सिनो हाईड्रोले बन्द गरेको काम थाले
रुपक पुरी
मेलम्ची खानेपानी आयोजनाको प्रवेशमार्ग अम्वाथानमा सिनो हाईड्रोले शुक्रबार विभिन्न माग राख्दै बन्द गराएको मर्मतसंम्भार र पुननिर्माणको काम शनिवारबाट सुरु गरेको छ । असार १ मा बाढीले ध्वस्त मेलम्ची आयोजनाको मुहानक्षेत्रको संरचना चिनिया ठेकेदार कम्पनी सिनो हाइड्राले नेपाली सेनामार्फत ‘फास्ट ट्रयाक’मा पुनर्निर्माण र मर्मतसंम्भार गर्दै थियो ।
मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुव“रकाअनुसार शुक्रवार दिनभर रोकिएको मुहानस्थलको काम शनिवार बिहानबाट थालिएको छ । आयोजनाको मर्मतकार्य ७५ प्रतिशत सम्पन्न भैसक्दा समेत सरकारले भुक्तानी नदिएको भन्दै सिनो हाइड्रोले काम बन्द गरेको थियो । ‘कम्पनीलाई माथिल्लो र तल्लो तहबाट केही प्रतिबद्धता र छलफल भएपछि शनिवार सिनो हाइड्रो आफ्नो कामलाई पुन थालेको छ, भुक्तानी दिने समयनिश्चित र महत्वपूर्ण छलफल भएको छ,’कुव“रले भन्नुभयो । मेलम्ची आ...
