मेलम्चीको मर्मतमा तीन निकाय, पानी काठमाडौं आइपुग्न अझै समय लाग्ने
बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मतमा तीन वटा निकाय खटिएका छन् ।
तीन सातायता मेलम्चीको मर्मत मेलम्ची खानेपानी आयोजना, सिँचाइ मन्त्रालय र सडक विभागले गरिरहेका छन् । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार अहिले हेडर्वक्सको काम भइरहेको छ । जहाँ बाढीले ल्याएर थुपारेको थेग्रिनी छ । हेडर्वक्स वरपर ठूलो मात्रामा थेग्रिनी छ । थेग्रिनी सफा गर्ने क्रममा ठूला–ठूला चट्टान फेला परेका छन् । ‘ती चट्टान विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउँदै हटाउने काम भइरहेको छ,’ पन्तले भन्नुभयो , ‘त्यो काम मेलम्ची खानेपानी आयोजना विकास समितिले गरिरहेको छ ।’ पन्तका अनुसार थेग्रिनी दसदेखि पन्ध्र मिटरसम्म छ, सँगै ठूला ढुंगा फेला परिरहेका छन् ।
गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो । बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो । टालिएको मु...
