सम्पर्क

Author: लोकप्रिय समाचार

तातोपानीमा स्नान मेला शुरु

ब्रेकिङ न्युज २, समाचार
धार्मिक एवम पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा शुक्रबारदेखि एक महीने स्नानमेला शुरु भएको छ । कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौं स्वदेशी तथा विदेशी भक्तजनहरू पुग्ने तातोपानी धारा संरक्षण समितिले जनाएको छ । धारा ब्यवस्थापन समितिले केही वर्षअघिदेखि भक्तजनहरूलाई स्नान गर्न सजिलो बनाउने उदेश्यले महिला र पुरूषका लागि छुट्टाछुट्टै धाराको ब्यवस्था गरेको छ । महिलाको लागि तीन र पुरूषको लागि चारवटा धाराको ब्यवस्थापन गरिएको संरक्षण समितिका बिष्णु श्रेष्ठले बताउनुभयो । २०४८ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेको कार्यकालमा तातोपानी धारा संरक्षण समिति बनेपछि धाराको मर्मत सम्भार तथा ब्यवस्थापनको काम हुन थालेको श्रेष्ठले बताउनुभयो । चौवालिस डिग्री सेल्सियस तापक्रम रहेको धाराको पानीमा गन्धकको मिश्रण भएकाले चर्मरोग तथा पेटसम्बन्धी रोग निको हुने जनविश्वा...

तिहार शुरु भए सँगै शुभकामना कार्यक्रममा तिब्रता

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
निर्वाचनको मिती नजिकीदै जँदा सिन्धुपाल्चोक जिल्लाको २वटै निर्वाचन क्षेत्रमा बिभिन्न राजनिती दलका नेता तथा कार्यकर्ताहरु ले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेर नागरिकलाइ आफ्नो पक्षमा पार्ने काम भइरहेको छ ।  शुभ दिपावली , नेपाल सम्बत, तथा छठको अबशरमा शुभकामना आदन प्रदान कार्यक्रलाइ तिब्रता दिइरहँदा मेलम्ची नगरपालिकाले जिल्लाका प्रतिस्पर्धी दूइ उम्मेदवार सहीत बिभिन्न राजनिती दल, समाज सेवी बिभिन्न संघ सस्थाहरुलाइ एउटै मञ्चमा राखेर यो कार्यक्रम गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका पुर्ब मन्त्री २ नं क्षेत्र प्रतिनिधी सभाको गठबन्धनका तर्फका उम्मेदवार मोहन बहादुर बस्नेत र नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा पुर्ब मन्त्री २ नं क्षेत्र प्रतिनिधी सभाको एमालेका उम्मेदवार शेर बहादुरतामागं नेकपा समाजबादीका भगवती नेपाल लगाएत नेकपा माओबादी केन्द्रका प्रतिनिधी तथा बिभिन्...

मेलम्ची मेयरकप ब्याडमिन्टनको उपाधी राजन र किसनको जोडि लाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
  देवराज सुवेदी, सिन्धुपाल्चोक, ६कात्तिक दोश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न जिल्ला स्तरीय फाइनल तर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडि पहिलो भएको छ । त्यस्तै चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठको जोडि दोस्रो र चौताराका सुरेन्द्र श्रेष्ठ र सविन श्रेष्ठको जोडि त्यस्तै बलेफिका अजय तामाङ र पूर्णबहादुर थापाको जोडि तेश्रो भएका छन् । प्रतियाृगितामा ४० बर्षमाथिका खुल्ला पुरुष डबल्समा पहिलो हुनेमा कुमार सापकोटा र राजनमान श्रेष्ठ ,दोश्रो हुनेमा नारायणलाल श्रेष्ठ र रविन बोम्जन , तेश्रो हुनेमा चौताराका उपेन्द्र गोले र अमृत श्रेष्ठ चौताराकै अजय पराजुली राकेश थापा रहेका छन् । प्रतियोगितामा पहिलो,दोश्रो र तेश्रो हुनेले क्रमशः ३३ हजार ३३३ ,२२ हजार २२२ र ११ हजार १११ रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको मेलम्ची ब्याडमिन्टन एकेडेमीका स...

सिन्धुपाल्चोकका मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट दिन्छौँ’

जिबनशैली, समाचार
रासस,सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा हुनुहुन्छ । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट उहाँले स्मरण गर्नुभयो । चुनावी रमझमले छोई नसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भन्नुभयो । हालसम्म १२ पटक भोट हालिसक्नुभएका उहाँ गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफुहरुले दुःख पाएको बताउनुहुन्छ । छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ । “यसपाली सबैले सामुहिकरुपमा भोट हाल्ने सल्लाह भएको छ”, ५० वर्षीय तेजबहादुर माझी भन्नुहुन्छ, “छोरानातिका लागि विकास आवश्यक छ ।” साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ । चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भ...

दलित आन्दोलनको अगुवाई गर्ने एकमात्र पार्टी एमाले ःपुर्ब मन्त्री तामाङ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा एमाले स्थायी कमिटी सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङले आईतबार एक कार्यक्रमका बीच सो बिचार ब्यक्त गर्नु भएको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाज सिन्धुपाल्चोकद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एबं सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार सरेश नेपाल,प्रतिनिधि सभा १(ख) प्रदेश सभा उम्मेदवार एमाले युबा नेता होम नारायण श्रेष्ठ ,बागमती प्रदेश कमिटी सचिबालय सदस्य एबं संघीय निर्बाचन क्षेत्र नम्बर २(ख) प्रदेश सभा सदस्यका उम्मेदवार हस्त पण्डित ,एमले बागमति प्रदेश कमिटी सदस्यहरु टासी लामा,राम बहादुर सुनार,जिल्ला कमिटी सचिबालय सदस्य निर्मल बन्जारा,मुक्ति समाजका अगुवाहरु सुनिल मिजार,सुनिता परियार,कमल बि.क.,डिल बहादुर नेपाली लगायतको उपस्थिति रहेको समाजका जिल्ला सचिब धन बहादुर बिश्वकर्माले जानकारी गराउनु भयो । मुक्ति समाज सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष ट...

सिन्धुपाल्चोकमा देउसी खेल्ने समय राती ९बजे सम्म मात्र

#, जिबनशैली, बिजनेस, समाचार
सिन्धुपाल्चोकमा पनी राती ९बजे भन्दा पछी देउसी खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले आइतबार एक सुचना प्रकाशित गर्दै यस्तो जनाएको हो ,साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ द्धारा जारी सुचनामा तिहार तथा छठ पर्बका अबशरमा जुवातास खेल्ने,मादक पदार्थ सेवन गर्ने पटका पड्काउाने कानुनद्धारा बन्देज कुनै पनी काम गरेमा कडा भन्दा कडा कार्बही गरिने समेत जनाइएको छ ।  ...

काठमाण्डौमा कागहरुको भेला

ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
    ईलामका रमेश दुलालले ‘कागे’ कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पार्नु भएको छ । काग तिहारको अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा काग हरुको भेला गराइ १९औं ‘काग सम्मेलन’ गरिएको हो । ग्रीन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा दुलालले काग बोलाइ जम्मा परेर १९औं काग सम्मेलन गरिएको हो । काग सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने ईलामका रमेश दुलालले ‘कागे’ कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पार्नुभएको थियो । विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसवर्ष पनि काग बोलाएर सम्मेलन गरेको हो ।काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रही आएको ले कागलाइ मिठा मिठा खाने कुरा दिएर आफुले खाने गरिन्छ ।...

सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पु¥याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पु¥याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उहाँले भन्नुभयो, “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।” उहाँले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गर्नुभएको छ । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उहाँले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो । “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेप...

विद्यालय परिषदमा दुलाल

जिबनशैली, समाचार
देबराज सुबेदी ,नेपाल विद्यालय कर्मचारी परिषद सिन्धुपाल्चोकको चौथो जिल्ला अधिवेशन अध्यक्षमा पुन मनोरथ दुलाल चयन हुनुभएको छ । यसैगरी उपाध्क्षमा रोशन भट्टराइ र मधुसुदन न्यौपाने , बरिष्ठ महिला उपाध्क्षमा अम्बिका पराजुली, सचिव अर्जुन भट्टराइ, सह सचिव एलिसा विक, कोषध्यक्षमा सरिता भट्टराइ चयन हुनुभएको छ । मेलम्चीमा सम्पन्न कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष गंगाराम तिवारीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थितहरुले विद्यालय कर्मचारीले उचित तलब र समान ब्यबहार होस भन्ने आफ्नो माग रहेको बताएका छ्न । नेपाल विद्यालय कर्मचारी परिषदका पाँचपोखरी थाङपाल अध्यक्ष कमला धितालले आधापेट खाएरभएपनि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष तिवारीले विद्यालय कर्मचारी परिषद विद्यालय कर्मचारीको माग पुरा गराउन निरन्तर आन्दोलनमा रहेको बताउनुभयो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष प्रदिप श्रेष्ठ, नेपाल शिक्षक महासं...

संविधान संरक्षणका लागी गठबन्धनको आवश्यक ः मोहन बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
संविधान रक्षा संरक्षण र स्थायी बिकासका लागी गठबन्धन आजको आबश्यकता भएको र राज्यको आवश्यकता हेरेर नेपाली काँग्रेसले गठबन्धन गरेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । नेपाली काँग्रेस सँधै जनताको पक्षमा काम गर्दै आएको र नागरिकको समस्या समाधान गर्न काँग्रेसको नेतृत्वको आवश्यक भएकाले गठबन्धन भएको बताउँदै जिल्लाको बिकासका लागी गठबन्धनलाई जिताउँन पर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला २ नं क्षेत्र इन्द्रावती गाँउपालिका ज्यामिरे मानेमा बाम लोकतान्त्रिक ईन्द्रावती गाउँपालिकाद्वारा आयोजित तिहार बिशेष चियापन कार्यक्रमको प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले यस्तो बताउँनु भएको हो । केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बिकासका लागी स्थानीय नागरिकको समस्या समाधानका लागी आफु सँधै खटिरहने बताउँदै गठबन्धनलाई चुनाव जिताएर जिल्ला बिकासमा सहयोग...