता सँरक्षणका लागी उपभोक्ता हरु पनि सचेत रहन जरुरी देखिएको बताउनुभयो । उहाँले सामान खरिद गर्दा बिल लिनु पर्ने र बिल अनुसार सामान छ कि छै तौल कति छ हेर्न पनी उपभोक्ताहरु सचेत हुनपर्ने बताउनुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले उद्योग गर्ने उद्योगिहरुको आफ्नै समस्या रहेको बताउँदै जस्तोसुकै समस्या भएपनि उपभोक्तालाई सहज हुने काम गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले उद्योग गर्दा नाफामुलक र उत्पादनमुलक हुनुपर्ने बताउनुभयो । उहाले सकेसम्म तत्काल न...

सिन्धुपाल्चोकको चार वटै प्रदेश सभामा काँग्रेसको नयाँ नेतृत्व

ब्रेकिङ न्युज १, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकको चारवटै प्रदेश सभामा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । प्रतिनिधी सभा क्षेत्र नं. १ प्रदेश (क) बाट सभापतिमा आङदोर्जे शेर्पा विजयी हुनुभएको छ । त्यसैगरी उपसभापतिमा च्याङा शेर्पा ( साहलिा) र टेक बहादुर गुभाजु, सचिवमा सुवेस थापा र सुरेन्द्र श्रेष्ठ , सह– सचिवमा उमेश सुवेदी र राजेन्द्र विक्रम थापा निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधीहरुमा घ्याम्छो लामा, रामेश्वर आचार्य, हरि बहादुर रायमाझी , राजकुमार तामाङ, सुरेन योञ्जन, रमेश राउत, हेमन्त श्रेष्ठ, यादव श्रेष्ठ, रविन्द्र दर्नाल, जितबहादुर प्रधान पासाङ लामा, विना नेवार, पदमकुमारी श्रेष्ठ, चमेली श्रेष्ठ , दिपा लामा , सुनिता लामा र युवाखर सापकोचा निर्वाचित हुनुभएको छ । प्रतिनिधी सभा क्षेत्र नं. १ प्रदेश (ख) बाट देवेन्द्र खड्का सभापतिमा निर्वाचित हुनुभएको छ । खड्काले २४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उ...

केदार क्षेत्रीद्धारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमालेको नेता तथा बलेफी गाउँपालिकाको अध्यक्ष केदार क्षेत्रीले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । क्षेत्रिले पार्टीको चितवनमा मँसिर १० मा हुने दशौं राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको हो । मँगलबार नेपाल पत्रकार महासँघको भवन चौतारामा पत्रकार सम्मेलन गर्दै क्षेत्रिले खुल्लातर्फ सदस्य बन्न चाहेको बताउनुभयो । क्षेत्रिले २०३८ सालदेखी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्राकको सचिव हुँदै राजनितिक यात्रा सुरु गरेको बताउनुभयो । क्षेत्रि २०४४÷४५ मा काठमाडौंको पिपुल्स क्याम्पसको स्ववियु सचिव, २०४६ मा अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला अध्यक्ष हुँदै तत्कालिन जिल्ला विकास समितिको सदस्य , राष्ट्रिय प्रतिनिधि परिषदमा समेत निर्वाचित भैसक्नु भएको छ । नवौं राष्ट्रिय महाधिवेशनमा सिन्धुपाल्चोक जिल्लाबाट महाधिवेशन प्रतिनिधी हुँदै अहिले नेकप...

हेलम्बुमा आगलागी हुँदा तिन बालकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
हेलम्बु गाउँपालिका वडा नं. ७ सुर्सिङ गाउँ झाक्रिटो निवासी सञ्च तामाङको गोठमा आगलागी हुँदा तिन बालकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सञ्च तामाङको छोरा वर्ष ६ को मनोज तामाङ, सोही गाउँका सुकमान तामाङको छोरा वर्ष ५ को मनिष तामाङ र सोही गाउँका साईला तामाङको छोरा वर्ष ५ को दिल बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । ढुँगा , माटो र टिनले छाएको एकतले गोठमा साँझ ७ बजे मकैको ढोड र सुकेको नलमा आगो सल्किदा आगलागी भएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।  ...

राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ लोकार्पण

ब्रेकिङ न्युज १, साहित्य
समाजसेवी , शिक्षा प्रेमी तथा राजनितिका त्रिआयामिक ब्यक्तित्व राम बहादुर कार्कीको जीवन परिवेश समेटिएको ग्रन्थ ‘विवृत जीवन’ लोकार्पण गरिएको छ । कार्कीको ७७ औं जन्मोत्सवको अवसर पारेर सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा विवृत जीवन प्रकाशन समितिले तीन वर्षको मेहनतपछि पुस्तक तयार पारी आज नेपाल सरकारका पुर्व सचिव पुण्यप्रसाद न्यौपानेले सो पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण पछी मन्तब्य राख्दै नेपाल सरकारका पुर्व सचिव न्यौपानेले रामबहादुर कार्की एउटा सँघर्षको र स्वाभिमानको प्रतिक भएको वताउनुभयो । उहाँले रामबहादुर परिवर्तनको धार भएको बताउँदै आगामी दिनका लागी यस्ता पुस्तक प्रकाशनले सभ्यताको जगेर्ना गर्ने धारणा राख्नुभयो । चौतारा सँँगाचोकगढी नगरपालिकाका प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद पौडेलले मर्नुभन्दा अगाडी धेरै बाटाहरु हिड्नुपर्ने बताउँदै नगरपालिकाले यस्ता मुर्धन्य ब्यक्तिहरुको पुस्...

राप्रपा क्षेत्रिय अध्यक्षमा कुमारी तामाङ

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को अध्यक्षमा कुमारी तामाङ निर्वाचित हुनुभएको छ । राष्ट्रीय प्रजातान्त्रिक महिला सँगठनको केन्द्रीय महासचिव समेत रहनुभएको तामाङको अध्यक्षतामा १४ सदस्यीय कमिटी निर्वाचित भएको छ । कमिटीको सदस्यहरुमा सुनकाजी तामाङ, रेशम बहादुर श्रेष्ठ, गाँगा प्रसाद दुलाल , विदुर प्रसाद घोरासैनी, देवराज गिरी, प्रेम बहादुर तामाङ, मन कृष्ण ठकुरी, बेखराज शाही, प्रल्लाद सापकोटा, देबराज गुरुङ, बिर बहादुर तामाङ, पुन्य प्रसाद सापकोटा र सोम बहादुर सापकोटा रहनुभएको छ । कार्यसमितीको पदाधिकारीहर भने पछी मनोनित गरिने बताईएको छ ।    ...