सम्पर्क

Author: लोकप्रिय समाचार

एकहुल बुँख्याचाहरु !

साहित्य
पूर्णप्रसाद श्रेष्ठ ‘साहस’ जनावरलाई तर्साउँन, वालीनाली जोगाउँन, खेतका गरा र वारीका सुर्काहरुमा किसानहरुले बुँख्याचा उभ्याए झैं, यहाँपनि देखें एकहुल बुँख्याचाहरु ! बोल्दैन बुँख्याचा, तर ब्याख्या गर्छ ! जाडो हुँदैन यसलाई, तर कपडा लगाउँछ । चल्दैन बुँख्याचा, तर चलायामान छ यो ! गधाहरु त डराउँदा हुन् तर बाघ र सिंहहरु सुंघ्ने क्षमता भएकाहरु, कोहि डराउँदैनन् बुँख्याचासँग ! काग गिद्ध र चीलहरुले बुँख्याचा माथि बिष्ट्याएको देखेको छु । हो, हामीले घरालो ठानेकाहरु देशको गोठालो मानेकाहरु सबैजना बुँख्याचा हुन् । सोझा किसान हामी, हाम्रा जमीनमा उभ्याइएका, बुँख्याचा भनी ठड्याइएका, सबैका एकैमतले हाम्रा जमीन बेचिसके ! आफ्नो काम फत्ते गरेपछि, हाम्रै खेतवारी परायको बनाउँदै निस्कँदै छन् एकहुल बुँख्याचाहरु !...

राप्रपा सिन्धुपाल्चोकद्धारा निम्न ब्यक्तिहरुलाई जिम्मेवारी तोकियो

राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोककोे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाको अध्यक्षतामा र केन्द्रीय सदस्य एष्मिन ढुङ्गनाको विशेष उपस्थितिमा चौतारामा बसेको बैठकले शंकर कार्किलाई राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला सँयोजकको जिम्मेवारी दिईएको छ । त्यसैगरी जिल्ला कार्यसमितिको कार्यालयमा सि सि क्यामेरा जोड्नका लागि प्रकाश देउजालाई जिम्मेवारी दिईएको छ । वैठकले जिल्ला कार्यसमिति सदस्यमा ११ जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरुमा दिपेन्द्र थापा, दलबहादुर श्रेष्ठ, फडिन्द्र प्रसाद दाहाल, राजन धिताल, यज्ञेन्द्र सिग्देल, प्रविन तामाङ, देवी लामिछाने, पदम दोर्जे तामाङ, जुना पौडेल र कामी तामाङ रहनुभएको छ । पछिल्लो समय राप्रपा सिन्धुपाल्चोकले जिल्लाभर स्थानिय निर्वाचनलाई ध्यान दियर विविध कार्यक्रम गरिरहेको छ ।...

मेलम्चीका महिलाहरुलाई सहकारी व्यवस्थापन तालिम

बिजनेस
मेलम्ची नगरपालिकाको आयोजनामा भएको सहकारी व्यवस्थापन सम्बन्धी तालिम आइतबार आज सम्पन्न भएको छ । तालिममा महिला सहकारीका ३० जनाको सहभागिता रहेको थियो ।कार्यक्रमको समापन गर्दै नगर प्रमुख डम्बर अर्यालले सहकारीहरु बचत समूहजस्तो मात्र देखिएकाले सहकारीको उद्देश्यअनुसार सञ्चालन गर्नका लागि आग्रह गर्नुभयो । सहकारीहरुले आर्थिक गतिविध गर्दा शेयर सदस्यहरुको जीवनस्तरमा सुधार आउनुपर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा सहकारी शाखाका प्रमुख सोम थोकरदे मेलम्ची नगरपालिकाले सहकारी प्रर्वधनका लागि नगरपालिकाले गर्दै आएको कामका बारेमा जानकारी गराउनुभयो । उहाँले केहि नितिगत समस्या भएमा नगरपालिका आएर आफ्नो समस्या राख्न अनुरोध गर्दै समस्या समाधानका लागि आफुले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक कुवेर निरौलाले तिन खम्बे अर्थनिति अनुसार सरकारले खम्बा मात्र बनाएको सहकारीलाई अगाडि बढाउन उल्लेख्य सहयोग नगरेको...

चालक निदाउँदा आईचर भिरमा खस्यो

ब्रेकिङ न्युज १, समाचार
सन्तोष सिग्देल हेलम्बुबाट काठमाण्डौ जाँदै गरेको बा प्र .०१ – ००६ ख २८६९ नम्बरको आईचर गाडी काठमाण्डौको चाँपाबोटमा दुर्घटना भएको आज बिहान ५ बजे सो आईचर दुर्घटना भएको हो । दुर्घटनामा परि सवारी धनी भोटेचौरका श्रीराम चौलागाई घाईते भएका छन । घाईतेलाई उपचारको लागि काठमाण्डौ लगिएको छ । घाईते भएका चौलागाईको घुँडामा घाउ लागेको र पिसाव बाट रगत आएको चालक श्याम प्रसाद चौलागाईले जानकारी दिनुभयो । गाडी रोडबाट करिव ५० मिटर तल जंगलमा खसेको प्रहरी जवान राम पुकार चौधरीले जानकारी दिनुभयो । प्रहरीका अनुसार गाडी हेलम्बुबाट काठ बोकेर काठमाण्डौ जाँदै गरेको थियो । ’गाडी चलाएको २,३ दिन भयो । २,३ दिन देखि निदाउन पनि पाएको थिएन, गाडी कतीबेला खस्यो पत्तै भएन’, चालक श्याम प्रसाद चौलागाईले भन्नुभयो । ’सवारी धनी श्रीराम चौलागाई र म संगै थियौँ गाडीमा , उहाँलाई चोट लागेछ उहाँ अहिले अस्पतालमा हुनुहुन्छ’, उहाँले भन...

मेलम्ची बाढीको सात महिना– विस्थापित अझै अस्थायी टहरामा

ब्रेकिङ न्युज २, समाचार
गत असार १ गते र साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका घर खेत डुवानमा परे । बाढीको पूर्वसूचना पाउन नसक्दा स्थानीयहरुले धेरै धनकोक्षति व्यहोर्नुपर्यो । अचानक आएको बाढीका कारण स्थानीय विस्थापति हुन पुगेका थिए । खाने अन्न र लत्ताकपडा बाढीसँगै बगे । स्थानीयले आफ्नो घरखेत बाढीले बगाएको टुलुटुलु हेर्नुको विकल्प रहेन । विस्थापित भएकाहरुलाई तत्कालका लागि सामुदायिक भवन तथा विगतमा भुकम्पका लागि बनाइएका अस्थायी टहरामा राखिएको थियो । बाढी आएको सात महिना वित्दा पनि विस्थापितहरु अझै पनि अस्थायी टहरामै बस्न बाध्य रहेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार विस्थापतिहरुलाई पुनःस्र्थापित गराउनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँका अनुसार बाढीका कारण मेलम्ची नगरापलिका र हेलम्बु गाउँपालिकामा गरी पाँचसय बढी घर विस्थापि...

निर्वाचन कार्यालय सिन्धुपाल्चोकद्वारा मतदाता दाबी विरोधका लागि समय अवधि सार्वजनिक

ब्रेकिङ न्युज १, समाचार
विपना तामाङ ( गोले) निर्वाचन कार्यालय सिन्धुपाल्चोकले मतदाता नामावली अद्यावधिक (दाबी विरोध) का लागि समय अवधि सार्वजनिक गरेको छ । निर्वाचन कार्यालय सिन्धुपाल्चोकले आज मतदाता नामावली अद्यावधिक (दाबी विरोध) सम्बन्धी अन्तर्क्रिया कार्यक्रममार्फत जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारी वेधनिधी खनालको अध्यक्षतामा, जिल्लाका राजनितिक दलका प्रतिनिधिहरुको विशिष्ट आतिथ्यतामा, सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारी, गैर सरकारी संस्था सिन्धुपाल्चोकका अध्यक्ष गोविन्दप्रसाद सापकोटा, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सञ्चारकर्मीको  उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम फागुण १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभय...

युक्रेनमा नागरिक पनि अत्याधुनिक हतियारसहित रुसी सेनाको प्रतिकारमा

बिदेश
आज पनि युक्रेनको राजधानी किएभमा भीषण लडाइँ चलिरहेको छ । रुसले आक्रमण सुरु गरेको आक्रमणको तेस्रो दिन आज पनि बमबारी, क्षेप्यास्त्र प्रहारसँगै दोहोरो गोली हानाहान पनि भइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाका बख्तरबन्द गाडीहरु रुसको राजधानी किएभमा चलिरहेका छन् । किएभका मेयरले बेलुका पाँच बजेदेखि बिहान आठ बजेसम्म कर्फ्यु आदेश जारी गर्नुभएको छ । आज युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सडकमा निस्किएर देशवासीलाई लडाइँ नछाड्ने सन्देश दिनुभएको छ भने हजारौँ युक्रेनी नागरिकहरु अत्याधुनिक हतियारसहित सडकमा निस्किएका छन् । युक्रेनले नागरिकहरुलाई पनि रुसी सेनाको प्रतिकार गर्न अत्याधुनिक हतियार दिएको छ । युक्रेनले अहिलेसम्म एक सय ९८ जना युक्रेनी नागरिकको ज्यान गएको जानकारी दिएको बीबीसीले जनाएको छ । यस्तै युक्रेनले रुसका १४ वटा विमान र एक सय दुई वटा ट्याङ्क ध्वस्त बनाएको दाबी गरेको छ । युक्रेनल...

खेलाडी राष्ट्रका गहना हुन, खेल क्षेत्रमा सहयोग गर्न कांग्रेस तयार छ  — सभापती तामाङ

खेलकुद, ब्रेकिङ न्युज २
सन्तोष सिग्देल नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का सभापती आइतमान तामाङले खेलाडी राष्ट्रको गहना भएको बताउनुभएको छ । नेपाल सोतोकान कराँते संघले आयोजना गरेको खेलाडीहरूलाई सम्मान कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । कराँतेको खेलाडी, प्रशिक्षक तथा रेफ्रि समेत रहनुभएका तामाङले खेल क्षेत्रमा सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको समेत बताउनुभयो । ’जहाँ कराँते छ त्यहाँ कांग्रेस छ । मैले खेल बुझेको छु । सबै खेलाडीलाई परेको समस्यामा नेपाली कांग्रेसले साथ दिन्छ ’, तामाङले भन्नुभयो । ’म राजनितिक कर्मी मात्र नभई खेलाडी पनि हुँ , तपाईहरू राम्रो खेल्नुस भविष्य छ । करांतेको सहयोग र संरक्षण गर्न नेपाली कांग्रेस तयार छ साथमा छ’, तामाङले थप्नुभयो । आइतमान तामाङ नेपाल वादोकाई कराँते संघका केन्द्रिय सचिव समेत हुनुहुन्छ । उहाँ जापान कराँते फेडेरेसनका सदस्य समेत हुनुहुन्छ । कार्यक्रममा नेपाल...

‘राजनीतिक विश्वविद्यालयको फोहोर सफा गर्ने अभियान चलाउँछु’

अन्तर्वाता
नेपाली कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन हुन बाँकी छ । जसमध्ये सिन्धुपाल्चोक जिल्ला पनि पर्दछ । पटक पटक रोकिएको जिल्ला अधिवेशनको यहि फागुन २६ र २७ गते हुने भएको छ । केही महिनाअघि मात्रै त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको उपप्राध्यपक पदबाट राजीनामा दिएर १९ वर्षे प्राध्यापन पेशाबाट पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुभएका डा. प्रेमध्वज लामाले सिन्धुपाल्चोक जिल्ला सभापतिको उम्मेद्वार घोषणा गरिसक्नुभएको छ । लामा २०४६ सालदेखि नेपाली कांग्रेसको भातृसंगठनदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । उहाँ कांग्रेसभित्र विचार र सिद्धान्त र समाज परवर्तनको लागि आफूले जिल्ला सभापित पदमा उम्मेद्वारी दिएको तर्क पेश गर्नुहुन्छ । ५३ वर्षीय लामा सिन्धुपाल्चोकमा बौद्धिक तथा युवा पुस्ताबीच लोकप्रिय नेताका रुपमा चिनिनुुहन्छ । लामासँग लोकप्रिय नेत्रज्योती स...

पाँचपोखरी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आजबाट ,जिल्लाका ७ टिम सहभागी

खेलकुद, ब्रेकिङ न्युज १
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना गरेकोे २० ओभरको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुने भएको छ । आज २ खेल सञ्चालन हुनेछ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा ‘जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकोमा सो प्रतियोगितालाई प्रोत्साहन गर्न पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ८ वटै वडामा क्रिकेट खेलकूद सामग्री वितरण गरिएको छ । प्रतियोगितालाई निरन्तरता दिँदै चौथो संस्करणका रु...