सम्पर्क

ब्रेकिङ न्युज १

सि डिभिजन लिक छनौट फूटबल प्रतियोगिताका खेलाडीलाई विदाई

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र उपमेयर सीता थापाले संयुक्तरुपमा खेलाडीहरुलाई शुभकामनासहित विदाई गर्नु भएको छ । दोस्रो पटक सि डिभिजन लिक छनौट फुटबल प्रतियोगितामा सहभागि हुने चौतारा स्पोर्टिङ क्लबका खेलाडीहरुलाई मेयर सापकोटा र उपमेयर थापाले खादा आढाएर विदाई गर्नु भएको हो । सो अवसरमा मेयर सापकोटाले खेल क्षेत्रको विकासका लागि नगरले लगानी बढाउनका साथै खेलाडी प्रोत्साहनका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । गौरव गर्न लायक खेलाडी जन्माउन नगरपालिकाले वातावरण निर्माण गरिने पनि उहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले नगरपालिकाले खेलकूद र खेलाडीलाई नगर गौरवको रुपमा लिनु पर्ने बताउनु भयो । भौतिक पूर्वाधारको विकासलाई मात्र नभई खेलकूद लगायतको विकासलाई पनि नगर गौरवको रुपमा लिएर योजना बनाउन अध्यक...

राससका कार्यकारी सम्पादक बस्नेत सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ । सम्पादक बस्नेत विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय प्रेस क्लब, नेपालको ३८औँ वार्षिकोत्सवको अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्पादक बस्नेतसहित विभिन्न क्षेत्रमा योगदान गर्नुहुने ४२ जनालाई सम्मान गर्नुभयो । सम्मानित हुनेमा पूर्वमन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले, गायक तथा सञ्चारकर्मी कृष्ण कँडेल, समाजसेवीद्वय पदम उप्रेती र लोकबहादुर टण्डन, सामाजिक अभियान्ता रामशरण न्यौपाने, व्यावसायीद्वय इ विनोद ढकाल र बेदुप्रसाद पाण्डे हुनुहुन्छ । सम्मानित व्यक्तित्व समाजसेवी उप्रेतीले मुलुकको व्यवस्था बदलिए पनि अवस्था जस्ताको जस्तै रहेको बताउँदै आर्थिक, सामाजिक विकाससँगै सुलुकको समग्र विकासको निम्ति सरकार, राजनीत...

बागमती प्रदेश प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०७९ लागु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
बागमती प्रदेश प्रहरीको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बुधबार एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट उपस्थित मातहत कार्यालय प्रमुख समेतको उपस्थितिमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यबाट उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो । यस वर्षको चाडपर्व शुरु भइसकेको अवस्थामा चाडपर्वको समयमा हुने अपराधीक गतिविधिहरुलाई न्युनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने बातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी आजबाट लागु गरिएको हो ।   चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तराष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सिमा नाकामा तालिम प्राप्त प्रहरी कुकुर ...

मिडिया काउन्सिल बिधेयकका सम्बन्धमा भन्नैपर्ने केही कुरा

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार
डा. केशव देवकोटा नेकां र माओवादी केन्द्रसहितको बर्तमान सरकारले आगामी मंसिर चारगतेका लागि आफैले निर्वाचनको मिति घोषणा गरेर आफूलाई काम चलाउ बनाइसकेको अवस्थामा देशलाई दीर्घकालीनरुपले असर गर्ने ऐन कानून बनाउन र बिभिन्न निर्णयहरुगर्न सक्रिय रहेको देखिएको छ । जसले जनमानस र राजनीतिक क्षेत्रमासमेत राम्रो सन्देश दिइरहेको छैन । यो लोकतन्त्रको विश्वब्यापि मूल्य, मान्यता र आदर्श बिपरितको कुरा हो । सरकारमा बस्नेहरुले आफ्ना काम, कर्तब्य र अधिकारहरुलाई नजरअन्दाज गरेपनि अरुले त्यसप्रति ध्यान केन्द्रित गरिरहेका छन् । जसको फैसला आगामी चुनावमा नेपाली जनताले गर्ने कुरा हुन्छ । बर्तमान सरकारले चालेकामध्येको पछिल्लो कदम मिडिया काउन्सिल बिधेयक संसदबाट पारित गराउने कुरा रहेको छ । नेपालको संविधान २०७२ ले प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ प्रत्याभूत गरेकाले जुनसुकै नाम दिएर प्रेससँग सम्बन्धित ऐन कानून र संघसं...

राष्ट्रपतिको कदम पछी अदालत या राजपत्रमा सुचना?

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सत्तामा रहेको चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै त्यसको बिरोध गरेका छन। सत्तागठबन्धन अब के गर्ने भन्ने छलफलमा छ । बिहान बसेको बालुवाटारको बैठकबाट गठबन्धनका चार दलले राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेर विज्ञप्ति समेत जारी गरेको छ ।राष्ट्रपतिले संविधानले तोकेको सीमाभित्र विधेयक प्रमाणीकरण नगरेपछि स्वतःप्रमाणीकरण भएको मानिने भएकाले राजपत्रमा विधेयक प्रकाशित गर्ने वा संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने बिषयमा छलफल भएको भएता पनी यसै गर्ने भन्ने निस्कर्षमा नपुगेको बेठकमा सहभागी एक नेताले बताउँनु भएको छ । यसका लागी कानुनविद्हरुलाई अपराह्न ३ बजे बालुवाटारमा बोलाइएको छ भने त्यस पछी मात्र यसको टुगाें लाग्ने देखीन्छ ।    ...

दोस्रो पटक पनि प्रमाणिकरण भएन नागरिकता विधेयक

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणिकरण हुन सकेन । सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणिकरणका लागि पठाउनुभएको थियो । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणिकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि आज राति १२ बजे समाप्त भएको छ । मङ्गलबार राति १२ बजेसम्म उक्त विधेयक प्रमाणिकरण नभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो । नेपालको संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रमाणिकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ । यसअघि दुबै सदनले पहिलो पटक गत साउन १६ गते उक्त विधेयक पारित गरी राष्ट्रपति भण्डारीस...

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्टीयसमाचारसमिती काठमाण्डौ.प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको छ । आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गर्नुभएको हो । “प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभयो”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । सो अवसरमा प्रधानमन्त्...

युवासंघका उपाध्यक्ष सहीत दर्जनौ नेता काँग्रेसमा प्रबेस मोहन बस्नेत द्धारा स्वागत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्लाको नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य एवं युवा संघ जिल्ला कमिटी उपाध्यक्ष बिनोदलामाजिल्ला जन संस्कृति महासंघ उपाध्यक्ष एवं अनेमा संघ जिल्ला महिला सदस्य गायक कलाकार डोल्मा लामा सहीत दर्जनौ नेताहरु नेपाली काँग्रेसमा प्रबेश गरेको समाचार प्राप्त भएको छ। हामीलाइ प्राप्त समाचार अनुसार लामो समय देखि नेकपा एमालेमा रहेर संगठन निर्माणका लागि सकृय रूपमा नेतृत्वदायी भुमिका निर्वाह गरेर पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएका व्यक्तित्वहरु नेकपा एमाले, माओवादी र राप्रपा पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गर्नू भएको हो । नव प्रबेशीहरुलाइ नेपाली कााग्रेसका केन्द्रयि सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले टिका र खादा लगाएर प्रबेश गराउँनु भएको थियो । यसरी प्रबेश गर्नेहरुमा विनोद लामा जुगल ७ नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य एवं युवा संघ ...

उज्यालो को अध्यक्षतामा राम कार्की

ब्रेकिङ न्युज १, समाचार
  सिन्धु पाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको उज्यालो बचत तथा ऋणसहकारी संस्था लि.को १४ औं बार्षिक साधारण सभा रामबहादुर कार्कीको अध्यक्षतामा नँया कार्य समिती निर्बाचित गर्दै सम्पन्न भएको छ । निर्बचित पदाधिकारीहरुमा अध्यक्षमा राम वहादुर कार्की ,उपाध्यक्षमा टंक कार्की र कोषाध्यक्षमा ललित राना सर्वसम्मत निर्बाचत हुनु भएको छ । यसै गरी सचिबमा चन्द्र बहादुर खत्री,सदस्यहरुमा शारदा पुरी ,मिन प्रसाद ढुगांना,पितम कुँबर,लोक बहादुर कार्की ,तारादेबी खत्री,अम्बर घले र हरीकुमार श्रेष्ठ,निर्बाचित हुनु भएको छ । एक सचिब पदमा दुइजना र ७सदस्य पदमा १६जना शेयर सदस्यले चाहाना राखे पछी निर्बाचन भएको थियो । निर्बाचनमा सचिब सञ्जबि तामागंले४२६ मत ल्याउँदा चन्द्र बहादुर खत्रीले ६२३मत ल्याइ सचिब पदमा बिजय हुनु भएको थियो भने ,सदस्यहरुमा मिन प्रसाद ढुगांना४८३ शारदा पुरी ४७८, हरीकुमा...

थुप्रै समस्या र चुनौतीका बीच यो प्रतिनिधिसभाको कार्यकाल गौरवपूर्ण रह्यो :सभामुखसापकोटा

अन्तर्वाता, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई/दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ । सुरुआती दिनमा भन्दा पनि पछिल्ला दिनमा प्रतिनिधिसभाले जनपक्षीय काम गरेको चर्चा भइरहेको छ । बजेट अधिवेशनमा नै ३० वटा विधेयक पारित भएको छ । यसैक्रममा चिनियाँ जनकंग्रेसका अध्यक्षको नेपाल भ्रमणसमेत सम्पन्न भएको छ । ऐतिहासिक राष्ट्रिय एकता कायम गरेर संविधान संशोधनमार्फत सोही सदनले नेपालको चुच्चे नक्सा जारी गरेको छ । प्रतिनिधिसभाको पछिल्लो कार्यकाल, यसले निर्वाह गरेको भूमिका तथा सङ्घीय सदनको नेतृत्वका हिसाबले निर्वाह गरेको भूमिकालगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाताद्वय रमेश लम्साल र अशोक घिमिरेले गरेको अन्तरर्वार्ताको सम्पादित अंश : नेपालको संविधान जारी भएपछि गठन भएको प्रति...