जन्ती बोकेको बस दुर्घटना हुँदा ३ को घटनास्थलमै मृत्यु, ७ जनाको अवस्था गम्भिर
सिन्धुपाल्चोकको जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका – ५ पिस्कर धारावतीमा जन्ती बोकेको बस दूर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादुर थामी, दिपेन्द्र थामी र शिव श्रेष्ठ रहेका छन् । दोलखा सुष्पाक्षमावतीबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४, पिस्करमा दुलही लिन हिडेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस तौथली नजिकै आज बिहान साढे सात बजेको समयमा बस आफै अनियन्त्रित भई सडकबाट अं. १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बसमा बेहुला सहित ५५ जना मानिसहरु मध्ये ३ जनाको घटनास्थलमा मृत्यु भएको र ७ जना गम्भिर घाईतेहरुको सिन्धु सदाबहार अस्पताल लामोसाँघुमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्राप्त घाईतेहरुको विवरणः
१) जि. दोलखा बस्ने बर्ष २१ को...
