बाल अधिकार प्रवद्र्धन प्रदर्शनी सम्पन्न
ठोकर्पा ।
सुनकोशी गाउँपालिका वडा नं। १ र बाघ भैरव माविको संयुक्त आयोजना एवं वडा नं। १ देखि ५ सम्मका ठोकर्पा मावि, जनजागृति मावि, गणेश मावि, भूमेश्वरी मावि, रक्तकाली आवि, कालीदेवी आवि, बालशिक्षा आवि, बेत्रावती आवि समेतको सह आयोजना तथा टुकी संघ सुनकोशी र चाईल्ड फण्ड जापानको सहयोगमा बाल अधिकार प्रवद्र्धन प्रदर्शनीको आयोजना सम्पन्न भएको छ ।
प्रदर्शनीका उपस्थित ९ वटै विद्यालयले शिक्षण सिकाई क्रियाकलापमा प्रयोग गरिने र गर्दै आएका बालमैत्री स्थानीय शैक्षिक सामाग्रीहरु, विद्यालय व्यवस्थापनसँग सम्बन्धित योजना तथा अन्य अभिलेखहरु आ आफ्नो स्टलमा प्रदर्शनका लागि राखेका थिएा । त्यसका साथै सहयोगी संस्था चाईल्ड फण्ड जापान नेपाल कार्यालय र टुकी संघ सुनकोशीको पनि आफ्नै प्रदर्शन स्टल रहेको थियो । सुनकोशी गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि टपिन्द्र तिमल्सिनाले उद्घाटन गर्नु भएको उक्त प्रदर्शनीमा वडा नं १...
