सम्पर्क

Author: लोकप्रिय समाचार

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

ब्रेकिङ न्युज १, समाचार
    दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको निर्णय निम्नानुसार रहेको छ : दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ (सात) वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको तथा उल्लेखित केन्द्रहरुको मतदानमा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा (१), प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) र प्रदेश सभा सदस...

तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
हिराहरि तेक्वान्दो डोजाङ जुनियर खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । शनिबार चौतारामा भएको नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका नोर्गेल शेर्पा, लाक्पा शेर्पा , आर्यन श्रेष्ठ, हरियो निलो पेटिका साइमन तामाङ र निलो पेटि तर्फ रुस्तम घिमिरे डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ कार्यलयका सदस्य तथा समाजसेवी रामबहादुर घले, डोजाङ कार्य समितिका सक्रिय सदस्य सबिन श्रेष्ठ, सिनियर खेलाडीहरु रिजन गौतम, प्रबिन घले र राजन दुलाल, मनिष सापकोटा, दिशान्त घिमिरे, बिजय तामाङ , अनमोल कार्की , निशान ढुङ्गाना र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको ग्रेडिङ डोजाङ्गका सिनियर खेलाडी कालो पेटि मेनुका श्रेष्ठले लिनुभएको थियो...

पूर्वसञ्चारमन्त्री बस्नेतको राजनीतिक जीवनयात्रा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराउनुभएको छ । विसं २०५६ को आमनिर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतलाई यसपटक गठबन्धनका कारण पार्टीले २ नं क्षेत्रबाट टिकट दिएको थियो । २ नं क्षेत्रमा पनि उहाँ भारी मतले विजयी हुनुभएको छ । विकासप्रेमी नेताको छवि बनाउनुभएका बस्नेत विसं २०३४ देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । प्रजातन्त्र पुनःस्थापनाका लागि पटक–पटक गरी उहाँ करिब एक वर्ष जेल बस्नुभएको छ । राजाको प्रत्यक्ष शासनकालमा करिब तीन महिना निर्वासनमा पनि बस्नुभएको छ । करिब दुई दशक कांग्रेसको सिन्धुपाल्चोक सभापति रहनुभएका बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ...

जेष्ठ भित्रै मेलम्ची पुल बन्छ ः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नव निर्वाचित नेपाली काङ्ग्रेसका केनद््रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण गर्ने घोषणा गर्नुभएको छ । उहाँले सिन्धुपाल्चोक जिल्लाको विकास गर्ने जिम्मा आफ्नो लगायत गठबन्धनको काँधमा आएको भन्दै आजैबाट योजना बद्ध रूपमा विकासको काममा खट्ने बताउँनुभयो । आफु भारीमतले बिजय भए पछी चौताराबासीले गरेको स्वागत पछी चौताराबासी मतदातालाइ धन्यबाद दिदै मेलम्ची आउँनु भएका बस्नेतले मेलम्चीमा आयोजित मतदातालाई धन्यवाद तथा बिजय र्यालिलाइ सम्बोधन गर्दै बस्नेतले जनतलाइ विकास भनेको यस्तो रहेछ भएर अनुभुती हुनेगरि काम गर्ने बताउनुभयो । बस्नेतले आफु ले बोलेको कुरा काम गरेर देखाउँने बताउँदै बिकास कसरी गर्ने जिल्लाबासीलाइ कसरी आफ्नो उपस्थिती देखाउँने भन्ने बिषयमा केन्द्रीत रहेरआम नागरिकको समस्या ुमधानमा लाग्ने बताउँनु भयो । क...

सिन्धुपाल्चोमा बस दुर्घटना हुँदा ११ घाइते

ब्रेकिङ न्युज १, समाचार
दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका वडा ५ स्थित उन्नाइस किलोमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बसको ब्रेक फेल भएर बा ३ ख १७९५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ शिव बुढाथोकीले जानकारी दिनुभयो । बसमा सवार ३५ यात्रु मध्ये घाइते भएका ११ यात्रुलाई उद्धार गरेर बलेफी गाउँपालिकाको खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको वुढाथोकीले बताताउनुभयो । उहाँका अनुसार घाइतेको अवस्था आहिले सामान्य रहेको र केही त घर फर्किसकेका छन् । प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ र थप अनुसन्धान भइरहेको छ ।...

लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

ब्रेकिङ न्युज १, समाचार
‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन हुनेछ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीे र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको उपस्थितिमा सेतो रिबन हस्तारण गरी अभियान शुभारम्भ गरिएको छ । सेतो रिबनमा उल्टो ‘ख’ को अर्थ हिंसा नसहने, नगर्ने र विरुद्ध खुलेर बहिष्कार गर्नु हो । सो अवसरमा अध्यक्ष मगरले लैङ्गिक हिंसामा महिला बढी पर्ने हुनाले महिला हिंसा मुक्त हुनुपर्छ भन्नेमा आयोग दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिंसा भएर राहत दिनुभन्दा हिंसा नै हुन नदिनु उत्तम उपाय हो । जुन स्थानीय तहको सहकार्यबाट प्रभावकारी ह...

दुई उद्यमी सम्मानित

ब्रेकिङ न्युज २, समाचार
आठौं उद्योग दिवसको अवसरमा उत्कृष्ट उद्यम गर्ने दुई जना उद्यमी सम्मानित भएका छन् । उद्योग र रोजगारः समृद्धिको आधार भन्ने नाराका साथ मनाइएको उद्योग दिवसको असवरमा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की उद्यमी ङ्याउरीमाया घले र वडा न ८ का जीतवहादुर गिरी उत्कृष्ट उद्यमीको रुपमा सम्मान गरेको छ । देशभरका ७५३ वटै स्थानीय तहमा मनाउन र आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो । स्थानीय तह क्षेत्र भित्रका उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न आग्रह भएको मन्त्रालयले जनाएको घरेलु तथा साना उद्योग सिन्धुपाल्चोक कार्यालयका प्रमुख विश्वनात काफ्लेले बताउनुभयो । उहाँले व्यवसायिक उत्थान, घरेलु तथा साना उद्योग कार्यालयबाट हुने सेवा प्रबाह, उद्यमिहरुको व्यवसायिक...

गठबन्धनले शुक्रबारमतदाताहरुलाइ धन्यबाद दिने

ब्रेकिङ न्युज १, राजनिती, समाचार
बाम लोकतान्त्रीक गठबन्धनले शुक्रबार जिल्लाको बिभीन्न स्थानहरुमा मतदातालाइ धन्यबाद दिने कार्यक्रम राखेको छ । पुर्ब मन्त्री प्रतिनिधी सभा क्षेत्र नं २का नव निर्वाचीित प्रतिनिधी सभा सदस्स्य मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा जिल्लाको सदरमुकाम चौतारा, नवलपुर मेलम्ची र बाह्र्बिसे सम्मका मतदाताहरुलाइ धन्यबाद दिने कार्यक्रम रहेको सुचना प्रकासित गर्दै गठबन्धनले जानकारी दिएको छ ।  ...

६४ बर्ष पछी फर्किएको कांग्रेसको विरासत

राजनिती, समाचार
उखानै छ बाह्र बर्षमा खोलो पनि फर्कन्छ । प्रतिनिधि सभा क्षेत्र न २ मा यो उखान चरितार्थ भएको छ ।    २०१५ सालयता काँग्रेसले निरन्तर पराजय व्यहोर्दैआएको यहाँ यसपटक निर्वाचनमा कांग्रेसले झण्डा फहराउदै जित निकालेको हो । आफ्नो क्षेत्र बदलेर २ मा गठबन्धनबाट उम्मेद्घार बनेका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गर्दा यो संम्भव भएको यसभेगका नेता र मतदाताले बताएका छन् । ‘६४ बर्ष पछी कांग्रेसको खोला फर्केको छ ,’ चौतारासाँगाचोकगढी नगरपालिका ११ का शकंरराज गिरीले भन्नुभयो । आफुले लाइ जिवनभरमा सबै भन्दा धेरै खुशी लागेको उहाँले बताउनु भएको छ । जिल्लाको २ नं क्षेत्रमा नेपाली काग्रेस हुनमा बल्ल आफुलाइ गर्ब लागेको बताउँदै अब यस क्षेत्रका नागरिकहरु सबैले काागे्रस हुनमा गर्ब लागेको बताउनु भयो । हरेक बस्तीमा मोहन बहादुर बस्नेतले कााग्रेसको झण्डा फहराउन प्रेरणा दिनु भएको छ , भन्दै गिरील...

काँग्रेसको बिजय सहीत गठबन्धन अगाडी

ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधी सभा १का प्रदेस सभा क अर्थात १मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसको मसिना खड्काले बिजय हासिल गर्नु भएको छ । यो सँगै प्रदेस सभा १मा गठबन्धनका उम्मेद्वार माधब सापकोटा सुबोध पनी अगाडी लाग्नु भएको छ । यता २ नंम्बर क्षेत्रमा भने मोहन बहादुर बस्नेत धेरै अगाडी जानु भएको छ । गठबन्धनका मसिनाखड्काले एमालेका उम्मेदवार युद्ध विक्रम तामाङलाई आठ सय ३३ मतले पछि पार्दै विजय हासिल गर्नुभयो । तामाङले १३ हजार तिनसय २५ मत प्राप्त गर्नुभयो । त्यस्तै राप्रपाको उम्मेदवार निर्मला श्रेष्ठले एक हजार नौ सय ९१ मत ल्याउनुभयो नेपाल मजदुर किसान पाटीका श्याम लाल शाक्यले १९५मभत ल्याउँनु भएको छ भने जनता समाजबादी पाटीका राजेस लामाले ३६९, तामासालीगं लोकतान्त्रीक पाटीका आशीसलामा तामागंले २८९, नेपालकम्युनिष्ट पाटी मालेका कृष्ण बहादुर तामागंले ७९३,मगाेंल नेशनल अगंनाइजेशन का सोम बहादुर लामाले १५७...