सम्पर्क

ब्रेकिङ न्युज १

काँग्रेस नेता राजु गोर्खलीद्वारा न्यानो कपडा वितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेपाली कांग्रेस सिन्धुपाल्चोक का युवा नेता महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य राजेन्द्र गोर्खाली(राजु) ले बालबालिका आधरभुत विद्यालय मा न्यानो कपडा वितरण गर्नु भएको छ । कांग्रेस नेता गोर्खालीले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–७ को बालबालिका आधरभुत विद्यालय मा अध्ययनरत दलीत असाय तथा न्युन आय भएका नागरिकहरुका बालबालीकालाइ न्यानो कपडा आबश्यक छ भनी माग भइ आएकोले आफुले बिद्यालयमा नै गएर वितरण गरिएको बताउँनु भयो । विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रम को विचमा नेताद्वय गोर्खाली र श्रेष्ठले विद्यालयका प्रधानध्यपक इच्छाराम दँगालको उपस्थिति मा विद्यालयमा अध्ययनरत निम्न वर्गीय १२० जना विद्यार्थी लाई उक्त न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण पछि विद्यालय का प्रधानध्यापक दंगालले सहयोग को लागि धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो ।साथै दुवै सहयोगी नेतालाई स...

सडक सञ्जालसँग जोडियो मेलम्चीको मुहान

ब्रेकिङ न्युज १, समाचार
बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्क विच्छेद भएको थियो । बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको मुहान स्थलसम्म पुग्न अस्थायी रूपमा सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । यसअघि सडकमार्ग भएर आयोजना स्थलसम्म पुग्न नसक्दा आयोजनाको मुहान, हेड वक्र्स र सुरुङमा पुगेको क्षतिबारे यकिन हुन सकेको थिएन । उहाँले अब सहज रूपमा आयोजना स्थलसम्म पुगी क्षतिबारे यकिन गरी काम सुरु गर्न सकिने बताउनुभयो । प्रवक्ता पन्तले मेल...

४६८१ मत गणना : देउवालाई २२५८, कोइरालालाई १७२९मत प्राप्त, कसैकाे बहुमत पुगेन

ब्रेकिङ न्युज १, राजनिती
 नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा कसैलाइ पनि बहुमत प्राप्त भएन । पछिल्लो विवरण अनुसार जम्मा चार्र हजार ६८१ मतगणनामा शेरबहादुर देउवा २२५८, शेखर कोइराला १७२९ मत प्राप्त भएको छ । प्रकाशमान सिंह ३७१, बिमलेन्द्र निधि २४९, कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ । मतदानमा ७७ मत बदर भएकाे छ ।...

शुक्रबारदेखि माथिल्लो बलेफी ‘ए’ को संरचनाको परीक्षण गरिने

बिजनेस, ब्रेकिङ न्युज १
सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको संरचनामा पुस २ गते (शुक्रबार) देखि पानी भर्न सुरु गरिने भएको छ । आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि संरचनामा पानी भरेर कुनै समस्या भए नभएको हेर्न लागिएको हो । अहिले आयोजनामा जडान भएका उपकरणहरूको परीक्षण भइरहेकाले संरचनामा पानी भर्ने मिति तय गरेको प्रवद्र्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले जानकारी दिनुभयो । उहाँका अनुसार पानी भरेर संरचनाको अवस्था ठिक भए नभएको हेर्न करिब २ साताको समय लाग्नेछ । ‘उपकरणहरूको आन्तरिक परीक्षण सकिएपछि आयोजनाको बाँध, सुरुङ, पाइपलाइनमा पानी हालेर कुनै समस्या भए÷नभएको हेर्छौ,’ उहाँले भन्नुभयो, ‘संरचनाको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु हुनेछ ।’ उहाँले सबै चरणको परीक्षण पूरा गरे विद्युत उत्पादन सुरु गर्न बढीमा १ महिना लाग्ने पनि बताउनुभयो । आयोजनाको स...

अपराध नियन्त्रणमा सक्रिय वन्दै प्रहरी

ब्रेकिङ न्युज १, समाचार
नेपाल प्रहरी पछिल्लो समय अपराध नियन्त्रणमा सक्रिय वन्दै गएको छ । स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित पक्राउ वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट स्रोत नखुलेको नगद १८ लाख रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१० ठेगाना भएका २८ वर्षीय चन्दन कुमार साह र सोही ठाउँ ठेगाना भएका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् । घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको उक्त नगद सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अवैध लागूऔषध सहित पक्राउ रोल्पा, सुनिलस्मृती गाउँपालिका–४ सुलिचौर...

सिन्धुपाल्चोकबाट माओवादी केन्द्रको बागमति प्रदेशमा २७ को प्रतिनिधित्व

ब्रेकिङ न्युज १, समाचार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमति प्रदेश कमिटिमा सिन्धुपाल्चोकबाट २७ जनाले प्रतिनिधित्व गर्नुभएको छ । सिन्धुपाल्चोकबाट बागमति प्रदेश कमिटीमा खुल्ला तर्फ १८, दलित तर्फ २ र महिला तर्फ ७ जनाले प्रतिनिधित्वगर्नुभएको छ । खुल्ला तर्फ चन्द्रबहादुर थापा, सरल सहयात्री पौडेल, झम्क पराजुली, प्रेम सापकोटा, लालकान्छा तामाङ, चन्द्र प्रसाद सापकोटा, गोविन्द पराजुली, चिरञ्जीवी आचार्य, उद्घन आलेमगर, फुर्वा स्याङबो, भरत थापा, श्यामसुन्दर श्रेष्ठ, गंगाबादुर तामाङ, उजारसिं तामाङ , बुद्धराज बस्नेत, पदम श्रेष्ठ, बीरबहादुर तामाङ र पूणर् बहादुर तामाङ रहनुभएको छ । त्यसैगरी महिला तर्फ अमृता नेपाल, कलपना न्यौपाने, अम्बिका नेपाल, जानुका पराजुली, फुलम तामाङ, सुमित्रा बस्नेत र मुना ढकाल रहनुभएको छ भने दलित तर्फ गणेश विक र रोहीणी बिक हुनुहुन्छ ।...

इर्खु माध्यामिक विद्यालयको ६३ औ वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
नेत्रबहादुर वस्नेत चौतारा साँगाचोकगढी नगरपालिका – मा रहेको इर्खु माध्यामिक विद्यालयको ६३ औ वार्षिकोत्सव तथा २३ औं अविभावक दिवस भब्य रुपमा सम्पन्न भएको छ । उक्त विद्यालयको वार्षिकोत्सव एक विशेष समारोहकाविच नेपाल हिल्फेका कार्यक्रम सँयोजक श्याम पण्डितले उद्धघाटन गर्नुभएको थियो । वार्षिकोत्सवकै अवसर पारेर बिद्यालयका पूर्व प्रधानध्यापक अमृत बहादुर दंगाललाई विशेष सम्मान गरिएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेपाचल हिल्फेका कार्यक्रम सँयोजक तथा कार्यक्रममा प्रमुख अतिथी पण्डितले विद्यालयको शैक्षिक सुधारका लागी निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका विशेष अतिथी तथा वडा अध्यक्ष तिर्थवहादुर श्रेष्ठले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नु हुँदै शिक्षक मात्रैले विद्यालय सुधार हुन नसक्ने र त्यसका लागि विद्यार्थीको पनि ठूलो भूमिका रहने बताउनुभयो । कार्यक्रममा चौतारा ...

३० औँ अन्तराष्ट्रिय अपांगता दिवस भव्य कार्यक्रमका साथ सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
विगत दूई बर्षदेखि सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकामा सिबिएम नेपालको साझेदारितामा अपांगता भएका ब्यक्तिहरुको जिविकोपार्जनको क्षेत्रमा विविध क्रियाकलापहरु गर्दै आइरहेको सप्रोस नेपालले ३० औँ अन्तराष्ट्रिय अपांगता दिवशको अवशर पारेर भब्य कार्यक्रमका साथ सम्पन्न गरेको छ । हेलम्बु गाउँपालिकाका उपाध्यक्ष एवम् पालिकास्तरिय अपांगता समन्वय समितिका संयोजक कोपीला पण्डितको सभापतीत्वमा विशेष प्रवचन कार्यक्रमका साथ सम्पन्न गरिएको कार्यक्रममा प्रमुख प्रशाासकिय अधिकृत विष्णुहरि तिमल्सिना, वडाध्यक्ष एवम् पालिकास्तरिय सामाजिक विकास शाखाका संयोजक राजकुमार लामिछाने र सप्रोस नेपालका प्रतिनिधि, पालिका भित्रका अपांगता भएका ब्यक्तिहरुले प्रवचन एबम् शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रभातफेरिका साथ शुरु भएको पालिकास्तरिय अपांगता समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्दे...

समावेशी विपद ब्यवस्थापन क्षमता विकास तथा योजना निर्माण गर्न कार्यशाला

ब्रेकिङ न्युज १, समाचार
सिविएम नेपालको साझेदारीमा सप्रोस नेपालले सञ्चालन गरेको समुन्नती परियोजना अन्तर्गत पालिका स्तरिय समावेशी विपद ब्यवस्थापन क्षमता विकास तथा योजना निर्माण सम्बन्धि दुई दिने कार्यशाला हेलम्बुमा सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुहरी तिमल्सिना को प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको हो । कार्यशालाको सहजीकरण शुनिल सन शाक्यले गर्नुभएको थियो । कार्यशालामा प्रकोप र विपदका बारेमा छलफल गर्दै हेलम्बु गाउँपालिकामा देखिएका १४ प्रकारका प्रकोपहरु बारे छलफल गरिएको थियो । यस्तै वडा गत रुपमा प्रकोपहरुको जोखिम क्षेत्रहरु पहिचान गरी सूचना बनाई उक्त जोखिमको क्षेत्रलाई विपद ब्यवस्थापन गर्ने योजनाहरु तयार गरी समावेसि योजना निर्माण गर्ने छलफल समेत गरिएको छ । यसका साथै पालिका संग भएका ऐन, नियम तथा समावेशी विपद ब्यवस्थापन क्षमता विकास तथा योजना निर्माण सम्बन्धी नीति नियमक...

अमृत बोहोरा एमाले सल्लाहकार परिषदको अध्यक्ष चयन

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन हुनुभएको छ । उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिनुभएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो । एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष हुनुहुन्थ्यो । नेकपा एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गर्नुभएको छ ।...