भोटेकोशीको मार्मीगंमा स्वास्थ्य शिबीर ३८१ले लिए सुबिधा
सिन्धु पाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा निशुल्क स्वास्थ्य शिबीर सञ्चालन भएको छ । माघ३र ४ गते दुइ दिन सम्म चल्ने शिबीरको पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले एक समारोहका बिच उद्धघाटन गर्नु भयो । भोटेकोशी गाउँपालिकाको मार्मीगं स्वास्थ्य कार्यलयमा भएको दुइ दिन सम्म चल्ने शिबीरको उद्धघाटन गर्दै पालिका अध्यक्ष शेर्पाले पालिकाका कोही पनी नागरिकहरुले कुनै पनी सेवाबाट बञ्चीत हुन नपरोस भन्दै आफुले सबै भन्दा ठुलो सम्पती भनेकै स्वास्थ्य भएकाले यसलाइ पहीलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो ।उँहाले भोटेकोशी गाँउपालिकामा बढी जस्तो किड्नीका बिरामी रहेको बताउँदै उँहाहरुको उपचारमा सहजीकरण गरिएको बताउँनु भयो । आगामी फागुन महीनामा अमेरिकन चिकत्सिक सहीतको टोलीले शिबीर राखी पालिकाका नागरिकलाइ स्वास्थ्य सेवा दिने समेत उँहाले बताउँनु भयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत भद्र ...
