निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिन्धुपाल्चोकको साधारणसभा सम्पन्न
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकको वार्षिक साधारणसभा जिल्लाको सुकुटेमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका उपाध्यक्ष कृष्ण अधिकारीले तलव भन्दा बढी मिहेनत र मिहेनत भन्दा बढी बिश्वास गरेर निजि विद्यालयका शिक्षकहरु काममा खट्ने गरेको दावी गर्नुभयो । उहाँले दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको निजि विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले अहिले पनि उच्च र प्रशंंसनिय कार्य गरिरहेको बताउनुभयो । प्रमुख अतिथि अधिकारीले सरकारले विभिन्न शिर्षकमा निजि विद्यालयलाई विभेद गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले अब सिन्धुपाल्चोकमा मोडल विद्यालय स्थापन गरेर अगाडि बढाउन सुझाव दिदै जिल्लामा देखिएको सहकार्यले आफुलाई खुशी लागेको बताउनुभयो । अबको विद्यार्थी हरुको शिक्षालाई सिप संग र सिपलाई शिक्षा संग जोडेर अगाडी बढ्न...
