काठमाडौंको जडिबुटीमा निर्माण भएको पूर्वअरनिको यातायात प्रालिको बसपार्क नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो । काठमाडौं महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने भन्दै अटेर गरे भत्काउने चेतावनी दिएको थियो । अदालतले असोज १४ गतेलाई लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
अदालतले काठमाडौं महानगरलाई आदेशमा भनेको छ, ‘छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पपकालिन अन्तरिम आदेश गरिएको छ ।’
यस्तो छ उच्च अदालतले जारी गरेको आदेश
