डढेलोले वन सखाप
\सुख्खा मौसमको सुरुवातसँगै सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोका कारण नष्ट भएको छ ।
जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर –५ को सोपडाडा सामुदायिक बनको ७ हेक्टर, वडा नम्बर –६ को सिता माहादेब सामुदायिक बनको ११ हेक्टर, वडा नम्बर –७ को सिद्धी गणेश सामुदायिक वनको २५ हेक्टर , वडा नम्बर –७ बाजबिसौना मुनि सामुदायिक बनको ३१ हेक्टर जङ्गल डढेलोले सखाप भएका छन् । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका –६ मा रहेको भिरकुना सामुदायिक बनमा ५ हेक्टर , पिपलडाँडा सामुदायिक वनमा २० हेक्टर , वडा नम्बर – १३ को श्रीछाप सामुदायिक बनको १७ हेक्टर जङ्गलमा डढेलो लागेको छ ।
जिल्लाकै सुनकोशी गाउँपालिका वडा नम्बर –३ मा रहेको उखुबारी झिंगेटार कल्लेरी सामुदायिक बनको १५ हेक्टर, वडा नम्बर – ६ को गोल्मे सामुदायिक बनको ३५ हेक्टर, वडा नम्बर –३ को थुम्कीपाखा सामुदायिक बनको ७ हेक्टर जङगल डढे...
