सम्पर्क

दोलालघाटको प्रदुषण तत्काल रोक्न मन्त्री लम्सालको अनुरोध

एकराज श्रेष्ठ/ दोलालघाट
काभ्रेपलाञ्चोकको दोलालघाट आसपास नदिका किनाराहरुमा देखिएका प्रदुषण तत्काल रोक्न पर्ने बागमति प्रदेश श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बताउँनु भएको छ । उहाँले सोमबार दोलालघाट महोत्सवको समापन गर्दै यस्तो बताउँनु भएको हो ।   प्राकृतिक, साँस्कृतिक, कृषि र ब्यापार दोलालघाट पर्यटन बिकासको आधार भन्ने मुल नाराका साथ दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लव, दोलालघाट उद्योग बाणिज्य संघ, समृद्ध दोलालघाट टोल बिकास समिती र बन्देउ दोलालघाट टोल बिकास तथा सुधार समितीको संयुक्त आयोजना सम्पन्न भएको महोत्सवको समापनमा प्रमुख अतिथीका आसनबाट बोल्दै मन्त्री लम्सालले तराईका माछालाई यहिको लोकल माछा भनेर बिक्री गर्नु ठगि गर्नु हो भन्दै यस्तो ब्यावसाय गर्न नहुने बताउँनु भयो ।
उहाँले बर्तमान परिवेशमा दोलालघाटमा पर्यटन आगमन अतिनै खुम्चि सकेको आंकलन गर्दै अव भोलीको दिनको लागी एकता, सेवा संस्कार कायम राखि भुम्लुको पहिलो मुहार जुन पालिकाको केन्द्रबाट उठ्ने बितिकै देखिने पर्यटकको संगम स्थल दोलालघाटको पर्यटन प्रवद्धनको निमित स्वंय स्थानिय जनता नै जागरुक हुनु पर्छ भन्नुभयो । उहाँले दोलालघाट आसपास तथा नदिका किनाराहरुमा देखिएका प्रदुषण, तराइका माछालाई लोकल माछाको प्रतिरुप दिई ठगि ब्यावसाय गरि क्षणिक फाइदा लिने कार्य बन्द गर्नुपर्छ नत्र यसको असर सिंगो पालिकालाई नै पर्न सक्छ तसर्थ यो बिषयमा सबै जनसमुदायमा चेतनाको बिकास हुन आवश्यक देखिन्छ भन्नुभयो । समापन कार्यक्रममा, पालिका प्रमुख प्रेम बहादुर भुजेल, उपप्रमुख जितेन्द्रमान तामाङ बिशेष अतिथी लगायत बिभिन्न सँस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
दोलालघाट महोत्सवमा करिव १५ हजार पर्यटकहरुले महोत्सवको आनन्द लिएको संयोजक अष्ट श्रेष्ठले बताउनु भयो । कार्यक्रमको संचालन दोलालघाट उद्योग बाणिज्य संघका लेखा समितीका संयोजक छविरमण पराजुलिले गर्नुभएको थियो भने समापन कार्यक्रम संचालन क्लवका सचिव विशाल श्रेष्ठले गर्नु भएको थियो । साथै दुवै कार्यक्रमको स्वागत मन्तब्य दोलालघाट उद्योग बाणिज्य संंघका अध्यक्ष सुरेश कुमार कक्षपतिले गर्नुभएको थियो । कार्यक्रम अवधिभर उर्गेन दोङ, बिश्व दोङ, भोजराज काफ्ले, कल्पना दाहाल, राजेश धकाल, राजेन्द्र गिरी लगायन अन्य धेरै कलाकारहरुको गायन, नृत्य तथा अभिनय प्रस्तृति रहेको थियो ।
सँस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रि हितमान तामाङबाट २०८० चैत्र गते २९ समुद्घाटन गरी सुरु भएको दोलालघाट चौथों दोलालघाट महोत्सव सोमबार (बैशाख ३ गते) बागमति प्रदेश श्रम तथा यातायात मन्त्रि लक्ष्मण लम्सालबाट समापन भएको हो ।
उद्घाटनको कार्यक्रममा प्रमुख अतिथी तामाङले दोलालघाटको पर्यटन प्रवद्धनको निमीत मन्त्रालय मार्फत गर्नुपर्ने सहयोग गरि दिने आशवासन दिनुभएको थियो । त्यसैगरि पूर्वमन्त्रि गोकुल बास्कोटाले दोलालघाट अवको १६ बर्ष भित्र जलासाय भैसक्ने छ, सुनकोशी तेस्रो जलबिधुत परियोजना सम्पन्न हुने लगभग तयारी भै सकेको उहाँले बताउनु भएको थियो ।
यस परियोजनालाई लाग्ने कुल लागत एक सय पैतालिस अमेरिकी डलर नेपाली लगभग एक सय पचहत्तर खरव नेपाली रुपैयाँ जुन रुपैयाँ बंगलादेशले लगानी गर्ने छ, यसको लागी बंगलादेश र नेपाल सरकार बिच प्रारम्भिक सहकार्य भै सकेकेको बताउनु भयो । उहाँले यो ताल फेवा ताल भन्दा छ गुना ठुलो हुने हुदा दोलालघाट आसपासका तटिय क्षेत्रहरुका भु–भाग डुबानमा पर्ने हुदाँ गाउँपालिका प्रमुख प्रेम भुजेलले बुनेका पर्यटन प्रवद्धनहरु पलाञ्चोक –दोलालघाट ,दोलालघाट – मुलखर्क भिमसेनथान केवलकार,सल्लेको मानी डांडामा बुद्धपार्क, मुलखर्क भिमसेनथानमा बनाउने पाँच पाण्डवको मुर्ति, मोटर बोट संचालनको निमित निजी लगानी कर्तालाई अनुमति दिएको बताउँनु भयो ।
उहाँले, नेवार, माझी, तामाङ, भुजेल पहरी तथा अन्य जातिय समुदायको संस्कृती जोगाउने प्रयत्न जस्ता बोकेका सपनाहरु मध्य यिनै जलासायको कारण ले केहि सपनाहरु सम्भव नहुने हुदा त्यस तर्फ बिचार पुर्याउनु पर्ने बारेमा ध्यानाकर्षण गराई बाँकी लक्ष्यहरु पुरा होस भन्ने कामना गर्नुभएको थियो । उद्घाटनमा प्रतिनीधी सभाका, प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वयन प्रमख पालिका प्रमुख तथा बिभिन्न संघ सँस्थाका प्रमुखहरुले आतिथ्यता गरेको थियो ।