सम्पर्क

Author: लोकप्रिय समाचार

डडुवाका कृषकलाई अनुदानमा मकैको बिउँ वितरण

कृषि, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ ले आफ्ना वडाका नागरिकहरुलाई अनुदानमा मकैको बिउ बितरण गरेको छ । वडा कार्यालयले वडाभरीका कुषकहरुलाई प्रति पकेट ३०० का दरले अनुदान दिने गरी रु. दुई लाख रुपैयाँको व्यवस्था गरेको छ । बैशाख २ गते जनहित दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपालले वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा बिउ बितरण गर्नुभएको हो । बिउ बितरणमा सहभागी कृषकहरुलाई सम्बोधन गर्दै वडा अध्यक्ष नेपालले वडामा रहेका कुनै पनी कृषकको जग्गा बाँझैं नरहोस् र स्थानीय स्तरमा उत्पादन हुने रैथाने वालिकाको उत्पादनमा बृद्धि होस र स्थानीय रोजगारलाई प्रोत्साहन होस भन्नका लागी बिउ वितरण गरेको संस्थाका अध्यक्ष नेपालले बताउनुभयो । उत्पादनमा आधारित तरकारीमा अनुदानको ब्यवस्था गरेको र आगामी दिनदेखी वडा कार्यलयले कृषकलाइ प्रोत्साहन हुने खालका काम गर्नका लागी सहयोग...

२०८० पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
२०८०साल नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष भएको नेपाल पत्रकार महासघंले जनाएको छ । महासघका महासचिव रोसन पुरी द्धारा नंया बर्षको अबशरमा जारी शुभकानमान सन्देशमा यस्तो जनाइएको हो । उँहाद्धारा जारी सन्देशमा नयाँ वर्ष विक्रम संवत् २०८१ शुभारम्भ भएको छ । नयाँ वर्ष शुभारम्भको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण पत्रकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सञ्चार क्षेत्रमा क्रियाशील संघसंस्था तथा समग्र नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।अघिल्लो वर्ष २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । समग्र पत्रकारिता क्षेत्रमा विभिन्न खालका चुनौती आइपरेका छन् । विश्वव्यापी रुपमा देखिएको आर्थिक संकट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएका छन् ।नेपाल पत्रकार महासंघमा...

उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सन्जिब दुलाल भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको छ । पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “घरको मुलीले घर सम्हाल्न नसके परिवारका सदस्य छताछुल्ल हुन्छ । देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतिला नभए जनताले दुःख पाउँछन् । विद्यालयका प्राचार्य मेहनती भए शिक्षकहरू पनि मेहनती हुनेछन् ।” नयाँ पुस्तालाई कक्षा १२ उत्तीर्ण लगत्तै विदेश पठाएर देशको भलो नहुने र यस्तै भए यहाँका ज्येष्ठ नागरिकलाई तातोपानी एक गिलास खुवाउने कोही नहुने स्थिति आउनेतर्फ सचेत ग...

महाकुम्भ मेलामा शाहीस्नान

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
धरान (सुनसरी), १ वैशाख : सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ । आज नयाँ वर्षको शुभसाइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाहीस्नान गरिएको हो । जगदगुरु बालसन्त मोहनशरण देवाचार्यसहित साधुसन्तहरूले बराहक्षेत्रस्थित सप्तकोशी नदीमा शाहीस्नान गरेका हुन् । एक महिनासम्म लाग्ने कुम्भमेलामा जम्मा चारवटा स्नान कार्यक्रम राखिएका छन् । यही वैशाख ११, १६ र २६ गते शाहीस्नानका कार्यक्रम राखिएको छ । हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ वराहक्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्तलगायतले शाहीस्नान गरेको जगदगुरु देवाचार्यले बताउनुभयो । धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाहीस्नान भनिन्छ । शुभ मुहुर्तमा शाहीस्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहेको देवाचार्यले बताउनुभयो ।...

भोटसिपामा प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला सम्पन्न

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ९ र १० को सिमानामा पर्ने बुढिचौरमा पहिलो पटक ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला २०८०÷०८१ सम्पन्न भएको छ । “दिगो बिकास र पर्यटन प्रवर्द्वनका लागि उत्सवको बेला, ऐतिहासिक प्रथम बुढिचौर नयाँ बर्ष मेला“ भन्ने मुल नारा सहित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । चैत्र ३० गते देखि बैशाख १ गते सम्म २ दिने प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला गरिएको आयोजकले जनाएको छ । मेलाको चैत्र ३० गते गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्वाटन गर्नुभएको थियो । कार्यक्रमको उद्वाटन गर्दै अध्यक्ष नेपालले बुढीचौर लाई पर्यटकिय क्षेत्रको रूपमा बिकास गरिने बताउनुभयो । कार्यक्रममा इन्द्रावती ९ का अध्यक्ष बाबुराम लामा र १० का अध्यक्ष रामचन्द्र घिमिरेले बुढीचौरको ऐतिहाँसिक महत्वको बारेमा जानकारी गराउनुभएको थियो । यस ठाउँको व्यापार ब्यबसायको प्रवद्र्वन गर्नु पनि कार्...

नयाँ वर्षको दिन नुवाकोटमा मञ्चेभूमे जात्रा

समाचार
नुवाकोट  नुवाकोट जिल्लाको शिवपुरी नगरपालिका वडा नं. १ मा नयाँ वर्षको अवसरमा मञ्चभूमे भगवानको जात्रा लगाइन्छ । शिवपुरी गाउँपालिका वडा नम्बर १ डिङ्ङ्मामा अवस्थित यस मन्दिरलाई नगरपालिकाको पूर्वी भागका बासिन्दाले शक्तिपीठका रूपमा पूजा गर्ने गर्छन् । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले उद्घाटन गरेको यस जात्रामा हजारौं भक्तजनले अवलोकन गरेका थिए । यस जात्रामा शिवपुरी वडा नं १ का वडा अध्यक्ष सुकुराम तामाङसहित स्थानीय सरकारका प्रमुख, दर्जनौं जाक्री समूहको उपस्थिति रहेको थियो । पूजापछि नगरपालिकाका अध्यक्ष जुलेले सञ्चारकर्मीसँग कुरा गर्दै यस वर्षको शुरुवातदेखि नै जात्रा व्यवस्थापनका लागि नगरपालिकाले बजेट विनियोजन गरेको जानकारी दिँदै जात्राको आर्थिक र साँस्कृतिक सम्बन्ध रहेको पनि जानकारी दिनुभयो । नगरपालिकाको महत्वपूर्ण धार्मिकस्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यस क्षेत्रका जन...

दुई दिने आत्मरक्षा तालिम सम्पन्न

जिबनशैली, समाचार
चौतारामा किशोरीहरुलाई २ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । बागमती प्रदेश युवा परिषदको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुपाल्चोकको आयोजनामा २ दिने आत्मरक्षा तालिम शुक्रवार र शनिबार चौतारा भएको थियो । पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको प्रदेश युवा स्वयंसेवक रुपक दुलालले बताउनुभयो । महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिममा ३० जना किशोरीहरु सहभागिता रहेको थियो । बागमती प्रदेश युवा स्वयंसेवक रुपक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख...

२०८१ सालको वार्षिक राशिफल

जिबनशैली, विचार, समाचार
यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ । कालयुक्त नामक संवत्सरको स्वामी शिव हुन् । यसकारण यस वर्ष सवै प्राणीहरुले आँटेको कार्य पुरा गर्न सहज रहनेछ तर राजा मंगल र मन्त्री शनी रहनाले देशमा झगडा, द्धन्द र विवाद अत्याधिक बढ्न सक्छ । शनि र मंगलले गर्दा सरकार भित्र नै दुई मतको सिर्जना हुनसक्ने देखिन्छ । यसको प्रभाव आम जन मानसमा पनि पर्न सक्छ । यस बर्ष जल संख्या ९६ र भुमि जल संख्या १९ रहनेछ । जन्मको अनुपातमा मृत्यु अत्याधिक रहनेछ । कृषकको लागि नराम्रो हुने छैन । रोगव्याधिले गर्दा मानिस तथा पशुमा प्रभाव पर्नेछ । व्यवसायीको लागि खासै राम्रो रहने छैन । यस वर्षको सवै राशिको वैदिक राशिफल यसप्रकार रहनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : यो वर्ष समय शुभ छ । पारिवारिक सम्बन...

नेपाल रेडक्रस मेलचौरमा नेत्र दुलाल

ब्रेकिङ न्युज १, समाचार
नेपाल रेडक्रस सोसाइटी मेलचौर उप शाखाको २८आंै साधरणसभा शुक्रबार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.७ का वडा अध्यक्ष डम्बर बहादुर तामाङको प्रमुख अतिथ्यतामा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री कमल चरण कक्षपतीको बिशेष अतिथ्यतामा र भरत कोइरालाको उपस्थिततीमा स्थानीय समाज सेवीहरुका साथै रेडक्रसका सदस्यहरुको उपस्थितीमा अधिबेशन भएको हो । अधिबेशनले आगामी २ बर्षका लागी नयाँ कार्यसमितीको समेत निर्बिरोध निर्वाचित गरेको छ । नेत्र प्रसाद दुलालको सभापतित्वमा ११ सदस्यीय कार्यसमितीको उपसभापतिमा निरञ्जना दंगाल सचिव तिलक दंगाल, कोषाध्यक्ष यज्ञ दंगाल सह–कोषाध्यक्ष केदार नाथ दुलाल, सह–सचिव सन्तोष दंगाल र सदस्यहरुमा यज्ञ प्रसाद दंगाल, पूर्णमाया दंगाल, भोलानाथ दुलाल, खिलबहादुर दंगाल , सुवास दंगाल रहनु भएको छ । नेत्र प्रसाद दुलालको सभापतित्वमा भएको अधिबेशनमा रेडक्रसले यसअघि गरेका कामहर...

नब बर्षका स्वागत र बितेको बर्षको बिदाइ किन ?

विचार
हाम्रो बर्तमान बितेका बर्षका अनेक बोझहरुको भारी नयाँ बर्षले पनि बोकेर हिड्नु पर्ने बाध्यता बन्दै घस्रिरहेको छ । कोरोना महामारीको महापीर बिश्वमा पुनः थपिदो छ । अर्थतन्त्र डामाडोल छ । अबाञ्छित युध्दका काला बादलहर मडारिइरहेका छन् । मानबद्वेषी घोर अन्यायपूर्ण युद्धको चपेटामा चर्कोरुपमा यतिबेला स्वाधीनताका लागि दशकौंदेखि लडिरहेका पेलेस्टिनी दिदी बहिनी र दाजुभाइहरु अबिछिन्नरुपमा लडिरहेका छन् । आततायी इजरायली सत्ताले साम्राज्यबादीहरुको सहयोगमा ३३ हजारभनदा बढी निर्दोष, निहत्था र निश्चल बालबालिका, महिलाह, बिमारीहरु, बिद्यार्थीहरु, चिकित्सहरु र संयुक्त राष्ट्र संघका कर्मचारीहरु मारिएका छन् । यी सब कुराले कति परसम्म पिर्ने हो कुनै यकिन छैन । अनि यता हाम्रो देशको राजनीतिले देश र जनताको सेवा होइन तिनको दोहन गरेर हामी नेपालीहरुलाई निरन्तरजसो जिल्लाराम र खिन्न पारिहरेको छ । परिबर्तन केही मुठ्ठीभर मानिसहर...