निर्वाचन कर्मचारीका लागि तालिम सुरु
आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा मकवानपुर जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि आजबाट मतदान सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ ।
जिल्लाका तीन सय ७४ मतदान केन्द्रमा खटिने सात सय २८ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित थप ७२ जनालाई मतदान सञ्चालनसम्बन्धी तालिम दिन लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले आयोजना गरेको दुईदिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइने जनाइएको छ ।
जिल्लाको एक सय ६५ वटा मतदानस्थलमा तीन सय ६४ मतदान केन्द्र रहेका छन् । खटिने सात सय २८ र अरु थप १० प्रतिशत गरी आठ सय जनालाई तालिम दिन सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानका...
