विपन्नलाई १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने
विपन्नलाई १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने भएको छ । नेशनल बाथरोग सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने बताउँनु भएको हो । सो अबशरमा मन्त्री बस्नेतले विपन्न र असहाय विरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको जानकारी गराउँदै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय विरामीको लागि १० प्रतिशत शैयामा निःशुल्क उपचार गर्नु पर्नेमा जोड दिनु भएको हो । अस्पतालहरुले विपन्नलाई निशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने उहाँले बताउँनु भयो । मन्त्री बस्नेतले भने,‘१० शैया विपन्नलाई निःशुल्क उपचार दिएको छ, छैन हामी व्यापक अनुगमन गर्छौ । नदिएको फेला परे कारवाही गर्छौ । आ...
