सम्पर्क

Author: लोकप्रिय समाचार

प्रथम सचिव सुवेदीलाई जनजाति महासंघद्वारा सम्मान तथा बिदाइ

प्रथम सचिव सुवेदीलाई जनजाति महासंघद्वारा सम्मान तथा बिदाइ

बिदेश, समाचार
दर्शन सुनार / लोकप्रिय दैनिक, कतार नेपाल आदिवासी जनजाति महासंघ कतारले नेपाली राज दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य रूपमा “सम्मान तथा बिदाइ” कार्यक्रम गरेको छ । कतारको नेपाली दूतावासमा कार्यरत सचिव आफ्नो कार्यकाल सकेर मातृभूमी फर्कन लागेको अवसरमा नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध सम्पूर्ण मातृसंस्थाहरुले संयुक्त रूपमा सुवेदीलाई बिदाइ कार्यक्रम सम्पन्न गरिएको हो । महासंघका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्व तथा सचिव कृष्ण कुमार सुवेदीकै प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महासंघ र सम्पूर्ण मातृंसंस्थाहरुले दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्र सहित सुवेदीलाई सम्मान तथा बिदाइ गरिएको थियो । सम्मान पश्चात् आफ्नो मन्तव्य बोल्दै सुवेदीले आदिवासी जनजातिहरूले हाम्रो देशको भेष भूषा,रीतिरिवाज चालचलन र हाम्रो धर्म संस्कृतिलाई जोगाई राखेको बताउनु भयो । उहाँले नेपालका आदिवासीह...
बाढीको क्षेती सार्वजनिक हराएका मध्य असइको शब फेला प्रशासनद्धारा सतर्क रहन अनुरोध

बाढीको क्षेती सार्वजनिक हराएका मध्य असइको शब फेला प्रशासनद्धारा सतर्क रहन अनुरोध

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
गए रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । बेपत्ता मध्ये नेपाल प्रहरीका तीन जनामा प्रहरी साहयक निरिक्षक असइ लालबहादुर श्रेष्ठको शब चितजनको १५पकलो नजीकै फेला परेको जनाइएको छ भने अरुको खोजी कार्य जारी रहेको छ । , सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले अधिकारीले जानकारी दिनुभयो । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ । यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रक...
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौैँ, २४ असारः रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये नौ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन प्रहरी र छ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गापा–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गापा–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नपा–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् । बाढीमा परी छ जना चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरु सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्...
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ब्रेकिङ न्युज २, समाचार
नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए । अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ । रासस...
भिषण बर्षासँगैको बाढीले रसुवागढी नाकाको पुल लगायत ठूलो धनजनको क्षेती

भिषण बर्षासँगैको बाढीले रसुवागढी नाकाको पुल लगायत ठूलो धनजनको क्षेती

ब्रेकिङ न्युज १, समाचार
हिरा खड्का/सिन्धुपाल्चोक तिब्बत तर्फ भारी बर्षाका कारणले रसुवागढी नाका हुँदै बग्ने भोटेकोशी नदीमा एक्कासी बाढी आउँदा टिमुरेमा रहेको चिन जोड्ने पक्कि पुल बगाएको छ । सोमबार राति लेदोसहितको ठुलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको प्रतिनिधि सभाका सांसद मोहन आर्चायले जानकारी दिनुभयो । बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । भन्सारमा यार्ड र आसपासमा राखिएको सयौंको संख्यामा माल बाहक गाडी, ईभी गाडी र ठुलो धनजनको क्षेती भएको प्रारम्भिक रिपार्ट छ ।  ...
डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

#, कृषि, ब्रेकिङ न्युज १, राजनिती, समाचार
जलेश्वर (महोत्तरी), २४ असारः जिल्लास्थित डिभिजन वन कार्यालय जलेश्वरले करिब नौ लाख ४० बिरुवा वितरण गर्ने भएको छ । कार्यालयका प्रमुख अजयकुमार मिश्रका अनुसार जिल्लामा ‘हरियाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नौ लाख ४० हजार बिरुवा वितरण गर्न लागिएको हो । उहाँले जिल्लाका १५ वटा पालिकाका किसान र इच्छुक सङ्घसंस्था, स्कुल, कलेज, प्रहरी, आर्मी तथा कृषि वन र निजी वनका लागि बिरुवा वितरण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि कार्यालयले इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई पायक पर्नेगरी विभिन्न २० स्थानमा बिरुवा उत्पादन गरिरहेको छ । कार्यालयले जिल्लाको सदरमुकाम जलेश्वरस्थित डिभिजन वन कार्यालय र वडा नं १ स्थित जलेश्वर बजार, गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ, वडा नं ८ खाल्टे बजार, भङ्गाहा नगरपालिका–४ थारुटोल बनरा, बलवा नगरपालिका–४ बलवा बजार, लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा बजार, पिपरा गाउँपालि...
बाह्रविसे नगरपालिकाद्धारा एसईई ग्रेडेडलाई बधाई

बाह्रविसे नगरपालिकाद्धारा एसईई ग्रेडेडलाई बधाई

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिकाले एसईई–२०८१ मा ग्रेडेड अर्थात उत्तिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । यस वर्षको एसइई परिक्षा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको हो । आइतबार बाह्रबिसे नगरपालिकाको उप–प्रमुख मन्जु तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै एसइई परिक्षामा सफल विद्यार्थीहरुलाई शब्दद्धारा स्वागत मन्तव्य राख्नु हुदै विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूमा थप हौसला तथा प्रेरणा जगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख बालकृष्ण बस्नेतले संघर्षले व्यक्तिलाई सफल बनाउछ भन्दै सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त व्यक्त गर्दै असफल विद्यार्थीहरुहरू हतोत्साहित नहुन अनुरोध गर्नुभयो । नगर प्रमुख बस्नेतले नगरपालिकाका सबै बिद्यार्थीहरुलाई निःशुल्क शिक...
चेपाङ समुदायलाई सहयोग पु¥याउने सहयोगी दाताहरुलाई सम्मान

चेपाङ समुदायलाई सहयोग पु¥याउने सहयोगी दाताहरुलाई सम्मान

बिदेश, समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक धादिङ सेवा समाज कतारले चेपाङ समुदायलाई सहयोग पु¥याउने सहयोगी दाताहरूलाई सम्मान गरेको छ । शुक्रवार ग्राण्ड मलमा अवस्थित लालीगुराँस रेस्टुरेन्टको सभा हलमा आयुष घलेको सभापतित्व तथा समाजका प्रमुख सल्लाहकार सोमनाथ कँडेलको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गर्दै “भेटघाट तथा सम्मान” कार्यक्रम सम्पन्न गरेको हो । समाजले जिल्लाका चेपाङ समुदायलाई सहयोग गर्ने उद्देश्यका साथ नयाँ वर्षको पावन अवसर पारेर आयोजना गरेको नेपाली नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई भव्यता साथ सम्पन्न गर्न विभिन्न कोणबाट आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग पु¥याएका कतारमा स्थापित विभिन्न सङ्घ संस्था,सहयोगीदाताहरू,कलाकार तथा पत्रकारहरूलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा ए...
नेपाली नियोगका प्रथम सचिव कृशु क्षेत्रीलाई कतारमा सम्मान सहित बिदाइ 

नेपाली नियोगका प्रथम सचिव कृशु क्षेत्रीलाई कतारमा सम्मान सहित बिदाइ 

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार  नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई सम्मान तथा बिदाइ कार्यक्रम गरिएको छ । कतारको नेपाली राजदूतावासमा कार्यरत सचिव दुई वर्ष ४ महिना आफ्नो कार्यकाल सकेर मातृभूमि फर्कन लागेको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार र कतारमा स्थापित ५६ ओटा संघ संस्थाको संयुक्त रूपमा “सम्मान तथा बिदाइ“ कार्यक्रम सम्पन्न गरिएको हो । एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यमा शुक्रवार गोर्खाली रेस्टुरेन्टको सभा हलमा सम्पूर्ण आयोजक सङ्घ संस्थाहरूले दोसल्ला ओढाएर, सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । सम्मान ग्रहण पश्रांत सुवेदीले आफ्नो मन्तव्य बोल्दै, साढे दुई वर्ष कतार बसाईमा कतारमा स्थापित विभिन्न संघ संस्था नेपाली समाजको एकता र कतारमा रहेका नेपालीहरूको हक हित र समुन्नति ...

चर्चित गायिका शान्ता रानी परियारले गाएको तिज गीत ‘कोई चाहियो’ सार्वजनिक

मनोरन्जन, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक चर्चित लोक तथा दोहोरी गायिका शान्ता रानी परियारले गाएको तिज गीत कोही चाहियो सार्वजनिक भएको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज नजिकिँदै गर्दा विभिन्न खालका गीत सङ्गीतहरू विश्व साङ्गीतिक बजारमा सुन्न अनि हेर्न पाइन्छ । बजारमा सार्वजनिक भएका गीतहरू मध्य कुनै गीत अपेक्षित दर्शक नपाएर गुमनाम नै हुन्छन् भने कुनैले केही घण्टामै लाखौँ दर्शक पाउने गरेका छन् । यसै सन्दर्भमा यति बेला विश्व साङ्गीतिक बजारमा चर्चित लोक तथा दोहोरी गायिका शान्ता रानी परियारले गाएको तिजकै सेरोफेरोलाई समेटेर तयार पारिएको गीत ‘कोई चाहियो’ ले भने उत्साह जनक दर्शक पाएको छ । प्रमोद भुसालको शब्द सङ्गीतलाई कृष्ण बाजुरालीले सङ्गीत समायोजन गर्नुभएको हो । उक्त गीतलाई द म्युजिक इरामा कृष्ण बाजुराली आफैले रेकर्ड, मिक्सिङ, मास्टरिङ पनि गर्नुभएको छ । बाबा इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत...