चौतारा अस्पतालमा डाइलाइसिस (रगत शुद्धीकरण) सेवा सुरु
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालमा डाइलासिस (रगत शुद्धीकरण) सेवा सुरु भएको छ । सिन्धुपाल्चोक जिल्ला २ नं. क्षेत्रका संघीय सांसद पूर्व स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतले एक समारोहका बिच डाइलासिस सेवाको उद्घाटन गर्नु भएपछी अस्पतालले सो सेवा सुरु गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ गैरिगाउँका ५१ बर्षीय शर्मीला तामाङबाट सो सेवा सूरुवात गरिएको छ । डाइलासिस सेवाका लागि डा. सरोज श्रेष्ठको नेतृत्वमा तिन जना नर्स समेत परिचालित हुने भएका छन् ।
अस्पतालमा ५ वटा मेशीन रहेको छ भने दैनिक १० जना बिरामीले सेवा लिने अस्पताल मेडीकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले जानकारी दिनुभयो । सेवाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले अस्पताललाई आबश्यक पर्ने सामाग्रीहरु आफुले उपलब्ध गराउँने तर दक्ष जनशक्तिको पनि व्यवस्था गर्न पर्ने भएकाले त्यस ...
