सम्पर्क

ब्रेकिङ न्युज १

भुकम्प पिडीतलाई मेलम्चीनगरद्धारा २०लाख र कर्मचारीद्धारा तलब सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने निर्णय भए पछी सिन्धुपाल्चोक जिल्लाको १२ पालिका मध्य सबै भन्दा धेरै सहयोग गर्ने नगरपालिका बनेको छ । मेलम्ची नगरपालिकाका प्रमु्ख आइतमान तामाङले यस अघी पनी बाढी पहीरो पिडत भएको हेलम्बु गाँउपालिका र पाँचपोखरी थाम्पाल गाँउपालिकालाइ आर्थीक सहयोग गर्नु भएको थियो । मेलम्ची नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार राती गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने भएको मेलम्ची नगरपालिकाका प्रेस संयोजक युबराज पुरीले जानकारी दिनु भयो । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत को ३ दिनको तलब अधिकृत स्तरका कर्मचारी हरुको २ दिन को तलब र अन्य सहायक स्तर कर्मचारी हरुको १ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको मेलम्ची नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृ...

मन्त्री दुलालका सुरक्षा अधिकारी मृतअवस्थामा फेला

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका सुरक्षा अधिकारी मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई हेटौँडा–११ स्थित सहिद स्मारक नजिक पेटीको पासो लगाइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । धादिङ खानीखोला इलाका प्रहरी कार्यालयमा दरबन्दी रहेर हाल मन्त्री दुलालको सुरक्षागार्डका रुपमा काम गर्दै आएका सुवेदी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । सुवेदीलाई ‘मर्निङवाकमा’ जानेहरुले रुखको फेदमा बसेको र घाँटीमा कम्मरमा बाँधिने पेटीले पासो लगाएको अवस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रासस...

मन्त्री दुलालको पहलमागौराती दारेगौडामासुरक्षित बार

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
यस बर्षको गौराती मेला भर्न जाने हरुका लागी दारेगौडा भिरको त्रास नहुने भएको छ । गत स्थानिय तहको निर्वाचनको मतगणना जारी रहदा यहि स्थान बाट मोटरसाइकल दुर्घटना भएको सबैलाइ सर्वबितितै छ केहि महिना अगाडि मात्र पनि सोहि स्थानमा अटो दुर्घटना भएको थियो सो समयमा मानविय क्षति भने भएको थिएन । बढ्दो भिड सँगै दुर्घटना हुन थालेको जोखिमपुर्ण रहेको दारेगौडा भिरको बाटोमा गौरतिका युवाहरुले बागमती प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री युबराज दुलाल लाई दुर्घटना रोकथामका लागी अनुरोध गर्दा, उहा ले गौरती मेला अघि नै त्यस क्षेत्रमा घेरोबारको कार्य गर्ने प्रबिद्धता जनाउँनु भएको थियो । सोहि अनुसार नै क्बाभतथ वार हाल्ने कार्य भएको छ ।सिन्धुपाल्चोक जिल्लाको प्रख्यात गौरतीभीमेश्वर मन्दिरको मेला ११ गते लाग्ने भएको छ। चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मे...

प्रेस काउन्सिल नेपाल द्धारा जथाभाबी समचार नलेख्न अनुरोध

ब्रेकिङ न्युज १, विचार, समाचार
प्रेस काउन्सिल नेपालले गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका बीभत्स तस्बिरसहितका अतिरञ्जित सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ ।शनिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले केही युट्युबलगायतका सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यमबाट बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर अतिरञ्जित हुने एवं पीडितलाई थप पीडा पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी, मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न÷नगराउन भनिएको छ ।‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भइ गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत...

भूकम्पको घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, १९ कात्तिक ः मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो । उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो । रासस...

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १९ कात्तिक ः जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो । उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । “कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ”, उहाँले भन्नुभयो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गर्नुभयो । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प ग...

जाजरकोट भूकम्पबारे राससमा उच्चस्तरीय संयन्त्र गठन

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १८ कात्तिक : राष्ट्रिय समाचार समितिले जाजरकोट भूकम्पसँग सम्बन्धित सूचना यथाशक्य छिटो सम्प्रेषण गरी उद्धार र राहतको काममा सघाउ पुर्याउने उद्देश्यले समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गरेको छ । सो संयन्त्रमा प्रमुख समाचारदाता उत्तम सिल्वाल र प्रधानसम्पादक एकराज पाठक हुनुहन्छ । जाजरकोट भूकम्पबारे कुनै पनि व्यक्ति तथा सङ्घसंस्थाले सत्यतथ्य एवं आधिकारिक सूचना सो संयन्त्रलाई उपलब्ध गराउन सक्ने र ती सूचना राससमार्फत पुष्टि गरी यथाशक्य छिटो समाचारका रूपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको छ । भूकम्पले पुर्याएको जनधनको क्षति, उद्धार कार्य, राहत सहयोग तथा पुनःस्थापना, स्वास्थ्योपचार, शान्ति सुव्यवस्थालगायत समग्र व्यवस्थापकीय विषयसँग सम्बन्धित यथार्थ जानकारी चुस्तदुरुस्त एवं छिटो–छरितो ढङ्गबाट सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गराउन संयन्...

सिन्धुपाल्चोकका ३ स्थानिय तहद्वारा भूकम्प पिडितलाई ३५ लाख सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, १८ कात्तिक ः सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बाह्र्बिसे नगर पालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो ।    भूकम्पमा परि अहिलेसम्म १४३ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भुकम्प पिडीतलाइ तत्काल राहत दिन र घाइतेलाए निशुल्क उपचार गर्न निर्देशन दिदै पिडीत क्षेत्रमा जानका लागी निशुल्क बस से...

कांग्रेसद्वारा भूकम्प प्रभावितलाई रु ५० लाख सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, १८ कात्तिक: नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन् । कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दल, संघ–संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ ।...

जाजरकोटभुकम्प मन्त्री बस्नेतद्धारा, उपचारमा जुट्न आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
जाजर कोट भुकम्प घटना प्रती दुख ब्यक्त गर्दै स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले घाईतेहरुको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिङ्गो टिम सक्रिय रहने प्रतिबद्धताका साथ त्यस भेगका स्वास्थ्यकर्मी हरुलाई सुरक्षित तबरले घाईतेहरुको उपचारमा जुट्न निर्देशन गर्नु भएको छ । उँहाले गएराती ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नीच्युडको भुकम्पले जाजरकोट र रुकुमका विभिन्न ठाउँहरुमा धेरै ठूलो जनधनको क्षति भएको खबरले अत्यन्तै मर्माहत भएको छु । उक्त घटनाका मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछु । घाईतेहरुको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिङ्गो टिम सक्रिय रहनेछौं र त्यस भेगका स्वास्थ्यकर्मी हरुलाई सुरक्षित तबरले घाईतेहरुको उपचारमा जुट्न आह्वान गर्दछु । साथै, जाजरकोट, रुकुम लगायत आसपासका ठाउँहरुका पीडित पक्षहरुलाई उच...