सम्पर्क

#

काठमाडौंमा जेष्ठ नागरिकहरूको सांस्कृतिक उत्सव

काठमाडौंमा जेष्ठ नागरिकहरूको सांस्कृतिक उत्सव

#, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
काठमाडौं — जेष्ठ नागरिकहरूको सक्रिय सहभागितामा आधारित एक विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम राजधानीको हनुमानढोका दरबार क्षेत्र मा सम्पन्न भएको छ। न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा भएको उक्त कार्यक्रममा ७० वर्ष नाघेका बाजे–बज्यैहरूले भजन–कीर्तन, परम्परागत नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले नेवार समुदायका मौलिक पोशाकमा जीवनशैली झल्किने गरी नृत्य र गीत प्रस्तुत गरेका थिए। बिहानको दैनिक क्रियाकलापदेखि साँझसम्मका सांस्कृतिक अभ्यासलाई समेटेर विभिन्न रैथाने गीतमा आधारित प्रस्तुति दिइएको थियो। यसले परम्परा र जीवनपद्धतिलाई जीवन्त रूपमा देखाएको उपस्थित दर्शकहरूले बताएका छन्। त्यसैगरी, गिरिजा प्रसाद जोशी का कृतिमा आधारित गीतहरू पनि कार्यक्रममा समावेश गरिएको थियो। लगन टोलका स्थानीय समूहले भजन प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए...
थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १२ वैशाखः थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले राससलाई जानकारी दिनुभयो । “अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोबास गरिरहनुभएका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ”, प्रजिअ पौडेलले भन्नुभयो, “सुकुमबासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।” आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उहाँले जानकारी दिनुभयो । सरकारले दुई दिन अघि देखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेक...
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह

सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह

#, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ११ वैशाखः सरकारले सुरु गर्न लागेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिकस्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ । सुकुम्वासी/भूमिहीनको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चितताका लागि सुकुम्वासी व्यवस्थापन अभियान सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ । वास्तविक सुकुम्वासी/भूमिहीन पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने उद्देश्यका साथ उक्त अभियान सुरु हुन लागेको नेपाल प्रहरीका प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिनुभयो । सोसम्बन्धी समस्या समाधान नहुँदा वास्तविक सुकुम्वासी/भूमिहीन राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपरेको जनाउँदै प्रहरीले आफ्नो हक, अधिकार मिच्ने नक्कली सुकुम्वासी/भूमिहीन व्यक्तिहरूको पहिचान गरेर सहयोग गर्न आग्रह गरेको छ । “वास्तविक सुकुम्वासी/भूमिहीनहरू एकज...
नेत्र ज्योति कृषि सहकारीद्धारा आयोेजित  तरकारी खेती तथा अचार बनाउने तालिम सम्पन्न

नेत्र ज्योति कृषि सहकारीद्धारा आयोेजित तरकारी खेती तथा अचार बनाउने तालिम सम्पन्न

#, कृषि, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, शिक्षा
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ बतासेमा नेत्र ज्योति कृषि सहकारी संस्था लिमिटेडद्धारा आयोजित तरकारी खेती तथा अचार बनाउने तालिम कार्यक्रम सपन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण्बहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदीप श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने भुपेन्द्र थिङ विशेष अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन नेत्र बहादुर बस्नेत ले गर्नुभएको थियो । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम चैत्र २२ गतेदेखी वैशाख १० गतेसम्म सञ्चालन गरिएको थियो । तालिममा स्थानीय कृषक तथा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । तालिममार्फत सहभागीहरुलाई आधुनिक तरकारी खेती, उत्पादन वृद्दि, संरक्षण विधि तथा विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको सहकारीले जनाएको छ । समापन कार्यक्रममा बोल्दै वक...
मकवानपुरमा वृक्षरोपण गर्दै बालकको जन्मदिन मनाइयो

मकवानपुरमा वृक्षरोपण गर्दै बालकको जन्मदिन मनाइयो

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, शिक्षा, समाचार
मकवानपुर — पछिल्लो समय व्यक्तिगत उत्सवलाई सामाजिक तथा वातावरणीय कार्यसँग जोड्ने प्रवृत्ति बढ्दै गएको छ। यही सन्दर्भमा “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानअन्तर्गत मकवानपुरमा एक बालकको जन्मदिन वृक्षरोपण गरेर मनाइएको छ। मकवानपुर निवासी शालिग्राम रोक्का र अप्सरा रोक्काका सुपुत्र आरुषा रोक्काले ५ वर्ष पूरा गरी ६ वर्षमा प्रवेश गरेको अवसरमा आफ्नै निवास परिसरमा फूलको बिरुवा रोपेर जन्मोत्सव मनाएका हुन्। बालक आरुषाकै इच्छाअनुसार गरिएको उक्त कार्यक्रमले जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी समाज र वातावरणप्रति उत्तरदायी बनाउने सन्देश दिएको छ। कार्यक्रममा परिवारका सदस्यहरूको सहभागिता रहेको थियो। उनीहरूले वृक्षरोपण जस्ता साना तर महत्वपूर्ण कार्यले वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। साथै, यस्ता गतिविधिले बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको माया र जिम्मेवारीको भा...

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

#, ब्रेकिङ न्युज २, विचार, समाचार
नुवाकोट, ६ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ । पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उहाँले स्पष्ट पार्नुभयो । यहाँको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री डा तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गर्नुभयो । उहाँले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त गर्नुभयो । मन्त्री डा तिमिल्सिनाले नागरिकलाई कुनै पनि सूचना साझा गर्नु अघि त्यसको सत्यता र स्रोतको विश्वसनीयता जाँ...

उद्यम गरौँ, स्वरोज़गार बनौँ: चौतारामा ६५ दिने सिलाई–कटाई तालिम सुरु

#, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक — “उद्यम गरौँ, स्वरोज़गार बनौँ” भन्ने मूल नाराका साथ चौतारा साँगाचोकगढी नगरपालिकामा महिला लक्षित ६५ दिने सिलाई–कटाई तालिम सुरु गरिएको छ। नगर स्तरीय महिला सञ्जालको आयोजनामा सञ्चालन भएको उक्त तालिम बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्, हेटौंडा, मकवानपुरको समन्वयमा र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको हो। महिला दिदीबहिनीहरूलाई सशक्तिकरण गर्दै आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको तालिमको उद्घाटन सत्रमा सहभागीहरूले उत्साहजनक उपस्थिति जनाएका थिए। कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक तथा सह–प्रशिक्षकहरूका साथै विभिन्न सरोकारवाला व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा कार्यपालिका सदस्य तथा उद्यमी सानु माया गुरुङ, नेपाल घरेलु तथा साना उद्योग...
जुरे पहिरो क्षेत्रमा गुणस्तरीय सडक निर्माण गर्न सांसद पराजुलीको जोड

जुरे पहिरो क्षेत्रमा गुणस्तरीय सडक निर्माण गर्न सांसद पराजुलीको जोड

#, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
सिन्धुपाल्चोक क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुलीले जुरे पहिरो प्रभावित क्षेत्रमा भइरहेको सडक निर्माण कार्य गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न हुनुपर्ने बताएका छन् । स्थलगत निरिक्षणका क्रममा उनले जोखिमयुक्त क्षेत्रमा निर्माण हुने सडक दीगो र सुरक्षित हुनुपर्ने उल्लेख गर्दै कमजोर सामाग्री प्रयोग नगर्ने सम्बन्धित पक्षलाई सचेत गराएका हुन् । उनले तोकिएको समयसीमाभित्र निर्माण कार्य सक्न निर्देशन दिँदै अनावश्यक रुपमा म्याद थप्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । सार्वजनिक लगानीका सही सदुपयोग हुनुपर्ने र स्थानिय नागरिकले विकासको प्रत्यक्ष लाभ पाउनुपर्नेमा पनि उनले जोड दिए । स्थानीय बासिन्दासँग छलफल गर्दै सांसद पराजुलीले विकास निर्माणका कामलाई राजनीतिक विवादबाट टाढा राखेर अघि बढाउन सबै पक्षसँग आग्रह गरेका छन् ।...
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

#, ब्रेकिङ न्युज १, विचार, समाचार
गोरखा, ३ वैशाखः तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । श्रेष्ठ यसअघि विसं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । दुई हप्ताको छोटो अवधिमा तीनपटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा उहाँको नामअङ्कित भएको थियो । तेह्र दिनभित्रै तीनपटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नाम अङ्कित गरिएको उहाँले जानकारी दिनुभयो । “पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए, त्यसपछि २०८२ जेठ ४ गते पाँचौँ पटक आरोहण गरेँ”, श्रेष्ठले भन्नुभयो । उहाँले आठ हजार मिटरभन्दा अग्ल...
शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

#, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २ वैशाख : प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ । निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ । सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना सदस्य प्रस्तावक र सोही समितिका कुनै एक जना सदस्यको समर्थक हुनुपर्ने सङ्घीय संसद् (प्रतिनिधिसभा)का सचिव हर्कराज राईले जानकारी दिनुभयो । सोही दिन अपराह्न ४ः३० बजेसम्म निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ताक्रमानुसारको सूची प्रकाशित हुनेछ । शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावले प्रस्ताव गर्ने, समर्थकले सम्बन्धित प्रस्...