सम्पर्क

Author: लोकप्रिय समाचार

सिन्धुपाल्चोकमा देउसी खेल्ने समय राती ९बजे सम्म मात्र

#, जिबनशैली, बिजनेस, समाचार
सिन्धुपाल्चोकमा पनी राती ९बजे भन्दा पछी देउसी खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले आइतबार एक सुचना प्रकाशित गर्दै यस्तो जनाएको हो ,साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ द्धारा जारी सुचनामा तिहार तथा छठ पर्बका अबशरमा जुवातास खेल्ने,मादक पदार्थ सेवन गर्ने पटका पड्काउाने कानुनद्धारा बन्देज कुनै पनी काम गरेमा कडा भन्दा कडा कार्बही गरिने समेत जनाइएको छ ।  ...

काठमाण्डौमा कागहरुको भेला

ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
    ईलामका रमेश दुलालले ‘कागे’ कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पार्नु भएको छ । काग तिहारको अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा काग हरुको भेला गराइ १९औं ‘काग सम्मेलन’ गरिएको हो । ग्रीन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा दुलालले काग बोलाइ जम्मा परेर १९औं काग सम्मेलन गरिएको हो । काग सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने ईलामका रमेश दुलालले ‘कागे’ कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पार्नुभएको थियो । विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसवर्ष पनि काग बोलाएर सम्मेलन गरेको हो ।काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रही आएको ले कागलाइ मिठा मिठा खाने कुरा दिएर आफुले खाने गरिन्छ ।...

सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पु¥याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पु¥याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उहाँले भन्नुभयो, “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।” उहाँले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गर्नुभएको छ । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उहाँले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो । “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेप...

विद्यालय परिषदमा दुलाल

जिबनशैली, समाचार
देबराज सुबेदी ,नेपाल विद्यालय कर्मचारी परिषद सिन्धुपाल्चोकको चौथो जिल्ला अधिवेशन अध्यक्षमा पुन मनोरथ दुलाल चयन हुनुभएको छ । यसैगरी उपाध्क्षमा रोशन भट्टराइ र मधुसुदन न्यौपाने , बरिष्ठ महिला उपाध्क्षमा अम्बिका पराजुली, सचिव अर्जुन भट्टराइ, सह सचिव एलिसा विक, कोषध्यक्षमा सरिता भट्टराइ चयन हुनुभएको छ । मेलम्चीमा सम्पन्न कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष गंगाराम तिवारीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थितहरुले विद्यालय कर्मचारीले उचित तलब र समान ब्यबहार होस भन्ने आफ्नो माग रहेको बताएका छ्न । नेपाल विद्यालय कर्मचारी परिषदका पाँचपोखरी थाङपाल अध्यक्ष कमला धितालले आधापेट खाएरभएपनि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष तिवारीले विद्यालय कर्मचारी परिषद विद्यालय कर्मचारीको माग पुरा गराउन निरन्तर आन्दोलनमा रहेको बताउनुभयो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष प्रदिप श्रेष्ठ, नेपाल शिक्षक महासं...

संविधान संरक्षणका लागी गठबन्धनको आवश्यक ः मोहन बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
संविधान रक्षा संरक्षण र स्थायी बिकासका लागी गठबन्धन आजको आबश्यकता भएको र राज्यको आवश्यकता हेरेर नेपाली काँग्रेसले गठबन्धन गरेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । नेपाली काँग्रेस सँधै जनताको पक्षमा काम गर्दै आएको र नागरिकको समस्या समाधान गर्न काँग्रेसको नेतृत्वको आवश्यक भएकाले गठबन्धन भएको बताउँदै जिल्लाको बिकासका लागी गठबन्धनलाई जिताउँन पर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला २ नं क्षेत्र इन्द्रावती गाँउपालिका ज्यामिरे मानेमा बाम लोकतान्त्रिक ईन्द्रावती गाउँपालिकाद्वारा आयोजित तिहार बिशेष चियापन कार्यक्रमको प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले यस्तो बताउँनु भएको हो । केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बिकासका लागी स्थानीय नागरिकको समस्या समाधानका लागी आफु सँधै खटिरहने बताउँदै गठबन्धनलाई चुनाव जिताएर जिल्ला बिकासमा सहयोग...

सिन्धु नेकाको पाटी सभापती लामा गठबन्धनको कमाण्डर

ब्रेकिङ न्युज २, राजनिती, समाचार
लोकतान्त्रीक बाम गठबन्धन दल सिन्धुपाल्चोक को बैठकले नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापती श्री जंग बहादुर लामा लाई लोकतान्त्रीक वाम गठबन्धन दल सिन्धुपाल्चोक को निर्वाचन परिचालन समितीको संयोजक तोकेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा क्षेत्र नं २का मोहन बहादुर बस्नेत को प्रमुख अतिथ्यतामा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटा ,नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा क्षेत्र नं १का प्रतिनिधी सभाका उम्मेदवार माधब सापकोटा ,नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा २ नं क्षेत्र प्रदेसक बागमती प्रदेसका उम्मेदवार यूवराज दुलाल ,नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य सुवास कर्माचार्य नेपाली कांग्रेस नि वर्तमान केन्द्रीय सदस्य बिष्णु बिक्रम थापानेकपा माओवादी केन्द्र बाग्मती प्रदेश अध्यक्ष तथा क्षेत्र नं १ बागमती प्रदेस सभाका उम्मेदवार सरल स...

मेलम्ची मेयरकप व्याडमिन्टन प्रतियोगिता श्रेष्ठ र सापकोटा बिजयी

खेलकुद, समाचार
  मेलम्चीमा जारी जिल्ला स्तरीय दाश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्र्तगत शुक्रबार मेलम्ची नगरस्तरीय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिनियर तर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडि पहिलो, कुमार सापकोटा र अनिश दुलाल दोश्रो त्यस्तै रुद्र शरण श्रेष्ठ र सुर्दशन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडिले तेस्रो स्थान प्राप्त गरेका छन् ।ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।त्यस्तै जुनियर तर्फ रोशन तिवारी र दिपराज तामाङको जोडि पहिलो ,सन्तोष कोइराला र दिपक दुलाल दोश्रो, प्रकाश श्रेष्ठ र क्रान्ती तामाङ तथा हरिकृष्ण दुलाल र नारायण सापकोटाको जोडि तेश्रो भएको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिनुभयो । प्रतियोगिातमा दुवै तर्फका पहिलो दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाणपत्र पाउने नेप...

विकासको अभिभावक मोहनबादुर बस्नेतभएकोदाबी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धपाल्चोक जिल्लाको विकासको अभिभावक नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबादुर बस्नेत भएको जिल्ला स्थीत काँग्रेस तथा कम्युनिष्टका नेताहरुले बताएका छन । सिन्धुपाल््चोकजिल्लामा सत्ता गठबन्धनका साझा उम्मेदवारहरु उम्मेदवारी मनोनयनपछि कांग्रेस–माओवादीका उम्मेदवाहरु सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक एकैसाथ देखिदै निर्वाचनमा एकसाथ जाने उद्रघोष गरेका छन । गठबन्धनमा आवद्ध दलका चौतारा साँगाचोकगढी नगर समितिले आयोजना गरेको संयूक्त अगुवा कार्यकर्ता भेला मा सहभागी नेपाली काँग्रेस नेकपा माओबादी नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले बस्नेतलाइ अभिभावकीय भुमीका दिदै अगाडी बढ्ने बताएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २का उम्मेदवार बस्नेतको प्रमुख अतिथ्यतामा र नेकपा माओबादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवार माधव सापकोटा (सुव...

नेपाल बार एशोसिएसनको पदाधिकारीद्धारा पदभार ग्रहण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल वार एशोसिएसन जिल्ला अदालत वार इकाइ सिन्धुपाल्चोकका नव निर्बाचित पदाधिकारीहरुद्धारा पदभार ग्रहण गरेका छन । गत असोज २८ गते भएको बारको १७ औ अधिवेशनवाट भुपेन्द्र थिङको अध्यक्षतामा नयां कार्य समिति सर्वसम्मत निर्वाचित भएको थियो । नव निर्वाचित कार्यसमितिका पदाधिकारी हरुलाइ माननिय जिल्ला न्यायधिस विदुर कोइराला द्धारा शुक्रबार सपथ ग्रहण गराउँनु भए सँगै नवनिर्बाचित पदाधिकारीहरुले आआफ्नो पदभार ग्रहण गरेका छन । बारको निर्वाचन संयोजक रोहिणीराज जोशी ले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नु भएको थियो। नवनिर्वाचित कार्यसमिति अध्यक्ष लगायतलाइ जिल्ला अदालत सिन्धुपाल्चोकको तर्फवाट माननिय जिल्ला न्याधिस विदुर कोइराला र श्रेस्तेदार राजेन्द्र वाग्ले ले बधाइ साथमा खादा टिका लगाइ स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रमको सभाध्यक्ष श्री रोहिणीराज जोशीले गर्नुभएको थियो भने कार्यक्रम माननिय जिल्ला न्याधिश विद...

राजनीतिक विकृति विरुद्ध मेरो उम्मेदवारी ः स्वतन्त्र उम्मेदबार खनाल

ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
    दमक । सामाजिक अभियान मार्फत आफ्नो छुटै पहिचान बनाउँनुभएका रेवतीरमण खनालको परिचय यतिबेला फेरीएको छ । खनाल यतिबेला झापा क्षेत्र न. ५ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । राजनीतिक विकृति विरुद्ध आफूले उम्मेदवारी दिएको बताउने खनालको चुनाब चिन्ह भने घण्टाघर रहेको छ । नेपाली राजनीति विकृति बढदै गएकाले त्यसलाई चिर्न आफूले राजनीतिमा होमिएको र स्वतन्त्र उम्मेदवारी दिएको खनालको भनाई छ । लामो समय सञ्चार क्षेत्रमा काम गरेर सामाजिक अभियानमा जोडिनुभएका खनालको झापा क्षेत्र नं ५ मा राम्रो प्रभाब रहेको छ । एमाले अध्यक्ष केपी ओलीसँग उनको चुनाबी भिडन्त हुदैछ । झापा जिल्ला गौरादह नगरपालिकाका बडा ५ का स्थायी बासिन्दा खनालले नेपाल सरकारको अस्थायी जागिरको अनुवभ का साथै शिक्षण पेशामा समेत काम गर्देै रहँदा शिक्षा बाड्नु पर्छ र यो सबैले पाउनु पर्छ भन्ने मान्यता राख्ने खनालले ...