शिव पार्वती रथयात्रा भब्य रुपमा सम्पन्न, १०८ फिट अल्लो मुर्ति निर्माण द्रुत गतिमा
काठमाण्डौ
शिवरात्रीको पुर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा बुधबार सम्पन्न भएको छ ।
ललितपुरको बालकुमारी मन्दीरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुश सहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमुर्ती भएको स्थानमा पुगेका थिए । शिवरात्रीको सो अवसरमा १०८ फिट अल्लो मुर्ति भएको मन्दीर परिशरमा विशेष पुँजा–आजा समेत सम्पन्न गरिएको थियो । साथै औपचारिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य भक्तपुर २ नं क्षेत्रका सासंद दुर्लब थापा, विशिष्ट अतिथि प्रदेश सासंद सुरेश श्रेष्ठ, पुर्वराज्यमन्त्री तारामान गुरुङ, अर्का आर्कषक ब्यक्ति अन्र्तराष्ट्रिय गुरु स्वामि श्री १००८ सत्यदेब महाराजको समेत उपस्थीति रहेको थियो । प्रमुख अतिथि दुर्लभ...
