सम्पर्क

बाह्रविसेको बुदेपामा आत्मरक्षा तालिम सम्पन

११२ औं अन्तराष्ट्रीय नारी दिवसको अवसर पारेर कर्थली स्काउट ट्रुफ ( ख ) बुदेपाको आयोजना तथा बाह्रविसे नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा किशोरीहरुलाई प्रदान गरिएको आत्मरक्षा (सेल्फ डिफेन्स ) तालिम सम्पन्न भएकोछ ।
महिला हिंसा न्यूनीकरण गर्ने उदेश्यले यही २२ देखि २४ गतेसम्म संचालित तालिमको समापन समारोहको सभापतित्व सुनकोशी माध्यामिक विद्यालयको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजन खत्रीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा बाह्रविसे नगरपालिका वडा नम्बर २ को अध्यक्ष बमबहादुर तामाङले आत्मरक्षा तालिम र स्काउट कार्यक्रमलाई आफू पदमा रहदा होस या नरहदा होस विद्यालयमा सन्चालन गर्न सधै तत्पर रहने प्रतिवद्वता समेत ब्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथी प्रहरी निरीक्षक देबेन्द्रबहादुर शाहले किशोर अवस्थामा सहि र गलत कुरा परिपक्कता ब्यक्तिले जसरी छुट्टाउन नसक्ने हुनाले कानुनले उनीहरुको लागि राम्रो कानुन रहेको जानकारी गराउदै, यौन हिंसा हुनसाथ प्रहरीमा उजुरी गर्न पनि सुझाव दिनुभएको छ । स्वास्थ्यसंग सम्बन्धि कुरा खुलेर गरौ र आत्मविश्वासकासाथ यौन हिंसा हुनेबित्तिकै जहाँ छ त्यहिनै खुलेर प्रतिकार गर्न आत्मरक्षा तालिमका प्रशिक्षक रमेश गुरुङले आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर खत्री, विद्यालयका प्रधानध्यापक हरिप्रसाद बुढाथोकी, विद्यालय ब्यवस्थापन समितिका सदस्य रन्जना तिमल्सिना, विद्यालयका शिक्षक कर्मचारी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
तिन दिने आत्मरक्षा तालिम अबधिमा सैद्धान्तिक प्रशिक्षण स्काउट शिक्षिका तथा बाह्रविसे नगर स्काउट समितिका संयोजक मौसमी गुरुङले प्रदान गर्नुभएको थियो ।