कृषि ज्ञान केन्द्र काभ्रेले मङ्गलबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा सार्वजनिकरण तथा सार्वजनिक सुनुवाई गोष्टि कार्यक्रम गरेको छ ।
जिल्ला सम्मन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा जिसस सभाहलमा भएको कार्यक्रममा ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्क नेपाल, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा चौतारा साँगाचोकगढी नगरपालिकाका उप प्रमुख सीता थापा लगायत सरोकारवालाहरुको विशेष उपस्थिति रहेको थियो । कृषी ज्ञान केन्द्रका प्रमुख तेज प्रसाद दवाडीको सभापतीत्वमा भएको कार्यक्रमको संचालन भने वागवानी बिकास अधिकृत उमेश सनपकोटाले गर्नु भएको थियो ।
स्वागत मन्तब्य राख्दै कृषि ज्ञान केन्द्रका लेखापाल ईश्वर कुमार पाण्डेले सिन्धुपाल्चोक जिल्ला र काभ्रेपलान्चोक जिल्ला कार्य क्षेत्र रहेको ज्ञान केन्द्रले कृषी उत्पादनमा सहयोग गरिरहेको बताउँनु भयो । कार्यक्रममा कृषी अर्थविज्ञ योजना अधिकृत निर्मल पौडेलले आब २०७८÷७९ को प्रगती बिवरण प्रस्तुत गर्दै २११३ जनाले सुविधा लिएको जानकारी दिनु भयो ।
उँहाले व्यवसायिक सीप विकास तथा
क्षमता अभिवृद्धि तालिम (कृषकस्तर)–व्यवसायिक च्याउ खेती तालिम,
आधुनिक मौरीपालन तालिम, कृषि यन्त्र उपकरण मर्मत तालिम, घुम्ती बाली उपचार सिविर, उन्नत बीउ उत्पादन तालिम, पुष्प खेति तालिम,
तरकारी खेती तालिम, प्राङ्गारिक खेति तालिम आदि कार्यक्रम गर्दा कृपक तथा प्राविधिकहरुले विभिन्न विषयको प्राविधिक ज्ञान÷ सिप प्राप्त गरेको साना कृषक लक्षित जिबिकोपार्जन सुधार कार्यक्रम (कृषि विकास कार्यक्रम) थोपा सिंचाइ सहित बाँस÷फलामका प्लाष्टिक टनेलहरु निर्माण भई तरकारी खेती भइरहेको रैथाने बाली बीउ विजन प्रवर्द्धन कार्यक्रम,गर्न सहजता भएको जानकारी दिनु भयो ।
सिन्धुपाल्चोक जिल्लामा मात्र कोदो, लट्टे, फापर, जुनेलो, चिनो, कागुनो जस्ता रैथाने बालीहरुको व्यवसायिक खेती भएको लगाएतका बारेमा जानकारी गराउँनु भएको थियो । कार्यक्रममा ईन्द्रावति गाउपालिकाका अध्यक्ष झम्क नेपाललले सङ्घिय शासन व्यवस्थामा जानू भनेकै तल्लो स्तरका नागरिक कँहा
सरकारी पहँुच पुग्नु हो भन्दै कृषिसँग काम गर्ने सस्था चाँहि काभ्रेमा रहेकोले यसलाई गाउँगाउँमा सम्पर्क कार्यालय राखेर सेवा दिन पर्नै बताउँनु भयो । त्यसका लागि अब पालिकाहरूलाई नै ज्ञान केन्द्रले दिने सुबिधाको माग निबेदन लिने र केन्द्रमा पठाउने व्यवस्था मिलाउन पर्ने र केन्द्रको तर्फबाट दियका तालिम लियकाहरुको नामवलि
पालिकालाई उपलब्ध गराउदा तालिम लिने र दिने दुबैका लागि फाईदा पुग्ने भएकाले यसको व्यवस्था मिलाउन पर्ने आबश्यक रहेको बताउनु भयो । त्रिपुरासुन्दरी गाउँपालिका कम अध्यक्ष भक्तध्वज बोहोराले स्थानिय कृषकको समस्या समधान गर्नका लागि स्थानिय स्तरमा नै गयर समस्या पहिचान गरेर समस्या समधान हुने योजना ल्याउन पर्ने बताउनु भयो ।
कृषि ज्ञान केन्द्रले राखेको कमर्यक्रमका बारेमा स्थानिय सरकालाई जानकारि गराउन सके दोहोरो कार्यक्रम नपर्ने समेत बताउनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले स्थानिय सरकारको नीति तथा कार्यक्रमसँग मेल खाने कार्यक्रमहरु लागू गर्दा सकेसम्म सबैले समन्वय गरेर काम गर्न गर्न पर्ने बताउनु भयो ।
प्रधान मन्त्री कृषी आधुनिकीकरण परयोजना इकाई सिन्धुपाल्चोकका प्रमुख भरत कडेलले सिन्धुपाल्चोक जिल्ला कृषि उत्पादनमा अग्रसर रहदै गएको पाईएको बताउदै स्थानिय कृषकलाई परेको समस्या तत्काल स्थानिय सरकारलाई जानकारि गराएर समस्या समधान गराउन कृषकहरु पनी लागि पर्न पर्ने बताउँनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी बालकृष्ण श्रेष्ठले जिल्लाका कृषकहरुलाई समयमानै विउविजन मल तालिमको व्यवस्था गरेर उत्पादनमुलक काममा आफुहरु सहजीकरण गर्न तैयार रहेको बताउँनुभयो । कार्यक्रमको समापन गर्दै ज्ञान केन्द्रका प्रमुख दवाडीले स्थानिय सरकारसँग सम्मन्वय गरेर काम गर्न ज्ञान केन्द्र
लागि परेको बताउदै प्रदेस सरकारको नीति निर्देशनमा रहेर काम गर्न पर्ने र सरकारको नियमावलि भित्र रहेर काम गर्न आफुहरु लागि परिरहेको बताउनुभयो । उँहाले सिन्धुपाल्चोक जिल्लामा सम्पर्क कार्यालय राख्न चाहेको बताउदै यसका लागि पहल भइरहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी किवी खेती गरिरहनू भएका किसान अर्जुन सापकोटाले स्थानीय सरकारले कृषकहरुलाई आवश्यकता अनुसार सहयोग नगरेकोमा गुनासो गर्नु भएको थियो भने शुशिला नेपालले बाँदर तथा जगंली जनावरको कारण खेती वाली नष्ट भएकाले यस तर्फ सरकाको ध्यान जान पर्नै बताउँनु भएको थियो ।
