सम्पर्क

प्रेस युनीयन सिन्धुपाल्चोक द्धारा महासंघलाइ ज्ञापन पत्र

नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले पत्रकार महासंघको सदस्यता प्राप्त गर्नेहरुको टुँगो नलगाउँदासम्म जिल्ला अधिवेशन नगर्न माग गरेको छ ।नयाँ आवेदन दिएका र पुराना सदस्यसमेत सबैको टुँगो लगाएर मात्र महासंघको साधारणसभा गर्न माग गरेको छ । साथै युनियनले महासंघले चालेका हरेक गतिविधिमा सहकार्य गर्न आफू तयार भएपनि सदस्यताको विषय टुँग्याएर साधारणसभा र अधिवेशन गर्न माग गर्दै बुधवार पत्रकार महासंघ जिल्ला शाखामा महासंघका अध्यक्ष जीवन श्रेष्ठसँग भेट गरी प्रेस युनियनका शाखा अध्यक्ष किशोर बुढाथोकी, उपाध्यक्ष कमला पाख्रीन सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।‘(हाल सम्म सिन्धुपाल्चोकले सदस्यता दिएको सदस्यहरुको नाम हेर्न यँहा sindhupalchowkक्लीक गर्नुहोस )
जिल्लामा रहेका सञ्चारमाध्यममा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, पारिश्रमिकको नियमित भुक्तानी, पेशागत सुरक्षा, सामानिक सुरक्षाको ध्यान दिन पनि अनुरोध गर्दछौं’–ज्ञापनपत्रमा भनिएको छ ‘पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको सदस्यता टुंगो नलगाई अधिवेशन सम्बन्धी कुनै पनि गतिविधि अगाडि नबढाउन अनुरोध छ ।’महासंघले गरेको सदस्यता शुद्धिकरण अभियानले अहिले पूणर्ता पाएको छैन । सिन्धुपाल्चोक शाखाको हकमा पुरानो सदस्य को रहने, को नरहने भन्ने अझै अन्योल छ । स्वतन्त्र पत्रकार भन्दा पनी पालीकाका सल्लाहकारहरु , कर्मचारी, व्यपारी,शिक्षक जस्ता पेशामा रहेकाहरुले सदस्यता पाँउने तर वास्तवीक पत्रकारिता गरीरहेकालाइ भागवण्डामा सदस्यता दिने काम भएको जन गुनसो आएको छ । सदस्यता दिदा राजनिती दलका भातृ सङ्गठनलाइ भागवण्डा लगाएर त्यसैका आधारमा सदस्यता वितरण गरिरहेको आरोप लागीरहेको ले यो आरोप असत्य प्रमाणीत गर्न पनी पत्रकार महासघ जिल्ला शाखा सिन्धुपाल्चोकले सक्रीय रााजनीतीक सल्लाहकार, पालिका सल्लाहकार व्यापारी सरकारी कर्मचारी, पालिकाका कर्मचारीहरुको सदस्यताका बिषयमा छानबिन गरेर वास्तवीक पत्रकारिता पेशामा लागेका नियमित पत्रकारिता गरिरहेका लाइ मात्र सदस्यता प्रदान गर्न सके मात्र महासघको औचीत्य कायम रहन्छ प्रेस युनीयनका अध्यक्ष बिशोर बुढाथोकीले बताउँनु भयो ।