सम्पर्क

Author: लोकप्रिय समाचार

नगर सुधारका लागि एमाले काँग्रेसको ध्यानाकर्षण

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकालाई नेकपा एमाले र नेपाली काँग्रेसले संयुक्त रुपमा ध्यानाकर्ष गराएका छन् । शुक्रबार नगरपालिकामा नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र उपप्रमुख सीता थापा समक्ष नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटी अध्यक्ष खिल बहादुर श्रेष्ठ र नेपाली काँग्रेस नगर सभापति ईन्द्रलोचन धितालसहितले आगामी नीति कार्यक्रम र बजेट निर्माणका सन्दर्भ सहित १६ बुँदामा ध्यानाकर्षण गराउँनु भएको हो । संयुक्त ध्यानाकर्षणमा एमालेबाटै नगर प्रमुखका प्रत्यासी ईन्द्र नेपाल, उपप्रमुखमा प्रत्यासी बालकुमारी सापकोटा, नेपाली काँग्रेसको तर्फबाट गएको स्थानीय निर्वाचनमा चौतारा नगरपालिकाको प्रमुखका उम्मेदवार केशवराज गिरी सहितका दुवै पार्टीका स्थानयि नेतृत्वले नगरपालिकाबाट सम्पादित काममा अपारदर्शीता नीतिगत कमजोरी, विकास निर्माणका कार्यहरुमा भएका सुस्तता, तथा नगरको छवि धुमिल भएको भन्दै यसलाई सच्याएर अगाडि वढ्न दुवै ...

बिपद व्यवस्थापनमा स्थानीय तहको चाँसो

समाचार
यस बर्षको मनसुन भित्रियसँगै बढी बर्षा हुने र गत बर्ष भन्दा बढी बाढी पहिरो आउँन सक्ने बताइरहँदा सिन्धुपाल्चोक जिल्लाको स्थानीय तहहरुले बिपद व्यवस्थापनमा बढी चासो दिएका छन् । बाह्रबिसे नगरपालिकाले बिपद परिहाल्यो भने त्यसका लागि तत्काल पिडीतका सहयोगका लागि आबश्यक सामाग्री समेत खरिद गरेर जम्मा पारी राखेको छ । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले भूगोलको हिसाबले अत्यन्तै जोखिम भएको नगरपालिका भएकोले यहाँ कुनै पनी बेला कुनैपनि बिपद आउँन सक्ने भएकाले आबश्यक तैयारी गरेको बताउँनु भयो । उहाँले जोखिम बस्तीमा टोल विपद समिति गठनका साथै वडा तथा नगरस्तरिय विपद समितिलाई सक्रिय रहिरहने व्यवस्था मिलाइएको र आपतकालिन आश्रय स्थल र आपतकालिन सुचना केन्द्र संचालन भइ रहेको बताउँनु भयो । उहाँले नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्बमन्त्री मोहन बहादुर बस्नेतले हरेक बिपदमा आइपर्ने समस्यासँग जुध्नका लागि ...

सिन्धुपाल्चोकमा पनि थुप्रै राष्ट्रिय प्रतिभाहरु जन्मेका छन्ः मोहन बस्नेत

समाचार
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री माननिय मोहनबहादुर बस्नेतले ‘सिन्धुपाल्चोककोे भीर पाखामा फुटबल ग्राउण्ड बनाएको बताउँनु हँुदै पाँच किलोमिटर टाढा पाइपबाट पानि लिएर स्विमिङ पुल बनाएको बताउँनु भएको छ । उहाँले बिहान, बेलुका खेलाडीहरू आइरहनुभएको बताउनुभयो । हरेक वडामा एउटा खेल मैदान र एउटा स्वीमिङ पुल भन्ने किसिमले अगाडि बढाइरहेका छौँ भन्नु भएको छ । पूर्वमन्त्री बस्नेतले ‘लामासाँघुमा खेल मैदान बनाएपछि सिन्धुपाल्चोकका खेलाडीहरू राष्ट्रिय प्रतिभाहरू दर्जनौको संख्यामा उत्पादन भएका छन् भन्नु भयो ।’ त्यसैले हरेक बिकासमा बजेटसँगै बिकासका लागि मन चाहिन्छ भन्नुभयो । उहाँले गणेशमान सिंहलाई १० लाख, मदनभण्डारी एकेडेमीलाई २ करोड बजेट छुट्याएर पक्षपात गरेको बताउँनु भयो । उहाँले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदैे खेलकुदको बजेट विनियोजन दवावमा बन...

मंगलामाइ माबीले मनायो योग दिवस

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका –४ पिस्कर तथा पालिकाको केन्द्रमा रहेको मंगलमाइ माबिले विश्व योग दिवस भब्य रुपमा मनाएको छ। असार ७ गते शुक्रबार योग प्रशिक्षक सुरेन्द्र शर्मा तथा स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । “महिला सशक्तीकरणका लागि योग“ र “आफू र समाजका लागि योग“ भन्ने भावका साथ १० औं अन्तर्राष्ट्रिय (विश्व) योग दिवस मनाइयो । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थितमा योगको परिचय सहित प्रशिक्षक शर्माले विभिन्न प्रयोगात्मक रूपमा शिक्षक तथा विद्यार्थीहरुलाइ योगको अभ्यास गराउनु भएको थियो। संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।...

स्थानीय सरकारवाट पहिलोपटक समस्याग्रस्त सहकारी घोषणा

ब्रेकिङ न्युज २, समाचार
  भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय सरकारको प्रत्याभुति दिनेगरी मध्यपुर थिमि नगरपालिकाले संविधान मार्फत प्राप्त अधिकार पुर्ण रुपमा प्रयोग गरी केही समय अगाडि आफ्नो स्थानीय तहमा रहेका सहकारीहरुको व्यवस्थापन र अनुगमन गर्नका लागि सहकारी ऐन जारी गरेको थियो । साथै हाल नेपाल भरि नै सहकारीहरुमा रहेको आम जनसमुदायको रकम सहकारी संञ्चालकहरुको मिलेमतोमा हिनामिना गर्ने र व्यक्तिगत हितमा सहकारीको रकम अपचलन गर्ने कार्य बढ्दै गइरहेको छ । यसै क्रममा नगर भित्र रहेको सहकारी संस्थालाई स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिता नगरेकामा समस्याग्रस्त घोषणा गरी कालो सूचीमा राखेको छ ।उक्त कुरा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक विजय कृष्ण श्रेष्ठले जानकारी दिनु भएको छ ।उहाँका अनुसार मध्यपुर थिमि नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्र ...

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति पुनर्लेखन गर्नुपर्ने माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
बासु खड्का ,काठमाडौं, असार ६ – मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाडौँमा गरेको मिडिया काउन्सिल विधेयक अन्तरसम्वाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा सांसदहरुले विधेयक जस्ताको तस्तै पारित हुन नदिने र विधेयकमा दर्जनौँ प्रावधान सच्याउने प्रतिबद्धता जनाएका छन् ।अर्धन्यायिक निकायका रूपमा रहेको मिडिया काउन्सिल वा प्रेस काउन्सिललाई सरकारले निर्देशन परिपालक बनाउन खोजेको, संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको आधारभूत अवधारणामाथि नै अतिक्रमण गर्न खोजेको विज्ञहरुको टिप्पणी रहेको छ ।पत्रकार महासंघका पूर्व अध्यक्ष डा. शुरेस आचार्यले अहिलेको राष्ट्रियसभाको विधायन समितिमा रहेको विधेयक जस्ताको तस्तै पारित भए मिडिया जगत...

स्काउटको ७३ औँ स्थापना दिवसका अवसर सिन्धुपाल्चोकमा विविध कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
  नेपाल स्काउटको ७३ औँ स्थापना दिवसका अवसरमा सिन्धुपाल्चोकमा विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसका अवसरमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत सक्रिय रुपमा स्काउट सञ्चालन भएका विद्यालयहरु वडा नं. ९ मा रहेको गोल्मादेवी स्काउट ट्रुपले स्थापना दिवसको अवसरमा चोक चोकमा फोहोर संकलन डस्टविन राख्ने र सार्वजानिक स्थल सडक आसपास, मन्दिर र छोर्तेनमा सरसफाई गरी समुदायमा स्काउट कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । त्यस्तै वडा नं. ५ मा रहेको कृष्णरत्न गंगा स्काउट ट्रुप र जुगल बोर्डिङ स्काउट ट्रुपले सोही वडामा रहेको कृष्ण आ.विका आवासगृहमा रहेको बौदिक अशक्तहरुलाई खाद्यान्न वितरण गरिएको छ । वडा नं. ७ मा रहेका सिद्धिगणेश स्काउट ट्रुपले वडा नं. ५ मा रहेको वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ । ’नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद...

पूर्वाधार विकास कार्यालयको बजेट कार्यान्वयनको अवस्था उत्साहजनक

ब्रेकिङ न्युज २, समाचार
रोशन गौतम पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको बजेट कार्यान्वयनको अवस्था उत्साहजनक देखिएको छ । पुर्वधार विकास कार्यालयले आ.ब. ०८०/०८१ मा सहरि तथा स्थानीय सडक अन्र्तगत जिल्लामा २ सय ६१ वटा योजना सञ्चालन गरेको छ । पुर्वधार विकास कार्यालययका कार्यालय प्रमुख भरत कुमार यादवका अनुसार प्रादेशिक पुल, पक्की पुल तथा झोलुङ्गे पुलको पनि निर्माण गर्ने भएको छ । आ.व. ०८०/०८१ मा १४ वटा पुल निर्माणको कामको सूरुवात गरेको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । जसमध्ये २ वटा झोलुङ्गे पुल टेन्डर पक्रियाबाट भएको र २ वटा. डि.पि.आर प्रक्रियाबाट काम भएको यादवले बताउनुभयो । त्यसैगरी कार्यालयबाट १० वटा पक्की पुलहरु सिुन्धुपाल्चोक र दोलखामा निर्माण भैरहेको छ । पक्की पुल दोलाखामा ५ वटा र सिन्धुपाल्चोकमा ५ वटा निर्माण भैरहेको यादवले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो । यो आर्थिक वर्षमा दोलखामा निर्माण भैरहेको ...

बिपद व्यवस्थापनका लागि बाह्रबिसे नगर सचेत छौंः नगरप्रमुख बस्नेत

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका बिपद व्यवस्थापनका लागि सचेत रहेको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भयो । उहाँले बिपद व्यवस्थापन तथा बिपदमा परेकाहरुको उद्धारका लागी प्रदेश र संघ सरकारले कुनै सहयोग नगरेकाले दुःख लागेको बताउँनु भयो । बाह्रबिसे नगरपालिका बर्षेपिच्छे बिपद आइपर्ने पालिका हो । उक्त नगरमा हरेक प्रकारका बिपदको व्यवस्थापनका लागी बिपदबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा नगरका नागरिकहरुलाई समय समयमा बिपद ब्यवस्थापनका लागी सुरक्षाकर्मीहरुद्धारा तालिमको समेत ब्यवस्था गरिएको नगरप्रमुख बस्नेतले बताउनुभयो । उहाँँले भन्नुभयो नदीको किनारामा रहेका नागरिकहरुलाई बाढी आउँदा कसरी बच्ने भन्ने बारेमा केही तालिम दिएको र सुरक्षित स्थानमा जानका लागी अनुरोध गरेका छौ । नगरपालिका भित्रका कुनै पनि नागरिकलाई कुनै समस्या नपरोस् भन्नका लागी हरेक वडाका अध्यक्षहरु वडाका पदाधिकारीहरु सबैलाई बिपद ...

तीन दिने पुनर्ताजगी तालिम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाउँपालिकाको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकको सहजीकरणमा मेलमिलाप कर्ताहरूको लागी तिन दिवसीय पुनर्ताजगी तालिम सम्पन्न भएको छ । आईतबारबाट टुकी संघ सुनकोशीको भवनको सभा कक्षमा तालिम सुरु भएको तालिममा विवाद, मेलमिलाप र सिद्धान्त, नेपालमा मेलमिलापको पृष्टभूमि र कानुन, मेलमिलापको चरण र तरिका, न्यायिक समितिको भूमिका र प्रक्रियाका विषयमा सुनकोशी गाउँपालिका भित्रका सबै वडाका मेलमिलाप कर्ताहरूलाई पुनर्ताजगी तालिम दिइएको हो । उक्त तालिममा मेलमिलाप प्रणालीबाट आपसी सहमति र मैत्रीभावले स्थानीय तहमा न्याय सम्पादन गर्नका लागि मेलमिलाप कर्ताहरूको महत्वपूर्ण भूमिका रहेको हुँदा यो तालिम जरूरी रहेको उपाध्यक्ष तथा न्याायिक समिति संयोजक कान्छी लामाले बताउनु भएको छ । उपाध्यक्ष तथा न्याायिक समिति संयोजक कान्छी लामाको अध्यक्षतामा संचालित समापन कार्यक्रममा सुनकोशी ग...