पूर्वाधार विकास कार्यालयको बजेट कार्यान्वयनको अवस्था उत्साहजनक
रोशन गौतम
पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको बजेट कार्यान्वयनको अवस्था उत्साहजनक देखिएको छ । पुर्वधार विकास कार्यालयले आ.ब. ०८०/०८१ मा सहरि तथा स्थानीय सडक अन्र्तगत जिल्लामा २ सय ६१ वटा योजना सञ्चालन गरेको छ ।
पुर्वधार विकास कार्यालययका कार्यालय प्रमुख भरत कुमार यादवका अनुसार प्रादेशिक पुल, पक्की पुल तथा झोलुङ्गे पुलको पनि निर्माण गर्ने भएको छ । आ.व. ०८०/०८१ मा १४ वटा पुल निर्माणको कामको सूरुवात गरेको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । जसमध्ये २ वटा झोलुङ्गे पुल टेन्डर पक्रियाबाट भएको र २ वटा. डि.पि.आर प्रक्रियाबाट काम भएको यादवले बताउनुभयो ।
त्यसैगरी कार्यालयबाट १० वटा पक्की पुलहरु सिुन्धुपाल्चोक र दोलखामा निर्माण भैरहेको छ । पक्की पुल दोलाखामा ५ वटा र सिन्धुपाल्चोकमा ५ वटा निर्माण भैरहेको यादवले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो । यो आर्थिक वर्षमा दोलखामा निर्माण भैरहेको ...
