कुमार बस्नेत (अधिराज )
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीमा विपद् व्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ ।
भोटेकोशी गाँउपालिकाको आयोजना र युरोपियन युनियनको आर्थिक सहयोगमा पिपुल इन नीड, सेभ द चिल्ड्रेन, स्कट विल्सन नेपाल र आत्मनिर्भर सेवा केन्द्रको संयुक्त साझेदारीमा
संचालित प्रतिबद्ध परियोजनाको सहकार्यमा गत असोज ९ गते देखी १२ गतेसम्म मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य तथा प्रतिकार्य सम्बन्धि कृत्रिम घट्ना अभ्यास कार्यक्रम गरेको थियो ।
गाउँपालिका उपाध्यक्ष दिछेन शेर्पाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विषयगत शाखा प्रमुख लागायत कर्मचारीहरु, विपद व्यवस्थापन शाखा, स्थानीय आपतकालीन कार्य संचालन केन्द्रका कर्मचारी, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि, जिल्ला आपत्कालिन कार्यसंचालन केन्द्रका प्रतिनिधि, बाह्रबिसे नगरपालिकाका उप प्रमुख तथा विपद सम्पर्क व्यक्ति, स्थानीय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, हाइड्रोपावरका प्रतिनिधि, रेडक्रस लगायत विभिन्न आयोजना तथा परियोजनाका प्रतिनिधि, प्रतिबद्ध परियोजना, स्थानीय लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिछेन शेर्पाले यस अभ्यासबाट अवगत भएका राम्रा पक्ष र सुधार गर्नुपर्ने कुराहरुलाई आगामी वर्षको योजनामा समावेश गर्ने लगायत समन्वय र सहकार्यमा थप टेवा पुग्ने हिसाबले उक्त घटना अभ्यास गरिएको बताउनुभयो ।
मानिसहरुमा सतर्कता कसरि अपनाउने, विपदको समयमा गर्न हुने र नहुने कार्यहरुका बारेमा जानकारी दिनुका साथै विपदको समयमा जन प्रतिनिधिहरुले खेल्नुपर्ने भूमिका, विषय क्षेत्रका कर्मचारी, सुरक्षा निकाय, सामुदायिक विपद व्यवस्थापन समिति, रेडक्रस ,युवा क्लब, आमा समुह, स्थानीय लगायत सम्पूर्ण सरोकारवालाहरुले आ–आफ्नो ठाउँमा खेल्नुपर्ने भूमिका बारेमा सहयोग पुग्ने जानकारी दिनुभयो ।
भोटेकोशी गाउँपालिकाले तयार पारेको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना र मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य योजनाको मुल्यांकन गर्न यो अभ्यास कार्यक्रम सञ्चालन गरिएको थियो ।
स्थानीय तहको नियमित सामाजिक सुरक्षा कार्यक्रमलाई विपद्संग सामना गर्न सक्ने गरी अनुकुलन गर्न र विपद् पूर्वकार्य तथा प्रतिकार्यसंग सम्बन्धित गतिबिधिहरुमा सामाजिक सुरक्षा प्रणालीका विद्यमान तथ्यांक तथा स्थापित संयन्त्रहरुको प्रयोग गरी कम लागतमा छिटो र प्रभावकारी ढङ्गले सेवा, राहत तथा विभिन्न प्रतिकार्यहरु गर्न सहयोग पु¥याउने परियोजनाका प्रतिनिधि नबिन श्रेष्ठले बताउनुभयो ।
यस कृत्रिम घट्ना अभ्यास कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष मौसम पूर्वानुमान बुलेटिन, ३ दिने मौसम तथा बाढी पूर्वानुमान बुलेटिनका साथै प्रभावमा आधारित मौसमा पूर्वानुमान बुलेटिनमा केन्द्रित भई त्यसबाट हुनसक्ने जोखिमको आँकलन गरि भोटेकोशी गाउँपालिका – २ को १० किलो र वडा नं ३ को लार्चा समुदायका क्रमशः ११ र २४ घरधुरीहरुलाई घटना हुनुपुर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।
बिपदमा परेकालाई स्थानान्तरण गर्नु पर्दा जग्गा खरिद तथा आवास निर्माण गर्नु परेमा संघको ६०% प्रदेश सरकारको ३०% र भोटेकोशी गाँउपालिकाले १०%को जोखिममा भएका जनताको उद्दार र ब्यवस्थापन गर्ने सुचना प्रविधि तथा विपद ब्यवस्थापन शाखा प्रमुख गंगासागर पौडेलले बताउनु भयो ।
भोटेकोशी गाउँपालिका भौगोलिक हिसाबले पनि खोला, नाला, भिर पहरा भएकोले बाढि पहिरोको अति जोखिम भएकोले पनि ठुलै समस्यामा छौं । जोखिम र विपतकै बिच अति जोखिमको सम्भावना भएको स्थानका स्थानिकै माझ विपतबाट बच्ने उपाए र सामधानको तालिम र कृत्रिम अभ्यास गर्न र गराउन पाउँदा सिक्न र सिकाउन पनि पाएकोमा प्रतिबद्ध परियोजनालाई धन्यवाद र खुसि ब्यक्त गर्दै जोखिम र विपत्तिमा रहेको जनताका लागी आफू जहाँ जानपरे पनि जाने र सँधै जनताको साथमै रहने विपद ब्यवस्थापन शाखा प्रमुख पौडेलल प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
