सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा उपाध्यक्षका आकांक्षी इन्द्र राउत
चैत ९ र १० गते बाह्रबिसेमा हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिबेशनमा पदाधिकारी र सदस्य पदका लागि आकांक्षीहरुले बिभिन्न माध्यमद्धारा आकांक्षा प्रकट गरिरहेका छन् । यस्तै क्रममा नयाँ पुस्तालाई संघको पदाधिकारी र सदस्यमा समेटिनु पर्ने आवाज उठिरहेको छ ।
यस अघिका कार्यसमितिमा नसमेटिएका तर ब्यापार ब्यबसायमा निरन्तर लागेर देश र समाजलाई समृद्ध बनाउने कार्यमा रहेका ब्यापारी ब्यबसायीलाई पदाधिकारी र सदस्य पदमा निर्वाचित गराउनु पर्ने आवाज बुलन्द भईरहेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको आजीजन सदस्य भई संघ र जिल्लाभरका सबै खाले साना, मझौला, ठूला ब्यापारी ब्यबसायी, उद्योगीहरुका पक्षमा काम गर्दे आएका, उत्तरी सीमा नाकाहरुबाट सहजरुपमा आयात–निर्यातका वातावरण तयार हुनु पर्छ भन्ने बारे निरन्तर लाग्दै आएका युवा ब्यबसायी इन्द्र राउतले संघको उपाध्यक्षमा उम्मेदवारी दिने आकाँक्षा ब्यक्त गरेका छन्...
