सम्पर्क

Author: लोकप्रिय समाचार

सामाजिक परिक्षण सम्बन्धी २ दिने तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
 चौतारा । सामाजिक परिक्षण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा आयोजित तालिम आइतबारबाट सुरु भएको हो । तालिममा सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहका स्वस्थ्य प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहताको संस्कृति विकास गर्ने उदेश्यले आयोजित तालिमको मंगलबार सम्पन्न भएको स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो । सामाजिक परिक्षण कार्यान्वयन रणनीति, संस्थागत व्यवस्था र क्षमता विकास , सामाजिक परिक्षणका चरण र विधि लगायतका विविध विषयमा तालिम प्रदान गरिएको थियो । श्री कृष्ण बस्नेत, कृष्णबहादुर गुरुङ,राजु बिक,शोभराज भण्डारी, रामरोशन यादव बिप्लव शाक्य र मनिषा हाडाले प्रशिक्षण गरेको तालिम समापन कार्यक्रममा चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुद्रमणी भण्डारीले तालिमबाट हासिल...

विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छः गृहसचिव अर्याल

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ५ चैतः गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभएको छ । आज नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण भ्रमणका क्रममा उहाँले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवं नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक काम गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरुको समाधानका लागि सबै प्रहरी कर्मचारीहरुको पूर्ण सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउनुहुँदै गृहसचिव अर्यालले भन्नुभयो, “समग्र गृह प्रशासनलाई समसामायिक हिसाबमा रुपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौँ । जनताहरु पनि सन्तुष्ट भएको अवस्था छैन । हाम्रा कार...

एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशन अनलाइन मार्फत प्रतिनिधि व्यवस्थापन गरिने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेकपा एमाले सिन्धुपाल्चोकको चैत १६ देखि १८ सम्म सदरमुकाम चौतारामा हुने १० औ जिल्ला अधिवेशनको तयारी तिव्र गतिमा भइरहेको छ । अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि गठन भएको मुल व्यवस्थापन समिति लगायत अन्य उपसमितिहरुले आफ्नो कामलाई तिव्रता बनाएका छन् । सबैभन्दा महत्वपुर्ण मानिएको प्रतिनिधि छनोटको काम चैत ५ देखि नै जिल्लाका विभिन्न वडामा सुरु भएको र चैत १० गते भित्र प्रतिनिधि छनोट सम्पन्न हुने जिल्ला अध्यक्ष एवम प्रतिनिधि छनोट मुल व्यवस्थापन समितिका संयोजक कमल नेपालले जानकारी दिनु भएको छ । उँहाका अनुसार वडा तहबाट प्रतिनिधि छनोट भएपछि यसबर्षबाट पहिलो पटक पार्टीले अनलाइन मार्फत प्रतिनिधि विवरण भर्ने व्यवस्था गरेको हो । प्रतिनिधि छनोट भएपछि प्रतिनिधि आवेदन फारममा उल्लेख भएको टेलिफोन नम्बरमा लिङक मेसेज आउँछ । लिङक वा क्युआर कोड अन्य माध्यमबाट पनि आउन सक्ने एमालेले जानकारी दिएको छ। । लिङक वा क्य...

अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
म्याग्दी, ५ चैत : कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी बताउनुहुन्छ । “पचास श्यया क्षमता भएपनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ”, म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले छ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले २०७३ मङ्सिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको...

सिपमुलक तालिमका लागि आबेदन फारम खुल्ला

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
प्रदेश युवा परिषद् बागमतीले विभिन्न सिपमुलक तालिमका लागि आबेदन फारम खुल्ला गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती सिन्धुपाल्चोकले विभिन्न किसिमको सिपमुलक तालीमका लागि आवेदन फारम खुल्ला गरेको हो । बेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सृजना गर्न युवाहरुलाई लक्षित गरि आवेदन फारम खुल्ला गरेको प्रदेश युवा स्वयंसेवक रुपक दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार इमेल, इन्टरनेटको पहुँच नपुगेका ठाउँबाट समितिले तोकेको फाराममा आफ्नो व्यक्तिगत विवरण भरी आवश्यक कागजात सहित एक हप्ता भित्र सदरमुकाम चौतारास्थित जिल्ला युवा समिति सिन्धुपाल्चोकको कार्यालयमा फाराम बुझाउनुपर्नेछ । फाराम समितिको कार्यालयबाट पनि उपलब्ध हुनेछ । त्यस्तै अनलाइन फर्म मार्फत आवेदन दिनको लागी https://forms.gle/...

नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रङ्खला यस पटक अगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगहरुको वर्तमान अवस्था  झल्काउनु र उनीहरुको व्यापार प्रवद्र्घन गर्न सहयोग पु-याउने मुख्य उद्देश्यका साथ ‘‘खोजौं नेपाली, रोजौं नेपाली” र “नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’’ भन्ने मूल नाराका साथ मेला आयोजना हुँदैछ ।मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने महासंघका ...

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
गण्डकी, ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा उहाँले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताउनुुभयो । मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गरिनेमा जोड दिनुुभयो । सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र प...

हाम्रो लघुकथा केन्द्रको चौथो वार्षिकोत्सव सम्पन्न

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौँले रोयल इभेन्टस बेङ्क्वेट, तीनकुने काठमाडौँमा संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रममा  केन्द्रले लघुकथा लेखन गर्दै प्रविधिमा लघुकथालाई जोडेर प्रचारप्रसार गर्दै आएका स्रष्टा नारायण तिवारीलाई नगद रुपैयाँ ११,१११÷– (अक्षरेपी एघार हजार एक सय एघार)सहित लघुकथा केन्द्र सम्मान–२०८० बाट सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा  प्रमुख अतिथिले केन्द्रको सम्मानपत्र  र दोसला प्रदान गर्नुभएको थियो भने केन्द्रका अध्यक्ष लता केसीले नगद रकम प्रदान गर्नुभएको थियो । ‘सबै मेरा सपना थिए’ लघुकथा लेखी लघुकथा विधामा प्रवेश गरेका तिवारीका दसैँ खर्च (२०५७) र महँगी, भोक र सार्वभौमसत्ता (२०७०) लघुकथासङ्ग्रह प्रकाशित छन् । उहाँले लघुकथा कुनो फेसबुक पेजमार्फत नेपाली लघुकथाको विकास र विस्तारमा सहयोग पु¥याउनुभएको थियो । केन्द्रद्वारा आयोजित उक्त क...

माने मर्मत गर्ने क्रममा सयौं बर्ष पुरानो बुद्धको मुर्ति फेला

ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज ) सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिका वडा नं. ५ सुनखानी मानेडाँडामा माने मर्मत गर्ने क्रममा सयौं बर्ष पुरानो बुद्धको मुर्ति भेटिएको छ । शुक्रबार उक्त मुर्तिसँगै ओदान, कसौंडी, करूवा, थाल लगाएतको सामन भटिएको मर्मत समितिका अध्यक्ष रामकाजि लामाले बताउनुभयो । ९ सय वर्ष पुरानो लहरे मानेडाँडाको नामले परिचित उक्त माने २०७२ सालको बिनाशकारी भुकम्पले क्षति पुर्याएको थियो । उक्त मानेभित्र बुद्धको मुर्ति, ओदान, कसौंडी लगाएतको सामान छ भन्ने कसैलाई थाहा नभएको स्थानिय बताउछन् । मुर्ति र सामान संरक्षण गरेर माने बनिसके पछि सुरक्षित गरि मानेभित्र नै राख्ने सुनकोशी गाउँपालिका उपाध्यक्ष कान्छि लामाले बताउनु भयो । उपाध्यक्ष लामाको पहलमा माने मर्मत गर्नका लागि गाउँपालिकाबाट गत बर्ष १० लाख बिनियोजित गरि पुरानो मानेलाई वरिपरिबाट वाल लगाएर मर्मत भईरहेको छ ।...

बागमती प्रदेशमा धिमे बाजा प्रतियोगिता हुने

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
  काठमाडौं । नेपालको बहुचर्चित र बिशेष गरी नेवाः समुदायको हरेक जात्रा पर्वमा बजाइने धिमेबाजाको संरक्षण तथा प्रवद्र्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्ने लक्ष्यसहित “बागमती प्रदेश स्तरीये धिमेबाजा प्रतियागिता ११४४” को आयोजना गर्न लागेको शनिवार भक्तपुरको च्वङागणेशस्थित नेवा नःनिमा ले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।केन्द्रीय मानन्धर संघको आयोजनामा भक्तपुर जिल्ला मानन्धर युवासंघको संयोजना तथा काठमाडौं महानगरपालिकाको लागत साझेदारीमा भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा चैत्र २४ गते धिमे बाजा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा बागमती प्रदेश भित्रका खलः, पुचः र संस्थाबाट ५० वटा धिमेबाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवासंघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिनु भयो ।प्रतियागितामा प्रथम हुनेलाई २ वटा धिमे, २ जोर भूस्यासहित नग...