त्रिभुवन अन्तराष्ट्रिय विमानसथलमा अमेरिकी डलरसहित तीन जना पक्राउ
चिन जान लागेका तीन नेपाली ठुलो परिमाणको अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहिबार अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरीकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका १ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया संगीता लामा तथा लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन् । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवाल ले सो जानकारी दिएका हुन् ।
प्रहरीका अनुसार चाइना साउथेनको उडान नम्बर सिजेड ६०६८ मार्फत काठमाडौँबाट चीनको ग्वाङझाउ जान लागेका उनीहरुलाई अन्तराष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज क्षेत्रमै शरीर खानतलासी तथा ब्यागेज स्क्रिनिङ गर्ने क्रममा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो । उनीहरुले सो रकम बाह्य मुलुकतर्फ लैजान लागे...








