सम्पर्क

Author: लोकप्रिय समाचार

२ जना फरार अपराधी पक्राउ

समाचार
विभिन्न अपराधमा संग्लन रही फरार रहेका २ जना अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७८ पुस २५ गतेको फैसलाले हातहतियार खरखजाना मुद्दामा २ महिना १० दिन कैद र दश हजार जरिवाना सजाँय भई फरार भएका ईन्द्रावती गाउँपालिका – ८ का ५९ वर्षीय लोक बहादुर तामाङ जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो । त्यसैगरी सिन्धुपाल्चोक जिल्ला अदालतको २०५३ मंसिर २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ महिना ०७ दिन कैद र तिस रुपैँया जरिवाना सजाँय भई फरार रहेका ईन्द्रावती गाउँपालिका – ५ का ५३ वर्षीय एक बहादुर वि.क.लाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार पक्राउ गरी जिल्ला अदालत पेश गरिएकोमा सम्मानित अदालतले लागेको कैद÷जरिवाना सजाय असुल उपरका ला...

नक्कली भूटानी शरणर्थी प्रकरणले निम्तिने तार्किक निष्कर्श

विचार
लोकनारायण सुबेदी देश आज सर्बत्र भयावह र चरम भ्रष्टचार, ठगी र संगठित अपराधको बिगबिगीले आक्रान्त छ । यस्ता गतिबिधिमा राज्यका बिभिन्न उच्च तहमा पदासीन रहेका मन्त्री, सांसद जस्ता राजनीतिकर्मी तथा उच्च कर्मचारीहरुको संलग्नताले यी अपराधहरु निस्फिक्रीरुपमा निर्वाध चलिरहेको प्रष्ट हुन्छ । घटनाक्रमले त्योभन्दा माथिका ओहोदाधारीहरुलाई तान्न सक्ने आकलन र अनुमान पनि भइरहेको छ । त्यसमा पनि पछिल्लो घटना जुन नेपाली नागरिकहरुलाई नक्कली भूटानी शरणार्थी बनाएर पश्चिमा देशमा पठाउने राष्ट्रिय लज्जा र भयंकर ठूलो धोकाको पर्दाफास भएको छ यसलाई देश र जनताप्रतिको ठूलो द्रोह अर्थात राज्य द्रोहको गम्भीर अपराध मानिदै र ठानिदै छ । यसले देशको राज्ययन्त्र अबिश्वसनीय र इज्जत आवरु नरहेको अपरधिक समूहमा परिणत भएको प्रतीत भइरहेको छ । यसले हाम्रो देशको शासन प्रशासन कति खोक्रो र कति गैर जिम्मेवार बन्दै गएको रहेछ भन्ने कुरा पनि प...

फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
वैदेशिक रोजगार कसूर मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार एक अपराधि पक्राउ परेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका –१२ बस्ने ५५ वर्षीय ईन्द्र बहादुर वि.क.लाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले बताउनुभयो । उनलाई वैदेशिक रोजगार न्यायाधीकरणको २०७६ माघ २१ गतेको फैसलाले एक बर्ष पाँच महिना आठ दिन कैद सजाँय तकिएको थियो । आइतबार चौतारा बजारबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई कैद सजाय असुल उपरका जिल्ला कारागार चौतारा चलान गरेको यादवले बताउनुभयो ।...

बागमतीमा ६ मन्त्रीले लिए शपथ

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिनुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिनुभएको छ । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रुपमा रामकृष्ण चित्रकारले शपथ लिनुभएको छ । यसअघि नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भइसक्नुभएको छ । यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचा...

नमुना बन्दै मेलम्ची नगरपालिका

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि हासिल गरेका उपलब्धिका साथै पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । शनिबार मेलम्चीमा पत्रकार सम्मेलन गरी नगर प्रमुख आइतमान तामाङले नगरको उपलब्धि प्रस्तुत गर्नुभएको हो । यसरी एक बर्षे कार्यकालको उपलब्धी साबृजनीक गर्ने सिन्धुपाल्चोक जिल्लाको पहीलो पालिका बनेको छ । एक बर्षे कार्यकाल Final Draftपञ्च बर्षीय कार्यक्रमका बारेमा जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बिशेष गरी आफु निर्बाचित भए पछी सवारी चालक का साथै कार्यलय भित्रका कर्मचारी हरु आफु अनुकुल राख्ने चलन चली आएको भएता पनी मेलम्ची नगरपालिकाले भने पुर्बवत स्थितीमा नै कर्मचारी परिचालन गरिरहेको कारण पनी मेलमची नगरपालिका वित्तीय सुशासन जोखिम मूल्यांकन गुणस्तर परीक्षणमा जिल्लाभित्र प्रथम हुनुका साथै वाग्मती प्रदेशमा दोस्रो र नेपालमा नै टपटेन स्थानमा पर्न सफल भएको बताउँनु भयो । यसअघि नगरप...

मेलम्चीमा अपाङ्गताहरुलाई साबुनका साथै मौरी सहितको घार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
अपाङ्गता भएका ब्यक्तिहरुलाईसीप विकासको लागी डल्लो साबुन बनाउने तालिम मेलम्ची १२ बाहुनेपाटीमा सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्दै नगरप्रमुख आइतमान तामाङले आफ्नो दक्षता र क्षमताको प्रर्दशन गर्न आग्रह गर्नुभयो । उहाँले सकेको काम मिहेनत गरेर गर्न आग्रह गर्दै ब्यबशायीक रुपमा साबनको उत्पादन गरेमा बजार ब्यबस्थापनको जिम्मा नगरपालिकाले लिने बताउनुभयो ।नगर प्रमुख तामाङले नगरपालिकाको कोशेली घर सञ्चालन गरि त्यहाँबाट बजारमा उत्पादन हुने सामाग्रीहरुको बिक्रिवितरण गरिने उल्लेख गर्नुभयो । अपाङ्गता भएका ब्यक्तिहरुको सिप विकासका लागि नगरपालिकाले विभिन्न कार्यत्र,म गरिरहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तालिममा नगरभित्रका अपाङ्गता भएका २९ जना ब्यक्तिहरुको सहभागिता रहेको नगर अपाङ्ग सञ्जालका अध्यक्ष सोम दुलालले जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर १२का वडा अध्यक्ष गणेश तामा...

सिन्धुलीमा कुल जगाउदै कार्की क्षेत्रीहरु

जिबनशैली, समाचार
सिन्धुली,जेठ ६÷हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा सिन्धुली जिल्लामा कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् ।   सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा आयोजित सो जातीको दोश्रो साधरण सभामा सहभागी मौदगल्य गोत्रीय मुडुला कार्कीहरुले आफ्नो कुलको रक्षा गर्न र भाइबन्धुको एकता कायम राख्न कार्कीहरु लाग्नुपर्ने कुरामा जोड दिएका थिए । सो अवसरमा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका केन्द्रीय सदस्य शंकर कार्की,जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की लगाएतले कार्की क्षेत्रीहरुको वलीदानीपुर्ण र पुरुषार्थपुर्ण ईतिहासको कदर गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । सो अवसरमा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर कार्की,जिल्ला अध्यक्ष केदारकुमार कार्की,उपाध्यक्ष जितबहादुर कार्की,सचिव लोकबहादुर कार्की...

सहकारीले दियो शिक्षकहरुलाई तालीम

ब्रेकिङ न्युज १, समाचार
पृथ्वीजंग पाण्डे/पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका –४ पिस्करमा शैक्षिक सामग्री निर्माण कार्यशाला शनिबार सम्पन्न भएको छ । महादेवश्वरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र त्रिपुरासुन्दरी शिक्षा शाखाको समन्वयमा भएको दुई दिने तालिम शुक्रबार बाट सुरु भएको थियो । वडा अध्यक्ष टेकबहादुर गुभाजुले तालीमको उद्घाटन गर्नुभएको थियो भने शिक्षा शाखा प्रमुख शालीकराम घिमिरे लगायत शैक्षिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो । पिस्करभरका सबै विद्यालयका २४ जना शिक्षकहरुले शैक्षिक सामग्री निर्माण कार्यशालामा भाग लिएका थिए । मंगलामाई माबी पिस्करमा भएको कार्यशालामा कक्षा वालबिकास देखि माध्यमिक तह सम्म अध्यापन गराउदा प्रयोग गर्न मिल्ने शैक्षिक सामग्रीको निर्माण गर्न सहजकर्ता नमराज भण्डारी र सुर्य पौडेलले सहजीकरण गर्नुभएको थियो । महादेवश्वरी बचत तथा ऋण सहकारीका पुर्व अध्यक्ष तथा लेखा सुपरिवेक्षक समितिका संयोजक सुर्...

मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको प्रतिबद्धता

ब्रेकिङ न्युज २, समाचार
सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ । दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउन पनि आगामी वर्ष काम सुरु गरिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । हाल हिउँदमा मात्र मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइएको छ । वर्षायाममा पानी बन्द हुने गरेको छ । ठूला आयोजनाको प्राविधिक परीक्षण गरिने राष्ट्रिय सतर्कता केन्द्रबाट ठूला आयोजनाको प्राविधि परीक्षण गराउने व्यवस्था सरकारले नीति तथा कार्यक्रममा गरेको छ । विकास आयोजना समयमा सम्पन्न गरिने राष्टपति पौडेलले बताउनुभयो । आयोजना वर्गीकरण...

चौतारा काँग्रेसले १४वटै वडाहरुमा भेला आयोजना गर्ने

#, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाली काँग्रेस चौतारासाँगाचोकगढी नगर पालिका पार्टीकोे नगरमा निर्बचित वडा अध्यक्ष, वडा पाटी सभापतीहरु,र नगरकार्यसमिततीका पदाधिकारीहरु सहीतको सयुक्त बैठक बसेको छ । शुक्रबार बिपी स्मृती भवन चौतारामा नगर सभापती इन्द्रलोचन धितालको सभापतित्वमा भएको बैठकले पाटी जिल्लाको निर्देशन अनुसार जेष्ठ २० गते भित्र सबै वडाहरुमा कार्यकर्ता भेला गरि सक्ने भएको छ । जस अनुसार वडा नं १,२,३,६ मा जेष्ठ १३गते दिउँसो र वडा नं ३,४र ८मा १३गते बिहान भेला बोलाइएको छ । यसै गरी वडा नं ५मा ७गते दिउँसो, वडा नं ९मा ६गतेयसै गरी वडा नं ७,११,र१४नं वडामा १५ गते बिहान र वडा नं १०र १२मा १५ गते दिउँसो र वडा नं १३ मा २० गते भेला बोलाउँने निर्णय भएको नगर सचिब भगवान खड्काले जानकारी दिनु भयो । बैठकमा पुर्ब जिल्ला पाटी सचिब झलक नेपालले नेपाली काँग्रेसले बिगतका दिन हरुमा पनी अनियमितता र भ्रष्टचार गर्नेलाइ बचाउँने कुनै पनी कदम ...