बिज्ञापन नियामवली खारेजको माग अस्वीकार
सम्मानित सर्वोच्च अदालतले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० को खारेजीको माग गर्दै परेको रिटमा नियमावलीको संशोधित व्यवस्थाले विज्ञापन एजेन्सीहरुको हकहितमा कुनै प्रतिकुल असर नपु¥याएको भन्दै खारेज गर्न अस्वीकार गरेको बिज्ञापन बोर्डले जनाएको छ । वोर्डका प्रमुख प्रशासकीय अधिकृत एवम प्रबक्ता निशान राज गौतम द्धारा सोमबार जारी बिज्ञेप्तीद्धारा यस्तो जानकारी गराइएको हो । बिज्ञेप्तमा विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका,२०८० मा रहेको सरकारी कोषको प्रयोग गरी खरिद गर्ने संस्थाले खुल्ला रुपमा बोलपत्र वा पूर्व योग्यता वा प्रस्ताव आव्हान गर्दा विद्युतीय खरिद प्रणालीमार्फत मात्र गर्नुपर्ने ब्यवस्थालाई भने सम्मानित सर्वोच्च अदालतले बदर गरेको छ।राष्ट्रिय विज्ञापन संघ, नेपालका तर्फबाट अधिवक्ता सविन पोखरेलले दायर गरेको रिटमा पौष २० गते सुनुवाई गर्दै भएको फैसलाको हालै प्राप्त पुर्ण पाठम...
