सम्पर्क

Author: लोकप्रिय समाचार

तेर्से मावि ३२औँ वर्षमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका स्थित तेर्से माध्यामिक बिद्यालय तालामाराङको ३२ औँ बार्षिकोत्सब भव्यताका साथ मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कार्यक्रको उद्धघाटन गर्दै अबको ५ बर्ष भित्रमा गुणस्तरीय शिक्षाले मेलम्चीको मुहार फेरीने बताउनु भएको छ । नगरपालिका भित्रका सबै शिक्षक, अभिभावक, तथा बुद्धिजिवीहरु संगको सहकार्यमा गुणस्तरीय शिक्षा संचालनको लागि छिट्टैनै कार्यक्रम तर्जुमा गरीने पनि बताउनु भयो । उहाँले शैक्षिक क्षेत्रमा व्यापक सुधार र बिद्यालय प्रति बालबालिकाको आकर्षण बढाउन दिवा खाजा कार्यक्रमलाई नगरपालिकाको आन्तरीक स्रोतबाट कक्षा ८ सम्म थप गरिएको पनि जानकारी दिनुभयो । बिद्यालय दिवा खाजा कार्यक्रमलाई लाइ प्रभावकारि व्यवस्थापन गर्न नियमित अनुगमन लगायतका कार्यका लागि मेलम्ची नगरपालिका र बिश्व खाद्य सस्था सँग सम्झौता गरीएको पनि बताउनुभयो । गुणस्तरी...

भोटेकोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खेलकुद, समाचार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । बुधबार गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले खेलको उद्घघाट्न गर्नुभएको हो । उद्घघाट्न कार्यक्रममा बोल्दै शेर्पाले खेलकुदले सामाजिक भावनाको बिकाससंगै अनुशासन सिकाउने भएकाले अध्ययनका अक्तिरिक्त बिद्यार्थिलाई खेलकुदमा सक्रिय हुन आबश्यक रहेको बताउँनुभयो । खेलकुदले समाज बदल्न सक्ने भन्दै विद्यालयस्तरबाटै खेल क्षेत्रलाई प्रथामिकतामा राख्ने गाउँपालिकाको योजना रहेको समेत शेर्पाले बताउनुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । बुधबारबाट सुरु भएको खेल २७ गते समापन हुनेछ ।  ...

तेर्से माविमा मेलम्ची र हेलम्बुका विद्यायबीच गणित प्रतियोगिता सम्पन्न

मनोरन्जन, समाचार
कृष्ण ढुङ्गाना मेलम्ची नगरपालिका स्थित तेर्से माध्यमिक विद्यालयले विद्यालयको ३२ औं वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय एसइइ गणित प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा १० मा अध्ययनरत यस वर्षको एसइइ परीक्षामा सहभागि हुने विद्यार्थीहरुका लागि एसइइ तयारी स्वरुप गणित विषयको प्रश्नपत्र समाधान गराउने गरी उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । मेलम्ची र हेलम्बुका गरी १७ विद्यालयबाट ४२ जना विद्यार्थीहरु सहभागी उक्त प्रतियोगितामा श्री तेर्से माध्यमिक विद्यालयबाट अनिता कुमारी शाह ९८ अंकका साथ प्रथम हुन सफल भएकी छिन् भने द्धितीय र तृतीय स्थान पनि सोही विद्यालयबाट क्रमशः रोनिशा देउजा र बिरजीत तामाङले प्राप्त गरेका छन् । त्यस्तै इष्ट पोइन्ट एकेडेमीका दिनेश भारतीले सान्त्वना स्थान प्राप्त गरेका छन् । गणितप्रति आम विद्यार्थीको वितृष्णा बढ्दै गएकोमा यस...

बलेफी राष्ट्रपति रनिङ शिल्डको उपाधि बालशिक्षा माविले उचाल्यो

खेलकुद, समाचार
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नाराका साथ सञ्चालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शील्ड खेलकुद उपाधी बाल शिक्षा माध्यमिक विद्यालयले उचालेको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको आयोजनामा भएको रनिङ शील्ड प्रतियोगितामा बाल शिक्षा माध्यमिक विद्यालयले २८ स्वर्ण ल्याई राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । प्रतियोगितामा आनन्द माध्यमिक विद्यालय ११ स्वर्ण सहित द्वितिय र सरस्वती माविले ४ स्वर्णसहित तृतीय भएको थियो । २ दिने राष्ट्रपति रनिङ प्रतियोगितामा पालिका भित्रका ११ वटा विधालयले सहभागिता जनाएका थिए । मंलबार जिल्लाको क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा समापन भएको हो । सांसद सापकोटाले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्य...

मल अभाव हुँदा चिन्तामा किसान

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ”, इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो पोख्नुभयो । उहाँ जस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान एका छन् । मल नहाली धान उत्पादन नहुने हुनाले किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन् । यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठूलो परिमाणमा युरिया मल आवश्यक छ । किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ । “दिनभरि लाइनमा बस्यो अन्तिममा दुई–चार किलो मात्रै मल पाइन्छ । हामीलाई दुईदेखि चार बोरा मल चाहिएको छ”, इन्द्रावती–११ का उज्जर माझीले भन्नुभयो, “त्यति मल त करेसाबारीको सागलाई ...

मानब बेचबिखन मुद्दाका फरार अपराधि पक्राउ

ब्रेकिङ न्युज २, समाचार
मानब बेचबिखन तथा ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेको छ । सिन्धुपाल्चोक जिल्ला जुगल गाँउपालिका वडा नं. ५ बस्ने २५ वर्र्षीय कविता घिमिरेलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतको २०७२ फागुण १२ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ९ वर्ष २६ दिन कैद, पचास हजार रुपैयाँ (अक्षेरुपी रु.५०,०००÷–) जरिवाना र मिति २०७४ फागुण ९ गतेको फैसलाले थुनुवा÷कैदी भागे भगाएको मुद्दामा ४ वर्ष ६ महिना २४ दिन कैद गरी १३ वर्ष ७ महिना २० दिन कैद र रु.५०,०००÷– जरिवाना भई फरार रहेको घिमिरेलाई ६ वर्ष ११ महिना ११ दिनपछी पक्राउ गरेको जिल्ला प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । चौताराबाट खटिएको प्रहरी टोलिले सोमबार काठमाडांै जडिबुटी स्थितबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा निजको कैद÷जरिवाना असुल उपरका लागि जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले ...

आलेख : ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
जनकपुरधाम, २४ माघ (रासस)जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका ढुङ्गा ढुङ्गामा देवताको बास देख्छन् र प्रकृतिपे्रमीले यहाँका थङ्गाथुङ्गामा स्वर्गको आभाष गर्छन् । तर ‘नजिकको तीर्थ हेला’ भनेजस्तै हामी नेपाली स्वयम्ले भने जानेर वा नजानेर यहाँको अनुपम महिमालाई नजरअन्दाज गरिरहेका हुन्छौँ । यस्तै आभाष भयो नेपालको कालीगण्डकी नदीबाट भारतउत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदा । “कालीगण्डकी नदीको शिलामा भगवान् रामको बालस्वरुप बनाएर उहाँको जन्मभू...

जग्गाको वर्गीकरण छिटो होस् भूमि व्यवस्था मन्त्रालय

ब्रेकिङ न्युज २, समाचार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जग्गाको वर्गीकरण छिटो भएमा विकासको योजनाबद्ध प्रक्रिया र जनताले भोगिरहेका समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । उहाँले भन्नुभयो, “स्थानीय तहले सकेसम्म चाँडो जग्गाको वर्गीकरण गरिदिए भूमिसम्बन्धी आएका धेरै समस्या र गुनासा समाधन हुनेछ, प्राविधिक पक्षमा सहयोग पु¥याउन मातहतका नापी र मालपोत कार्यालयलाई निर्देशन भइसकेको छ ।” भूमिलाई समयमै योजनाबद्ध ढङ्गबाट अघि बनाउन नसकिएका क...

चौसागढी११को सभाबाट२१बुदै निर्णय

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११मा वडा गाँउ सभा भएको छ । २३ गते सोमबार वडा अध्यक्ष रोषन राज गिरीको अध्यक्षतामा बसेको ११नं वडा को प्रथम गाउँ सभा बाट समस्या पहिचान र समाधान का उपाय खोजी एबं दायित्व ग्रहण कार्यक्रमका लागी २१ बुंदे कार्यक्रम समेत पास गरेको छ । वडा अध्यक्ष गिरीका अनुसार सार्बजनिक जग्गा छुट्टाई संरक्षण गर्ने कार्यलाई अभियान कै रुपमा अघि बढाउने , झरेका पात र परेको पानी को संकलन गरि “जल र मल“ को प्रबन्ध गर्ने,सूर्य अस्तहुनु पूर्ब मदिरा बिक्री बन्द गर्ने र बालबालिका लाई सुर्ती जन्य पदार्थ बिक्री नगर्ने,बन्देउलाई खुल्ला दिसापिसाब निषेधित क्षेत्र घोषण गर्ने ,हिउँदका हरेक महिना कम्तीमा एक दिन २ घन्टा अनिवार्य श्रमदान गर्ने, महिना मा एक दिन हरेक टोल बस्तीले आफ्नो अनुकुलतामा टोल बस्ती सफाई कार्य गर्ने, यसरी श्रमदान गरि बिशिस्ठ योगदान गर्ने टोल बस्ती लाई थप ...

काभ्रेमा ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन

ब्रेकिङ न्युज १, समाचार
यहाँको नापी कार्यालयमा सञ्चालन गरिएको ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन बनेको छ । नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेलस्थित नापी कार्यालयले गत चैत २२ देखि डिजिटल प्रविधिको प्रयोग गर्दै ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत डिजिटल नक्सा घरमै बसेर प्राप्त गर्न सकिने छ । तर दश महिनाको अवधिमा २८ जनाले मात्रै उक्त सेवा लिएको कार्यायले जनाएको छ । कार्यालय प्रमुख रामविनय कुमार सिंहले मेरो कित्ता कार्यक्रमबारे नागरिकलाई जानकारी नहुँदा र उनीहरुमा पनि चासो नहुँदा प्रभावहीन देखिएको बताउनुभयो । “कार्यक्रमबारे जिल्लाका नागरिकलाई बुझाउन जरुरी देखियो, यसका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार केही सेवाग्राहीले टेलिफोनमार्फत जानकारी लिने गरेका छन् । “घरबाटै इन्टरनेटको प्रयोग गरेर आफ्नो जग्गाको कित्ताको नक्सा ल...