सम्पर्क

ब्रेकिङ न्युज १

विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उहाँले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराउनुभएको हो । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् । विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क...

कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १५ कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला...

डडुवामा कुकुर आतङ्क मानीसलाइ लखेट्दै खशी बाख्रा मार्यो

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवामा भुसीया कुकुरले स्थानीय कृषकको खशी बाख्रको खोरमा गएर टोक्दै मानर््ा थाले पछी त्यहाका कृषकहरु आतङ्कीत भएका छन । बिहान तथा साँझ पखको समयमा १५÷२० वटा कुकुरका समुहले मानीसलाइ लखेट्ने खोरमा कुखुरा तथा बाख्रा खशी टोकेर मार्ने गरेको छ । १३गते बिहान मात्रै सुनिल तामाङ्ख,लालामान ताामाङ्ख, रुकमणी बस्नेत,लगाएका बाख्रालाइ आक्रमण गर्ने मानीसलाइ झम्टुर लखेट्दै खोरको खशी मारेको छ । कुकुरले खशी बाख्रा कुखुरा मार्ने गरेकोकारण कुकुरलाइ कसरी नियन्त्रणमा लिने भन्ने बारेमा स्थानीय नागरिकहरु चिन्तीत बनेका छन ।यसरी कुकरुले दुख दिन थाले पछी १४गते बसेको नगर बिपद व्यवस्थापन समितीमा आफुले यसको नियन्त्रणका लागी पहल गर्न प्रस्ताव गरेको वडा अध्यक्ष उद्धब नेपालले जानकारी दिनु भयो । उँहाले कुकुर मार्ने नियम छैन यसलाइ समातेर अरु ठाँउमा लग्दा पनी जँहा छोडेक...

एनसिसी कतारको समन्वयमा राष्ट्रिय पर्वहरु एकै साथ मनाईदै

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आगामी शुक्रबार राष्ट्रिय पर्वहरु एकै साथ मनाईने भएको छ । नेपालीहरुको महान पर्वहरु दशै,तिहार छ्ठ पर्व,नेपाल सम्वत ११४५,बलिहाङ तङनाम,जितिया पर्व,हुर्रा पर्व,म्ह पुजा र । एनआरएनए दिवसको अवसर पारेर एनसिसी कतार र कतारमा स्थापित बिभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम मनाईने भएको हो । राष्ट्रिय पर्वहरु एकै साथ मनाउदा कतारमा रहेका नेपाली दाजुभाईहरुको भाईचारमा थप मितब्यायी बढ्नेका साथै समाजमा एक खालको सकारात्मक सन्देश दिने र सामुहिक रुपमा चाड पर्व मनाउदा चाडबाडले माया र सद्भाव समेत मिल्ने एनसिसी कतारका अध्यक्ष रमेश भट्टले बताउनु भयो ।हाल सम्म कतारमा स्थापित करिब पचास ओटा संघ संस्थाहरुको नामावली आईसकेको र थप आयोजकको रुपमा रहन चाहाने संघ संस्थाहरुले आगामी...

विपदमा परेकाहरुलाइ सहयोग गर्नेहरुप्रति पार्टीले उच्च मुल्यांकन गर्नेछ – सभापति देउवा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  रामचन्द्र दुलाल ललितपुर÷ १३ कातिक ः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपदमा परेकाहरुलाइ सहयोग गर्नेहरुप्रति पार्टीले उच्च मुल्यांकन गर्ने बताउनु भएको छ। “सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश“ भन्ने नाराका साथ पूर्वमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सहयोगमा आज मंगलबार ललितपुरमा बाढिपहिरोबाट मृत्यु हुनेका परिवारलाई नगद राहत वितरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभापति देउवाले अहिले भाषण गर्ने भन्दापनि विपदमा रहेकाहरुलाई सहयोग गर्ने र उनीहरुको समस्या समाधान गर्नेमा लाग्नुपर्ने बेला रहेको बताउनुभएको हो । “पार्टीको तर्फबाट तपाईंहरु सहयोगी सबैलाई धन्यवाद दिन चाहान्छु, पार्टीकोतर्फबाट महत्त्वपूर्ण काम गर्नुभएको छ, अझै गर्नुहुनेछ भन्ने विश्वास छ, देशभर सबेै ठाउँमा ठूलो नोक्सानी भएको छ, धेरै साथीहरूले ज्यान गुमाउनुपरेको छ,...

नेपाल राहत शिक्षक केन्द्रीय अध्यक्षमा धामी र सचिबमा पाण्डे निर्वाचित

ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौं कात्तिक ९ गते देखि ११ गते सम्म राजधानी काठमाडौँमा सम्पन्न केन्द्रिय छैठौं महाधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ।नेपाल राहत शिक्षक केन्द्रीय समितिको अध्यक्षमा कञ्चनपुरका शिक्षक नविन सिह धामी निर्वाचित भएका छन । शिक्षक धामी यस अघि केन्द्रीय सहअध्यक्ष थिए ।त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी ४ मंगलामाइ माबिका शिक्षक पृथ्वीजंग पाण्डे सचिबमा निर्वाचित हुनुभएको छ।उहाँ यस अघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उपाध्यक्षमा काठमाडौका खगेन्द्र पौडेल महासचिवमा काठमाडौका डम्बर राई उपमहा सचिवमा काठमाडौका राजिब भट्टराई ,महिला सचिबमा काठमाडौकी गिता खड्का ,सिन्धुलीकि मेनुका गौतम ,सिन्धुपाल्चोक बार्हबिसेकी लक्ष्मी पौडेल तथा केन्द्रीय सदस्यमा झिर्पु माबिका प्र अ टङ्क पन्थ निर्वाचित हुनुभएको छ। झण्डै २ दशकदेखि सचिव पाण्डे शिक्षण पेशामा हुनुहुन्छ । पाण्डे नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोक...

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल, उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रकाश आचार्य , जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपा प्रधान , इन्जिनियर प्रशान्त अधिकारी ,जिसस सचिबालयका प्रेम कुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रवन्ध निर्देशक नेत्र बहादुर बस्नेत सम्मिलित उच्चस्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका – ११ मा सञ्चालनमा आएका क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको हो ।       अनुगमनका...

कतारमा गुल्मी समाजको बृहत् साँस्कृतिक कार्यक्रम

बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
दर्शन सुनार कतार, गुल्मी सेवा समाज कतारको प्रतिबद्धता,निस्वार्थ निस्वार्थ समाज सेवा आजको आवश्यकता“ भन्ने मुल नाराका साथ वडा–दशै शुभ दिपावली तथा छठ पर्वको अवसरमा गुल्मी सेवा समाज कतारको आयोजना मा शुक्रवार फुलबारी रेष्टुरेन्टको सभाहलमा भव्यताका साथ सस्कृती कार्यक्रम सम्पन भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको सह– आयोजनामा आयोजित “बृहत् साँस्कृतिक कार्यक्रम २०२४“ शुक्रवार फुलबारी रेष्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन भएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट प्रमुख अतिथि अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । “संस्थाको आकस्मिक कोष सहयोगार्थ“ गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमलाई सफल बनाउन कतारमा स्थापित विभिन्न बैचारिक सगंठन,सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपालबाट सांगीतिक प्र...

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँः अध्यक्ष दाहाल

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताउनुभएको छ । माओवादी केन्द्रको वाग्मती प्रदेश समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको उल्लेख गर्नुभयो । उहाँले पूर्ववर्ती सरकारले विद्युत् व्यापार सम्झौता गरेको, आर्थिक विकास एवं सुशासनका पक्षमा प्रतिबद्ध भएर अभियान सञ्चालन गरेको तथा चीन र भारतसँग सुदृढ सम्बन्धको विकास गरी मुलुकको हितमा काम गरेको स्मरण गर्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले कुशासन र अनियमितताका विरुद्धमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा माओवादी एक्लै जाने स्पष्ट पार्दै उहाँले पहिलो पार्टी भएर देखाउने दाबी...

डेङ्गी नियन्त्रणका लगि देशभरका कार्यालयमा सरसफाइ अभियान

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ । सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संवैधानिक निकाय, सेना, प्रहरी, सशस्त्रलगायत विभिन्न कार्यालयका कर्मचारी सरसफाइ अभियानमा सहभागी हुनुभएको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि हरेक शुक्रबार ‘१० बजे १० मिनेट’ कार्यक्रममा सहभागी हुन मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिकलाई आह्वान गरेको छ । प्रवक्ता डा बुढाथोकीले दसैँपछि डेङ्गी सङ्क्रमित बढ्नुका साथै स्वास्थ्य संस्थामा परीक्षण गराउने र भर्ना हुनेको दर पनि बढेकाले नियन्त्रणका ...