सरस्वती माविको ५९ औं वार्षिकोत्सव सम्पन्न
कृष्ण ढुंगाना
हेलम्बु गाउँपालिका ४, ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ५९ औ वार्षिकोत्सव सम्पन्न भएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवं प्रदेस सभा सदस्य माननीय युवराज दुलालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सिन्धुपाल्चोक जिल्लाकै पुरानो विद्यालय मध्येको एक मानिने उक्त विद्यालय असार १ पछि आएको बाढीका कारण उच्च जोखिममा समेत रहेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी दुलालले बाढीका कारण जोखिममा रहेको मेलम्ची नदी आसपासका निजी तथा सार्वजनिक सम्पत्तिहरुको संरक्षण र पुनःनिर्माणको लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गरी नेतृत्वदायी भूमिकामा आफू क्रियाशिल रहेको बताउनुभयो । मेलम्ची पुननिर्माण राज्यको दायित्वभित्र रहेकोले सबै तहका सरकार आफ्नो जिम्मेवारीबाट पन्छन नमिल्ने उहाँको भनाइ थियो । साथै उहाँले सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयका सम्...
